Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

राजपा नेतृत्वमा अझै धरमर

\"\"काठमाडौं, २७ जेठ । दोस्रो चरणको स्थानीय चुनाव नजिकिँदै जाँदा संविधान संशोधनलगायत माग राखेर चुनावमा नजाने अडान राख्दै आएको राष्ट्रिय जनता पार्टी नेतृत्व चुनावमा जानेबारे आश्वस्त भइसकेको देखिँदैन ।कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रको प्रमुख कार्यकारी नियुक्त भएको तीन दिन बितिसक्दा पनि राजपा नेतृत्वसँग सरकारले ठोस र निर्णायक वार्ता र सहमति प्रयाससमेत गर्न सकेको छैन । राजपाले चुनावमा जान कम्तीमा तीन विषयमा आश्वस्त बन्न चाहेको छ- संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तह निर्धारण र १३ महिने आन्दोलनमा आन्दोनलकारीमाथि लागेको मुद्दाको खारेजी । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– सरकारले राजपालाई पार्टी दर्ता र चुनाव चिह्नबाहेक अन्य कुनै पनि माग पूरा गराउने विषयमा निश्चिन्त पार्न सकेको छैन । एकाएक प्रधानमन्त्री देउवाले व्यवस्थापिका संसद्को शुक्रबार बसेको बैठकमा सम्बोधन गर्दै संविधान संशोधन चुनावपछि गर्ने अभिव्यक्ति दिएपछि राजपासँग झनै दूरी बढेको छ । प्रधानमन्त्री देउवा राजपासँग भएको भद्र सहमतिअनुसार जारी संसद्बाट संविधान संशोधन नगरी असार १४ गते हुन गइरहेको चुनावका लागि भन्दै शुक्रबारबाटै संसद् १८ गतेसम्मका लागि स्थगन गर्न खोजेको जानकारी स्रोतले दियो । स्रोतले भन्यो, \'शुक्रबार बिहानै सत्ता पक्षका वार्ता टोली नेता विमलेन्द्र निधिले राजपाका नेताले तत्काल वार्ता चाहेको सन्देश प्रधानमन्त्रीलाई दिँदा देउवाले चुनावका लागि संसद् १८ गतेसम्म बन्द गर्छु अनि वार्ता हुने जानकारी दिएका थिए । तत्कालै निधिले देउवालाई संसद् बन्द गरेपछि वार्ताको औचित्य सकिने हुँदा आइतबार मात्र संसद् बन्द गर्न सुझाब दिएका थिए । निधिको सुझावअनुसार देउवाले आइतबारसम्मका लागि संसद् जारी राख्ने सोच बनाएको जानकारी स्रोतले दियो । सत्ताको नेतृत्वमा रहेको नेपाली कांग्रेस र सत्ता साझेदार माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेका मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूले राजपाको सहभागितामा मात्र स्थानीय तहको चुनाव विश्वसनीय, शान्तिपूर्ण र धाँधलीरहित हुने धारणा व्यक्त गरे । राजपाका अध्यक्ष महन्थ ठाकुरले मंगलबार प्रधानमन्त्री चयनका क्रममा प्रधानमन्त्री देउवाले गरेको प्रतिबद्धताविपरीत शुक्रबार संसद्मा चुनावपछि संविधान संशोधन गर्ने अभिव्यक्ति दिनु राम्रो नभएको बताए । निर्वाचनअघि संविधान संशोधन सम्भव छैन भन्दै संसद्मा देउवाले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ठाकुरले भने, \'उहाँहरू आफ्नो प्रतिबद्धतामा टिक्नुहुन्न । संविधान संशोधनविना चुनाव सम्भव छैन, हामी चुनावमा जाँदैनौं ।\' देउवाले आफूहरूसँग पहिले संविधान संशोधन अनि चुनाव भनेको उल्लेख गर्दै अहिले आएर पहिले चुनाव अनि संशोधन भन्नु राजनीतिक इमानदारी नभएको ठाकुरले बताए । राजापका अध्यक्ष मण्डलका नेता शरत्सिंह भण्डारीले सहमतिको पुनः प्रतिबद्धता प्रधानमन्त्री देउवासँग मंगलबार गरेको बताए । \'हामीले प्रधानमन्त्री शेरबहादुरसँग मात्र होइन, सत्ता पक्षसँग साउन १९ गते तीनबुँंदे सहमति गरेका थियौं, त्यसमाथि पुनः प्रतिबद्धता मात्र मंगलबार भएको भयो,\' उनले भने । प्रधानमन्त्री चयनका बेला देउवासँग भएको भद्र सहमतिको परिणाम आफूहरूले खोजेको उल्लेख गर्दै भण्डारीले सहमतिले पूर्णता पाए मात्र आफू चुनावमा जाने बताए । राजपाको अपेक्षा, आग्रह र सहमतिका लागि देखाएको त्यागविपरीत देउवाको सम्बोधन भएकाले निर्वाचनको वातावरण झन् बिग्रिएको भण्डारीले बताए । उनले भने, \'चुनाव अब टाढियो । राजपा पार्टी मात्र होइन । एउटा विचारको पक्ष पनि हो । यसले चुनाव लड्ने मात्र होइन, पहिचान र अधिकारको प्रमुख पात्र पनि हो ।\' राजपलाई बाहिर राख्दै गरिने निर्वाचन र संविधान जारी गर्ने प्रवृत्तिले मुलुकलाई कहिल्यै निकास निदिने द्वन्द्वमा लैजान लागेको आरोप उनले लगाए । राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले प्रधानमन्त्रीले संसद्मा जे भने पनि हुन्छ, सरकार र संसद् उहाँहरूकै हो भन्दै राजपा संविधान संशोधनविना चुनावमा जान नसक्ने जिकिर गर्नुभयो । प्रधानमन्त्री भएदेखि अहिलेसम्म वार्तामा नबोलाउने अनि एकाएक संसद्मा गएर चुनावपछि संविधान संशोधन गर्छु भन्नु निर्वाचनको नाममा मुलुकलाई ठूलै द्वन्द्वमा फसाउनुभन्दा अरू केही नभएको दाबी झाले गरे । उनले भने,\'सरकारले संविधान संशोधन नगरी चुनावमा जाने तयारी मात्र गरेमा तराई /मधेसमा ठूलै भिडन्त हुन्छ ।\'
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending