Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

९ वर्षमा पौने १० लाख नेपाली पुगे कतार, के हुन्छ नेपालीको रोजगारी ?

\"\"काठमाडौं, २३ जेठ । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ०६२-६३ पछि गत आर्थिक वर्ष ०७२-७३ सम्म कामका लागि नेपालबाट नौ लाख ७१ हजार नेपाली कतार गएको उल्लेख छ । तीमध्ये गत वर्ष मात्रै एक लाख २९ हजार नेपाली कतार पुगेको विभागको तथ्यांकमा उल्लेख छ । अहिले पाँच लाख नेपाली त्यहाँ रहेको सरकारी अधिकारीको अनुमान छ । कतारमा समस्या हुँदा नेपालको श्रमबजार सबैभन्दा धेरै प्रभावित हुनेछ । कतारमा काम गरिरहेका नेपालीहरू समस्यामा पर्ने सम्भावना छ । कतारको अर्थतन्त्र कमजोर हुँदै जाँदा उनीहरूले रोजगारी गुमाउने र नेपाल फर्कने सम्भावना छ । कतारमा लगानी गरेका विदेशीको कम्पनी वा अन्य देशमा गई लगानी गरेका कतारी कम्पनीको भविष्य अन्योलमा परेपछि निश्चय नै नेपालीहरू प्रभावित हुनेछन् । नेपालबाट कतार जाने तयारीमा रहेका र बिदामा नेपाल फर्किएका कामदार पनि मनोवैज्ञानिक त्रासमा हुनेछन् । कतारका व्यवसायीले ती देशमा सञ्चालन गरेको कम्पनीमा नेपाली पनि कार्यरत हुन सक्ने भएकाले नेपालीहरू प्रभावित हुने अनुमान सरकारको छ । यस्तै, कतारले साउदी अरेबियाको बन्दरगाह प्रयोग गरेर व्यापार गर्ने भएकाले त्यस क्षेत्रमा कार्यरत नेपाली प्रभावित हुन सक्ने आँकलन गरिएको छ । मलेसियापछिको दोस्रो श्रम गन्तव्य नेपालको विप्रेषणको दोस्रो ठूलो स्रोत कतार हो । ‘कतारमा अन्य देशको तुलनामा कम पारिश्रमिक रहेकाले कामदारको तुलनामा रेमिट्यान्स कम आउँछ,’ रेमिटर्स एसोसिएसनका अध्यक्ष राजगोपाल राजभण्डारीले भने । कतारसँग नेपालको उल्लेखनीय व्यापार छैन । त्यसकारण यो निर्णयले द्विदेशीय व्यापारमा भने असर गर्दैन । छिमेकीले सम्बन्धविच्छेद गरेपछि कतारका लागि खाद्य संकटको समस्या पर्न सक्छ । प्राकृतिक र भौगोलिक कारण कतारले खाद्यान्न उत्पादन गर्न सक्दैन । उसलाई खाद्यान्न आयातका लागि साउदी अरेबियाले आफ्नो सिमानाका उपलब्ध गराएको थियो । साउदीको रुट हुँदै कतारमा उपभोग हुने ४० प्रतिशत खाद्यान्न आयात हुने गरेको छ । साउदीले यो ढोका पनि बन्द गरिदिनेछ । सूक्ष्म रूपमा हेरिरहेका छौँ : परराष्ट्र मन्त्रालय खाडी क्षेत्रको पछिल्लो घटनाक्रमलाई सूक्ष्म रूपमा हेरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘यो घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा हेरिरहेको छ, आज जुन घटना भएको छ, दोहा, अबुधावी, काएरो, रियादमा रहेका दूतावासलाई अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दिएका छौँ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending