Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

जहाँ दलित पुजारीसँग गैरदलितले वर माग्छन्

\"\"काठमाडौं, २१ जेठ । जातीय विभेदका कारण अधिकांश मन्दिरमा दलितलाई भित्र पस्न दिइँदैन । उनीहरूले परैबाट देउताको दर्शन गर्छन् । गैरदलितले मन्दिरबाहिर ल्याइदिएको टीका र प्रसाद मात्र उनीहरूले पाउँछन् । अाजको नयाँ पत्रिकामा खबर छ– तर, गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा भने भिन्न परम्परा छ । ब्रह्मा हस्त निशेल गौतम देवालयमा वर्षौँदेखि दलित पुजारीले पूजा गर्छन् र उनको हातको टीका लगाउँछन् गैरदलित । देवालयको परम्पराले दलित र गैरदलितबीचको विभेदबारे राम्रो सन्देशसमेत दिएको छ । यद्यपि, यो देवालय र परम्परा ओझेलमा पर्दै आएको छ । नौलो मन्दिर अरू मन्दिर वा देवालयमा दलितले गैरदलितसँग फूल–प्रसाद माग्छन् । तर, त्यो देवालयमा दलित पुजारीसँग गैरदलितले प्रसाद थाप्नुपर्छ । सदरमुकाम तम्घासदेखि ४५ किलोमिटर टाढा उत्तर बाग्लुङको सिमाना गंगरे र गुल्मी म्यालेबडाचौर टापुमा त्यो देवालय छ जहाँ गुल्मी, प्युठान, बाग्लुङ, रुपन्देही र भारतसम्म रहेका विभिन्न जाति उक्त देवालयमा पाठा भाकल चढाउन आउछन् । दलितहरू पुजारी र ब्राह्मणलगायतका अन्य जातिहरू भक्तजन बन्ने मन्दिर अहिलेसम्म नदेखेको मेलामा पुगेका गोविन्द कँडेलले प्रतिक्रिया दिए । ‘अचम्म लाग्यो, म पनि ब्राह्मणको छोरा हुँ,’ कँडेलले भने, ‘मैले पनि तिनै विश्वकर्मा पुजारीले दिएको प्रसाद ग्रहण गरेँ र शिर निहुराएर वर मागेँ ।’ त्यो मन्दिरमा को पुजारी भन्ने मतलब नहुने र जे कामना ग¥यो त्यही पुग्ने भएकाले विभेद सोचे अधर्म हुने स्थानीय ब्राह्मण समुदायका भक्तजन बताउँछन् । खडेरी परे पनि कुलदेवताकै पूजा मन्दिर पुग्ने र आकाशतिर फर्केर पानी माग्ने । लामो समय खडेरी परे स्थानीवासीले यस्तै गरेर निशेल गौतम कुलदेवताकै पुकार गर्छन् । स्थानीयले हरेक सुख र दुःखमा उक्त कुलदेवतालाई सम्झन्छन् । कुलपूजाको दिन अन्य समुदाय बलि चढाउन मात्र आउँदैनन्, बिरामी परेसमेत मन्दिरमा भाकल गर्छन् । समाजसेवी अर्जुन बुढाले देवालय ऐतिहासिक र सबै जातजातिको आस्थाको केन्द्र भएकाले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसमेत पहल गर्नुपर्नेमा जोड दिए । त्यसको शिर पश्चिम, उत्तर र दक्षिण भाग लुम्बिनी अञ्चलकै दोस्रो उँचो लेख मदाने संरिक्षत वन छ । जसको पर्यटन विकासका लागि नेपाल सरकारबाट कार्यक्रम सञ्चालन भइरहेको छ । दलितभन्दा गैरदलितले दोब्बर बलि चढाउँछन् हरेक दुई वर्षको वैशाख पूर्णिमा मेलामा गौतम बन्धुहरूको कुलपूजा हुन्छ । तर, आश्चर्य दलित समुदायको भन्दा दोब्बर बलि गैरदलितले चढाउँछन् । ‘हातमा बोका डोहोर्याउँदै आएको देख्दा अचम्म लाग्छ,’ स्थानीय कांग्रेस नेता रमेश बुढाले भने, ‘धर्म र आस्था महत्वपूर्ण रहेछ ।’ यसपालिको मेलामा मात्रै ब्राह्मण, क्षेत्रीलगायत अन्य समुदायका करिब दुईध सय पाठा बलि चढेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending