Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

राजपा निर्वाचनमा नगए के हुन्छ ?

\"\"काठमाडौं, २८ जेठ । अाजको नयाँ पत्रिकामा खबर छ– एउटा धार छुट्छ दोस्रो चरणको स्थानीय निर्वाचनमा राजपा सहभागी नहुँदा मधेस आन्दोलनको एउटा पक्ष राजनीतिक मूलधारबाट औपचारिक रूपमै अलग हुन्छ । मधेस आन्दोलनका पक्षधर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम निर्वाचनमा सहभागी भएकाले मधेसी राजनीति पूर्णतः अलग भने हुनेछैन । विश्लेषक तुलानारायण साहले मधेसमा निर्वाचन रोकिने सम्भावना भने नरहेको तर एउटा पक्ष छुट्दा राजनीतिक वैधानिकतामा भने प्रश्न उठ्ने टिप्प्णी गरे । मधेसको राजनीतिमा कित्ताकाट उपेन्द्र यादव र विजय गच्छदारका दल निर्वाचनमा जाने, तर ६ वटा दल मिलेर बनेको राजपा निर्वाचनमा नजाने अवस्थामा मधेसको राजनीति औपचारिक रूपमा कित्ताकाट हुनेछ । अहिलेसम्मको विवाद काठमाडौं र मधेसको भन्ने थियो, अब मधेसभित्र नै निर्वाचन पक्षधर र निर्वाचनविरोधी हुनेछ । यस्तो कित्ताकाटले मधेसको समस्या झन् जटिल हुने साहको विश्लेषण छ । ‘राजपा निर्वाचनमा सहभागी नहुँदा मधेसभित्रै पनि धु्रवीकरण गराउँछ,’ साहले नयाँ पत्रिकासँग भने । दीर्घकालीन तनाव अहिले निर्वाचनमा नजाने भनेको स्थानीय तहको नेतृत्वबाट पाँच वर्षसम्म पूर्णतः अलग हुनु हो । त्यस्तै स्थानीय तहमा भूमिकाविहीन भएको दल प्रादेशिक र संघीय निर्वाचनमा सहभागी हुने सम्भावना स्वतः कम हुन्छ । त्यसैले राजनीतिमा आफ्नो सान्दर्भिकता बचाइराख्न पनि राजपाले तनाव चर्काउन सक्छ । यस्तो अवस्थामा संविधानविरोधी समूहले वैधानिकता पाउने र द्वन्द्व बढ्ने साहको विश्लेषण छ । ‘राजपाविनाको निर्वाचनले मधेसमा राजनीतिक द्वन्द्व निरन्तर रहने खतरा देखिन्छ,’ साहले नयाँ पत्रिकासँग भने । राजपाका उदारवादीले पार्टी छाड्छन् निर्वाचनमा सहभागी हुने विषयमा भएको अलमलले राजपाका जिल्ला र स्थानीय तहका नेताले पार्टी छाड्न थालेका छन् । स्थानीयस्तरका नेताहरू राजपा छाडेर उपेन्द्र यादवको संघीय समाजवादी फोरम, विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरम, कांग्रेस, एमाले र माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आफ्नो भूमिका बढाउन चाहने अन्य दलमा प्रवेश गर्दा राजपाको शक्तिमा क्षय हुनेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending