Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद

[caption id=\"attachment_135163\" align=\"alignleft\" width=\"750\"]\"\" मंगलसैन–३ तिखाडास्थित कांग्रेस–एमालेका छुट्टाछुट्टै चियापसल । चुनाव लागेयता यी दुईवटा पसलका ग्राहकबीचको दूरी बढेको छ ।[/caption] काठमाडौं, २७ जेठ । अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका (सहोदर) दाजुभाइ हुन् । तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण, प्रकाश कांग्रेसनिकट हुन् भने कृष्ण एमाले समर्थक हुन् । यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भनेर प्रस्ट्याउँछ । अाजको राजधानी दैनिकमा खबर छ– ‘हाम्रो आस्था मिल्दैन,’ तरुण दलका जिल्ला अध्यक्षसमेत रहेका प्रकाशले भने, ‘राजनीतिक मञ्चमा जहिल्यै झगडा हुन्छ । निर्वाचनको बेला त दूरी नबढ्ने कुरै भएन ।’ गाउँमा हुने सभा सम्मेलन र सार्वजनिक समारोहमा पनि दुई भाइबीच नै बढी जुहारी चल्ने गरेको उनले बताए । ढकारी गाउँपालिकाका–६ ढुंगाचाल्नामा करिब पाँच सय घरधुरी छन् । यो वडामा अन्य पार्टीभन्दा कांग्रेस र एमाले समर्थकको संख्या बढी छ । पार्टी फरक परेकै कारण गाउँले विभाजित छन् । त्यहाँ पानी पँधेरो, मेलापात र घाँसदाउरामा पनि राजनीति पसेको छ । घट्ट, चिया पसल, धारा र सार्वजनिक चौतारोमा पनि उनीहरूसँगै बस्न मान्दैनन् । गाउँमा बाटो पनि कांग्रेस र एमालेका छुट्टाछुट्टै छन् । बजारबाट घर फर्किंदा एउटा बाटोमा कांग्रेस हिँड्छन् भने अर्को बाटोमा एमालेहरू मात्रै भेटिन्छन् । एउटै परिवारभित्र भोजभतेर र शोक पर्दा पनि फरक पार्टीमा आस्था राख्नेहरू सहभागी हुँदैनन् । ‘निर्वाचनकै कारण घरको चुलोमा पनि राजनीति पस्यो,’ मंगलसैन–३ का मोति कामीले भने, ‘बुढाबुढीकै बोलचाल छैन, गाउँले र दाजुभाइ त परको कुरा भयो ।’ नेताभन्दा कार्यकर्तामा झन् अनौठो खाले तुच्छ राजनीतिक प्रतिस्पर्धा भइरहेको उनले बताए । १४ असारमा हुने स्थानीय तहको निर्वाचन सरगरमी बढेयता झिनामसिना विषयले पनि गाउँलेबीच ठूलै विवाद निम्त्याएको देखिन्छ । बाख्रा बारीमा पस्दा र कुखुराले सुकाएको बिस्कुन खादा पनि फरक पार्टी परे ठूलै विवाद हुने गरेको चौरपाटी–७ का सामाजिक अगुवा खड्गबहादुर खड्काले बताए । ‘निहुँ पाउनुहुन्न ठूलै झगडा हुन्छ,’ उनले भने, ‘वैचारिक भिन्नताले समस्या पारे पनि ०४६ सालतिर जस्तो भने अहिले छैन ।’ घरघरमा फहराएका झन्डा, पोस्टर र पम्पलेटले गाउँ जति झिलीमिली देखिए पनि गाउँलेबीचको तिक्तताले नयाँ आगन्तुकलाई नरमाइलो लाग्ने गरेको उनले बताए । यति मात्र होइन, राजनीतिक प्रतिस्पर्धाकै कारण कतिले घरबारै तोड्नु परेको छ । श्रीमान् कांग्रेस र आफू एमाले भएकै कारण तुर्माखाँद–१ की मनसरा बुढाले श्रीमान्सँगको सम्बन्धै तोडिन् । ‘श्रीमानले पटकपटक पार्टी प्रवेशका लागि दबाब दिए,’ उनले भनिन्, ‘विद्यार्थी हुँदैदेखि नेविसंघमा आबद्ध थिएँ । पार्टी छोड्नुभन्दा श्रीमान् छोड्ने निर्णय लिएँ ।’ दैलेख, डुंगेश्वरकी २१ वर्षीया मनसराले सात महिनाअघि अछामीसँग विवाह गरेकी थिइन् । चुनाव लागेयता मेलमिलापका लागि प्रशासन पुग्ने मुद्दामा पनि नेताहरूले बढी नै चासो राख्ने गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending