Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

देशैभर मनसुन सक्रिय, यसपालि औसत वर्षा

\"\"काठमाडौं, ७ असार । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशैभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो । देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ सुवास रिमालले बताए । अाजको नयाँ पत्रिकामा खबर छ– बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा वर्षा हुने महाशाखाको अनुमान छ । सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम बदली मात्र हुन सक्ने अनुमान छ । प्रिमनसुन र मनसुनमा प्राकृतिक प्रकोपबाट धेरै विनाश हुने भएकाले मातहतका सबै निकायलाई तयारी अवस्थामा रहन गृह मन्त्रालयले निर्देशन दिएको छ । ‘हामीले प्रिमनसुन सुरु भएलगत्तै १० चैतमा गृह मन्त्रालयमतहतका सबै निकायलाई प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिमका विषयमा तयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौँ,’ गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले भने । प्राकृतिक प्रकोपबाट हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुने भएकाले मन्त्रालयको नियमित कार्यतालिकाअनुसार काम हुने राउतले बताए । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । उनका अनुसार ५५ जिल्लाका आकस्मिक कार्यसञ्चालन केन्द्रलाई पनि तयारी अवस्थामा रहन भनिएको छ । ठूला नदीमा पूर्वसूचना दिने उपकरण जडान उच्च जोखिममा रहेका केही नदीमा तीन दिनअघि पूर्वसूचना दिने उपकरण जडान गरिएको जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट विनोद पराजुलीले बताए । यस वर्षदेखि कर्णाली नदी क्षेत्र, पश्चिम सेती, भेरी, दाङ बबई, नारायणी नदी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, बुढीगण्डकी र त्रिशूली नदीमा बाढीको पूर्वसूचना दिने उपकरण जडान गरिएको हो । पश्चिम राप्ती, कोसी नदीमा उपकरण राख्ने काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी जलाधार क्षेत्रमा परेको पानीको आधारमा बाढीको तीन दिनअघि पूर्वानुमान गर्न सकिने पराजुलीले बताए । ‘हामीले नदी वा खोलाको जलाधार क्षेत्रका ९० ठाउँमा वर्षामापन गर्ने उपकरण राखेका छौँ,’ उनले भने, ‘सोही वर्षाको आधारमा बाढी कति ठूलोसम्म आउन सक्छ भन्ने अनुमान गर्न सक्छौँ ।’ बाढीले अत्यन्तैै प्रभावित गर्ने नदी वा खोलाका जलाधार क्षेत्रमा वर्षामापन केन्द्रले दिएको सूचनाका आधारमा तीन दिनअघि सूचना दिइनेछ भने बाँकी नदीमा आठ घन्टाभन्दा अगाडि पूर्वसूचना दिन सकिने विभागले जनाएको छ । यस वर्ष औसत वर्षा हुने प्रक्षेपण यस वर्षको मनसुनमा औसत वर्षा हुने अनुमान गरिएको छ । गत वैशाखको अन्तिम साता भुटानको थिम्पुमा बसेको मौसमसम्बन्धी विज्ञहरूको दसौँ दक्षिण एसियाली दृष्टिकोण मञ्चले नेपालमा यस वर्ष औसत वर्षा हुने अनुमान गरेको थियो । मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने औसतभन्दा कम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूार्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् । ‘कम वर्षा हुने भन्दैमा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन,’ मौसमविद् कँडेलले भनिन्, ‘केही घन्टाको मुसलधारे वर्षाले ठूलो प्राकृतिक प्रकोप हुन सक्छ ।’ नेपालमा हरेक वर्ष जुन १० देखि मनसुन सुरु भई सेप्टेम्बर २३ सम्म सकिन्छ । नेपालमा यो चार महिनामा १४ सय मिलिमिटर पानी पर्छ । सबैभन्दा धेरै वर्षा पोखरामा जल तथा मौसम विज्ञान विभागको मंगलबार बेलुकासम्मको तथ्यांकअनुसार पोखरामा सबैभन्दा धेरै १७ दशमलव १ मिलिमिटर वर्षा भएको छ । दाङमा १५ दशमलव ४, ओखलढुंगामा १३ दशमलव ७ र काठमाडौंमा ११ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । हरेक वर्ष प्राकृतिक प्रकोपबाट पाँच सयको मृत्यु प्राकृतिक प्रकोपले मानवीयसँगै ठूलो मात्रामा धनजनको क्षति गर्दै आएको छ । हरेक वर्ष प्राकृतिक प्रकोपबाट करिब पाँच सयको ज्यान जाने गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार गत वर्ष प्राकृतिक प्रकोपबाट मात्र ४६७ को मृत्यु भएको थियो भने ७१९ घाइते भएका थिए । प्राकृतिक प्रकोपबाट ४९ बेपत्ता र १२ हजार ७२५ परिवार प्रभावित भएका थिए । सबैभन्दा धेरै मृत्यु पहिरोबाट गत वर्ष पहिरोबाट मात्र १४५ को मृत्यु भएको थियो । चट्याङबाट १ सय ७, बाढीबाट १ सय एक, आगलागीबाट ५०, महामारीबाट १८, लेक लागेर १६, डुंगा पल्टिएर सात, हिमपहिरोबाट एक र विविध गरी १२ को मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE