काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आउने भएका छन्। यसअघि उनी बुद्ध एयर को विमानबाट काठमाडौं आउने तयारीमा रहेको बताइएको थियो।
तर मौसम प्रतिकूल बनेर जहाज उडानमा ढिलाइ हुने भएपछि उनले हेलिकप्टर प्रयोग गर्ने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक अधिकृतले जानकारी दिएका छन्। सुरक्षा स्रोतका अनुसार शाह कैलाश हेलिकप्टर मार्फत काठमाडौं आउन लागेका हुन्।
उनी मध्यान्ह १२ बजे झापाबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ। करिब १ घण्टा १० मिनेटको उडानपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गर्नेछन्।
शुक्रबार राजावादी समूहहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतका लागि समर्थकहरू भेला गर्ने तयारी गरेका छन्। सम्भावित उच्छृङ्खल गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले विमानस्थल क्षेत्र वरपर उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८२ - १३:३९
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउनेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त बनेको छ। राजावादी समर्थकहरू गेटब...
फाल्गुन १ गते, २०८२ - १३:२९
ताप्लेजुङ। प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गरेको छिन् । शुक्रब...
फाल्गुन १ गते, २०८२ - १३:१०
काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादी समूहले प्रदर्शन गरेका छन्। उनीहरू पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका...
फाल्गुन १ गते, २०८२ - १२:५१
सोलुखुम्बु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेसकै पहिलो तथा देश...
फाल्गुन १ गते, २०८२ - १२:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छन् । पूर्वी पहाडी जि...
फाल्गुन १ गते, २०८२ - १२:२८
भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मत...
फाल्गुन १ गते, २०८२ - १२:००
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको भूमे गाउँपालिका–७ लावाङबाट आफ्नो चुनावी अभ...
फाल्गुन १ गते, २०८२ - ११:४४
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँदै छन्। उनको स्वागतका लागि समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा भेला हुने तय...
फाल्गुन १ गते, २०८२ - ११:३०
काठमाडौँ । स्थानीय बजारमा आज एक तोला सुनको मोल रु तीन लाख तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ । बिहीबार छापावाल स...
फाल्गुन १ गते, २०८२ - ११:१८
गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले मुलुकमा सकारात्मक परिवर्तन ल्याउन कांग्रेसको नेतृत्व सरकार आवश्यक रहेको बताएको छन्। तम...



प्रतिकृया लेख्नुहोस्: