Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

राजपा रणनीति : आन्दोलन भन्दै चुनावको तयारी

\"\"काठमाडौं, २३ जेठ । राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यति बेला आफ्नो गृहक्षेत्र सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका मेयर–उपमेयरलगायत विभिन्न पदमा आफूअनुकूलको प्रभावशाली प्यानल मिलाउन व्यस्त छन्। मधेस आन्दोलनका सहिद परिवारका एक सदस्यलाई उम्मेदवार बनाउन उनी दुई दिनअघि भारदहमा रातको समयमा घन्टौं सक्रिय रहेको पार्टीनिकटकै स्रोतको दाबी छ। \'मधेस आन्दोलनका एक सहिदकी पत्नीलाई पार्टीको टिकटमा उम्मेदवार बनाउन उहाँ सक्रिय देखिनुभा\'छ\', स्रोतले भन्यो, \'पार्टीले चुनाव बहिष्कार गर्ने बताइरहँदा केन्द्रीय स्तरका वरिष्ठ यी नेताको रबैयाले स्थानीय कार्यकर्ता नै अन्योलमा परेका छन्।\' अाजको नागरिक दैनिकमा खबर छ– ६ मधेसवादी दल एकीकरण भएर निर्माण भएको राजपा अझैै पनि औपचारिक रुपमा चुनावको विरोधमै छ। शनिबार मात्रैै राजपा सप्तरीले विज्ञप्ति जारी गर्दै संविधान संशोधन नभई चुनावमा नजाने तथा संविधान संशोधन प्रक्रियामा बाधक देखिएको एमालेले सप्तरीमा गर्ने जुनसुकै कार्यक्रमको प्रतिवाद गर्ने जनाएको थियो। यसरी सार्वजनिक रुपमा चुनावको विरोध गरिराखेको भए पनि राजपाको केन्द्रीयदेखि जिल्ला तहसम्मको नेतृत्व पंक्ति भित्रभित्रै चुनाव तयारीमा जुटेको स्रोतको दाबी छ। स्रोतका अनुसार भारतीय राजदूतले चुनावमा जान राजपालाई गरेको आग्रह, स्थानीय कार्यकर्ताको दबाबलगायतका कारण पार्टी नेतृत्वले आन्तरिक रुपमै भए पनि चुनाव तयारीलाई निरन्तरता दिएको हो। \'दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि निर्धारित मिति सारिएलगत्तै पार्टीभित्र चुनावी रणनीति निर्माणले तीव्रता लिएको हो\', नाम नछाप्ने सर्तमा एक केन्द्रीय नेताले भने, \'पर्ख र हेरको नीतिअनुरुप हामी अघि बढिरहेका छौं, चुनावमै भाग लिनुपर्‍यो भने तयारी त चाहिन्छ नै, नभए आन्दोलन त छँदै छ नि।\' पछिल्लो एक सातायता राजपाले सप्तरीस्थित विभिन्न गाउँपालिका, नगरपालिकादेखि वडा तथा बस्तीस्तरमा समेत आन्दोलन परिचालन समिति गठनलाई उच्च प्राथमिकता दिएर अघि बढाएको पार्टी सचिव गजेन्द्र मण्डलले बताए। उनले भने, \'पार्टी एकीकरणपश्चात् त्यसै पनि संगठन विस्तार तथा सुदृढीकरण गर्नुपर्‍यो, त्यसमाथि चुनाव र आन्दोलन त झन् संगठनबिना कहाँ सम्भव हुन्छ र?\' आफूहरु चुनावविरोधी नरहेको मण्डलको भनाइ छ। \'हामी चुनावविरोधी होइनौं\', मण्डलले भने, \'चुनावको विकल्प खुला राखेरै हामी आन्दोलनमा होमिएका हौं, माग सम्बोधन भयो भने चुनावमा जानै पर्छ। त्यति बेला संगठन नभए निकै समस्या सामना गर्नुपर्ने हुन्छ।\' सप्तरीका १७ स्थानीय तहमध्ये सुरुंगा र सप्तकोसी नगरपालिकाबाहेक सबैजसो तहमा आन्दोलन परिचालन कमिटी गठन गरिसकेको राजपा सप्तरीका अध्यक्ष सुनिलकुमार झाले जानकारी गराए। \'सुरुंगा र सप्तकोसीमा पनि जेठ २५ गतेसम्म गठन हुन्छ\', झाले भने, \'साथै ६० प्रतिशत वडामा पनि आन्दोलन परिचालन समिति गठन भइसकेको छ, बाँकि २५ गतेसम्म टुंग्याउँछौं।\'
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending