Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

अब काठमाडौंबाट चार घन्टामै केरुङ !

\"\"काठमाडाैं, ७ असार । काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्ववको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको छ । मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले ७ किलोमिटर डबल लेन, ८ किलोमिटर सिंगल लेन खोलिसकेको छ भने १ किलोमिटर खोल्न बाँकी छ । यसपछि गल्छी-बेत्रावती-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी जोड्ने उक्त सडक हुँदै राजधानी काठमाडौंबाट चीनको केरुङ करिब ४ घन्टामै पुगिनेछ । चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– उक्त सडकखण्ड ट्र्याक खोल्ने जिम्मेवारी पाएका मेजर सञ्जय केसीले मैलुङबाट स्याफ्रुबेसीसम्मको सडकखण्ड जोड्न अब एक किलोमिटर मात्र बाँकी रहेको र उक्त काम असारभित्रै सम्पन्न गर्ने जानकारी दिए । निर्माणाधीन सडक पासाङल्यामु राजमार्ग वेत्रावती-धुन्चे-स्याफ्रुबेसीको वैकल्पिक मार्ग हो । नयाँ सडक बनेपछि उत्तर (चीनको केरुङ)-दक्षिण (भारतको ठोरी) जोडिनेछ जुन त्रिदेशीय सडक जोड्ने सबैभन्दा छोटो सडक हुनेछ । उक्त खण्ड एउटा पनि घुम्ती सडक नहुनेगरी बनाइएको छ । उनले भने, ‘निर्माणाधीन सडक डेडिकेटेड डबल लेनको अर्थात् ९ मिटर चौडाइको हुनेछ । विगतजस्तो विस्फोटक पदार्थ र इन्धनको अभाव नभएकाले अब काम समयमै सकिनेछ ।\' नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख उद्धव बिष्टले सबै सडक डबल लेन निर्माणको काम सकेर कात्तिकभित्रै सडक विभागलाई हस्तान्तरण गर्ने जानकारी दिए । सडक हस्तान्तरण गरेपछि विभागले कालोपत्रेको काम अघि बढाउनेछ । विभागबाट उक्त खण्डका प्रमुख प्रकाश भण्डारीले मुआब्जाको काम भइरहेको र सेनाबाट हस्तान्तरण हुनासाथ कालोपत्रेका लागि प्रक्रिया अघि बढाउने जानकारी दिए । वैकल्पिक उक्त मार्ग निर्माण सम्पन्न भएपछि गल्छीदेखि नाका रहेको स्थान रसुवागढीको लम्बाई ८४ किलोमिटर हुनेछ । स्थलगत निरीक्षणका लागि पुगेको संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले मैलुङ स्याफ्रुबेसी सडकले उत्तर-दक्षिण जोडेपछि उक्त सडक ‘लाइफ लाइन\' हुने भन्दै सडकले त्रिदेशीय भूमिका खेल्ने बताए । उनले भने, ‘नाकामा रसुवागढी उताको विकास (भन्सार र अध्ययगमनको भवन र सडक आदि) हेर्दा नेपालतर्फ केही काम भएकै छैन । चीन सरकारले केरुङसम्म तीन वर्षभित्र रेल ल्याउँदा सोअनुसारको सम्पूर्ण पूर्वाधार हामीले पनि नेपालतर्फ निर्माण गरिसक्नुपर्ने चुनौती बढेको पायौं ।\' उनले नेपालले गढीमा अन्तर्राष्ट्रियस्तरको भन्सार र त्यसका लागि झन्डै तीन वर्षअघि नै रसुवागढी भन्सार एकीकृत कार्यालय बनाउन लागे पनि सर्वोच्च अदालतमा मुद्दा परेकाले अझै काम हुन नसक्नु लज्जास्पद भएको प्रतिक्रिया दिए । रसुवाका सांसद जनार्दन ढकालले गल्छीदेखि मैलुङ-स्याफ्रुबेसी हुँदै रसुवागढीसम्मको सडकलाई उच्च रणनीतिक सडकका रूपमा लिइएकाले गढीलाई दोस्रो अन्तर्राष्ट्रिय ठूलो नाका बनाउन नेपाल सरकारले कत्ति पनि ढिलो गर्नु नहुनेमा जोड दिए । उनले भने, ‘केरुङसम्मको स्थलगत निरीक्षणले नेपालले नाका र नाकासम्मका भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक ऐनकानुन सच्याएर फटाफट काम अघि बढाउनुपर्ने चुनौती थपेको छ ।\' नेपाल र चीन सरकारबीच रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर सडकलाई ९ मिटर चौडाइको डबल लेन सडक कालोपत्रे गर्नेसम्मको हालैको सम्झौताबमोजिम काम अघि बढाएको छ । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नोर्पु तामाङले सुख्खा क्वारेन्टाइन, भन्सार, अध्यागमन र बन्दरगाह निर्माणका लागि सरकारले तत्काल विनारोकावट कामलाई अघि बढाएर दुई वर्षभित्रै सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE