Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

एमालेमा विद्रोही उम्मेद्वारको ताँती

\"\"काठमाडौं, २१ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ठूलो पार्टी बनेको कोकोहोलो गर्दै आएको एमालेभित्र दोश्रो चरणको निर्वाचनमा भने उम्मेद्वारीका कारण जताततै विद्रोह हुने संकेत देखा परेको छ । देशान्तर साप्ताहिकमा खबर छ– दोश्रो चरणको निर्वाचन हुने अधिकांश जिल्लामा धमाधम एमालेका विद्रोहीहरुले उम्मेद्वारी घोषणा गरेका छन् । एमाले अध्यक्ष केपी ओली, नेता भरतमोहन अधिकारी तथा उपमहासचिव विष्णु पौडेलको गृहजिल्लामा विद्रोह सुरु भएको छ । झापाको प्रमुख सहरमध्येको एक दमक नगरमा अध्यक्ष ओलीले जबरजस्ती भतिजा रोमनाथलाई उम्मेद्वार बनाएपछि उनकै गृहजिल्लाबाट विद्रोह प्रारम्भ भयो । नगरकमिटीले नाम नै सिफारिस नगरेका रोमनाथलाई अध्यक्ष ओलीको दबाबमा उम्मेद्वार बनाइएको हो । दमकमा एमालेका आधिकारिक उम्मेद्वारविरुद्ध विद्रोही उम्मेद्वार बनाउने तयारीमा नेता कार्यकर्ताहरु जुटेका छन् । दलको एक पंक्तिले उच्च नेतृत्वले नातावादलाई प्रश्रय दिँदै आफन्तलाई टिकट दिएको भन्दै तीव्र असन्तुष्टि जनाएको छ । त्यसैगरी पार्टीका दुई उपमहासचविहरु विष्णु पौडेल र घनश्याम भुसालबीचको द्वन्द्वका कारण रुपन्दैहीमा एमाले नेता कार्यकर्ताबीच चर्को गुटबन्दी देखापरेको छ । यही गुटबन्दीका कारण रुपन्दैहीको तिलोत्तमा र देवदह गनरमा एमालेका तर्फबाट भएका प्रमुखका उम्मेद्वारको ठाउँमा नयाँ उम्मेद्वार खडा गरेपछि खैलाबैला मच्चिउको छ । तिलोत्तमा नगरमा यसअघि दलका जिल्ला सदस्य मोहन चापागाईं र देबदह नगरमा नीलकण्ठ पौडेललाई एमालेले प्रमुखको उम्मेद्वारका रुपमा अघि सारेको थियो । तर पछि निर्णय फेरेर तिलोत्तमामा बासुदेव घिमिरे र देवदहमा टीकाराम चापागाईंलाई प्रमुखको उम्मेद्वार बनाइएको छ । पूर्व निर्णय कार्यान्वयन नगरेको भन्दै तिलोत्तमा एमालेका एक कार्यकर्ताले बागी उम्मेद्वारी दिएका छन् । भरतमोहन अधिकारीको गृहजिल्ला मोरङमा पनि एमालेभित्र मारामा भएको छ । मोरङका सबै स्थानीय तहका वडासम्म पनि विद्रोह सुरु भएको छ । मोरङको पथरी–शनिश्चरे नगरमा उम्मेद्वार चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै एमालेका कार्यकर्ताले बागी उम्मेद्वारी घोषणा गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending