Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

जनयुद्धको सेल्टर रुकुमपूर्व ‘लावाङ’मा भुटेको मकै खाएर प्रचण्डको चुनावी यात्रा आरम्भ

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको भूमे गाउँपालिका–७ लावाङबाट आफ्नो चुनावी अभियान सुरु गरेका छन्। जनयुद्धकालमा महत्वपूर्ण सेल्टरका रूपमा परिचित लावाङ पुगेर उनले त्यतिबेलाको संघर्षपूर्ण समय स्मरण गरेका हुन्।

प्रचण्डले जनयुद्धका क्रममा आफू बसेको घर र कोठामा पुगेर केहीबेर भावुक बनेका थिए। सो अवसरमा उनले जनयुद्धकालीन अनुभवहरू सम्झँदै स्थानीयसँग संवादसमेत गरेका थिए।

स्थानीय बासिन्दाले उनलाई न्यानो स्वागत गरेका थिए। अभियानको सुरुवातमा प्रचण्डले गाउँघरमा प्रचलित परिकार भुटेको मकै खाएर चुनावी यात्रा आरम्भ गरेका हुन्।

उनको सचिवालयका अनुसार प्रचण्ड फागुन ६ गतेसम्म रुकुम पूर्वका विभिन्न गाउँबस्तीमा रहने कार्यक्रम रहेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्।

 
 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनसँगै त्रिभुवन विमानस्थल वरपर अस्तव्यस्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउनेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त बनेको छ। राजावादी समर्थकहरू गेटब...

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनबारे परामर्श, सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन

ताप्लेजुङ। प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गरेको छिन् ।  शुक्रब...

त्रिभुवन विमानस्थलबाहिर राजावादीको प्रदर्शन

काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादी समूहले प्रदर्शन गरेका छन्। उनीहरू पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका...

वित्त आयोगको कार्य सम्पादनमा सोलुदुधकुण्ड पहिलो

सोलुखुम्बु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेसकै पहिलो तथा देश...

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छन् । पूर्वी पहाडी जि...

आइतबारसम्म मतपत्र छपाइ सकिने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मत...

जनयुद्धको सेल्टर रुकुमपूर्व ‘लावाङ’मा भुटेको मकै खाएर प्रचण्डको चुनावी यात्रा आरम्भ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको भूमे गाउँपालिका–७ लावाङबाट आफ्नो चुनावी अभ...

पूर्व राजा ज्ञानेन्द्र काठमाडौँ आउँदै, विमानस्थलमा २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँदै छन्। उनको स्वागतका लागि समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा भेला हुने तय...

आज कति छ बजारमा सुनचाँदीको मूल्य ?

काठमाडौँ । स्थानीय बजारमा आज एक तोला सुनको मोल रु तीन लाख तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ ।  बिहीबार छापावाल स...

बदलिएको कांग्रेसले देश बदल्छ: चन्द्र भण्डारी

गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले मुलुकमा सकारात्मक परिवर्तन ल्याउन कांग्रेसको नेतृत्व सरकार आवश्यक रहेको बताएको छन्। तम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE