Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

एएफसी एसियन कप : नेपाल र यमन भिड्ने

\"\"काठमाडौँ, २९ जेठ । संयुक्त अरब इमिरेट्स युएईमा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोली तयार रहेको नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले बताएका छन् । अखिल नेपाल फुटबल सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कोजीले यमनविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्दै यमन गाह्रो प्रतिद्वन्द्वी रहेको टिप्पणी गरेका छन् । उक्त प्रतियोगिताको तयारीका लागि नेपालले एक साताअघि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल भारतसँग २–० गोलअन्तरले पराजित भएको थियो । यता यमनका प्रशिक्षक इब्राहिम मेब्रातोल र कप्तान अरस मोहम्मद इब्राहिमले आफूहरु नेपालसँग खेल्न शारीरिक तथा मानसिक रुपमा तयार रहेको बताएका छन् । त्यसैगरी, उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । टोलीको गोलकिपरमा विकेश कुथु, किरणकुमार लिम्बू र एलन न्यौपाने रहेका छन् ।त्यस्तै डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ छनोटमा परेका छन् । मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अञ्जन विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ तथा सुनिल बल रहेका छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र विमल घर्तीमगर रहेका छन् । यस खेलबाट अनिल गुरुङले भने राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका हुन् । सोही प्रतियोगिताको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो । भोलि दिउँसो ३ः०० बजे हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा खेल हुनेछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending