Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

बदलिएको कांग्रेसले देश बदल्छ: चन्द्र भण्डारी

खबरडबली संवाददाता

गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले मुलुकमा सकारात्मक परिवर्तन ल्याउन कांग्रेसको नेतृत्व सरकार आवश्यक रहेको बताएको छन्। तम्घासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले बदलिएको कांग्रेसले मात्र देश बदल्न सक्ने धारणा राखे।

आम नेपाली जनताको समस्याहरुको समाधान नेपाली कांग्रेसले मात्र गर्न सक्ने भन्दै उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको बताए। नेता भण्डारीका अनुसार हरेक युवाको मनोभावना अनुरुप कांग्रेस पार्टी अहिले रुपान्तरित भएको छ। युवाहरुको प्रश्नको उत्तर पनि रुपान्तरित कांग्रेसले कामबाट मात्र दिन सक्छ। कांग्रेसमा देश बदल्ने भिजन स्पष्ट रहेको उनले बताए।

पार्टी सभापति गगनकुमार थापा देशको प्रधानमन्त्री भएमा मात्र देशले निकास पाउने धारणा राखे। उनलाई प्रधानमन्त्री बनाउनुका साथै देशमा सद्भाव, सुशासन र समुन्नति कायम राख्न नेपाली कांग्रेसका हरेक उम्मेदवारलाई निर्वाचनबाट विजयी बनाउन आवश्यक रहेको बताए। मुलुकको सकारात्मक परिवर्तनका लागि कांग्रेस निरन्तर लागेको भन्दै उनले आफू देश र जनताको हितमा सधैँ लागेको बताए।

गुल्मी निर्वाचन क्षेत्र नम्बर– १ का उम्मेदवार समेत रहनुभएका नेता भण्डारीले कांग्रेस पार्टीले मात्रै समुन्नत नेपाल निर्माण गर्न सक्ने बताए। आम नेपाली जानतको भावना अनुरुप काम गर्नका लागि विभिन्न कार्यक्रमहरु कांग्रेसले मात्रै ल्याएको भन्दै उनले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी, सञ्चार, विद्युतलगायतका विभन्न क्षेत्रमा आफूले निरन्तर जनताको आवाज बोल्दै आएको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न राष्ट्रियसभा सदस्यहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...

नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार: मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...

रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँदिल्लीमा भेटवा...

प्रधानमन्त्रीको अभिव्यक्ति असत्य, झुटो र राष्ट्रहितविपरीत: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। एमालेको ‘सदस्यता न...

राष्ट्रपति सरकारको ‘रबरस्ट्याम्प’ बनेर जे मा पनि हस्ताक्षर गरे: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...

चुनावी नतिजा पूर्वनिर्धारित थियो, अरु पार्टीहरूले साँच्चै चुनाव हुन्छ ठाने: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...

सरकार पूर्वाग्रहको पोको हो, सम्पत्ति छानबिन आयोग मान्दिन र बयान पनि दिन्न: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “पूर्वाग्रहको पोको” भन्दै कडा आलोचना गरेका छन्। उनले सरकारले आफूहरू र पुराना राजनीत...

राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध, बैठक अवरुद्ध

काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...

नागढुंगा सुरुङमार्गका लागि जापानबाट थप ५ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोग

काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक, लुकाएको सम्पत्तिबारे सूचना दिन समितिको आग्रह

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending