Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

क्यानेडियन पिआरको पछि लाग्दा…

\"\"काठमाडौं, २० जेठ । महानगरीय अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको कार्यकक्षमा शुक्रबार दिउँसो दुई युवक हस्याङफस्याङ गर्दै प्रवेश गरे । एसपी ज्ञवालीले समस्या सोधेपछि उनीहरूले भने, ‘ठगियौँ सर, क्यानाडा जाने सपनामा बर्बाद भयौँ ।’ अाजको नयाँ पत्रिकामा खबर छ– ती दुई युवकलाई क्यानाडामा मासिक २८ सय क्यानेडियन डलरको जागिर र मासिक ५ प्रतिशत बोनस दिने आश्वासन दिइएको थियो । क्यानाडाको पिआर (स्थायी बसोबास अनुमति) पनि मिलाउने विश्वास दिलाइएको थियो । क्यानेडियन पिआरको सपना बोकेर उनीहरू केही दिनअघि दिल्ली उडेका थिए । दिल्ली गएपछि दलालहरूको चक्करमा फसेर काठमाडौं फर्किएका उनीहरूले प्रहरीमा उजुरी दिएका हुन् । कमजोर आर्थिक अवस्था भएका उनीहरूमध्ये एकले १८ लाख र अर्काले दलाललाई १६ लाख रुपैयाँ बुझाएका थिए । दलालहरूले धेरै सपना देखाएर आफूहरूलाई ठगेको उनीहरूले बताएका छन् । एसपी ज्ञवालीको कार्यकक्षमा दैनिक उनीहरूजस्तै युवाहरू क्यानाडाको सपनामा लाखौँ ठगिएर पुग्ने गरेका छन् । ‘केही वर्षअघि अमेरिका जान भनेपछि नेपालीहरू मरिहत्ते गर्थे, अहिले त्यस्तै अवस्था क्यानाडा जानका लागि छ,’ एसपी ज्ञवाली भन्छन्, ‘क्यानाडा जान भनेपछि आ“खा चिम्लिएर मान्छेहरूले पैसा फालेको देख्दा अचम्म लाग्छ । यसरी ठगिएको भन्दै हरेक दिन उजुरी आउने गरेको छ ।’ तुलनात्मक रूपमा भिसा केही सहज भएकाले क्यानाडा पठाउने भन्दै ठगी व्यापक भएको प्रहरी अधिकारीहरू बताउँछन् । दम्पतीको ५१ लाख गुम्यो सुनसरीका एक दम्पतीको क्यानाडा जाने सपनामा ५१ लाख गुमेको छ । उनीहरू पनि एक दलालमार्फत पिआर लिएर क्यानाडा जान खोजेका थिए । भिसा नै देखाएपछि लोभिएर उनीहरूले पैसा दिए । तर, त्यो भिसा नक्कली भएको खुलेपछि उनीहरू पनि प्रहरीमा पुगेका छन् । उनीहरूले ऋण गरेर नै दलाललाई पैसा बुझाएका थिए । भिसा नै आएपछि विश्वस्त भएर पैसा दिँदा आफूहरू फसेको उनीहरू बताउँछन् । एक वर्षयता क्यानाडाको सपनामा सयौँ व्यक्ति ठगिएको प्रहरी अधिकारीहरू बताउँछन् । राम्रो आर्थिक अवस्था भएका व्यक्तिहरूसमेत क्यानाडामा गएपछि सुख हुने भ्रममा ठगिएका छन् । इन्टरनेटमा आउने सबै कुरा विश्वास गर्ने प्रवृत्तिले धेरैजना ठगिएको एसपी श्याम ज्ञवाली बताउँछन् । सक्कलीजस्तै देखिने भिसा देखाएर संगठित गिरोहले ठगी गरेका हुन् । धेरैले गैरकानुनी बाटोबाट जाँदा समस्यामा पर्न सकिन्छ भन्नेसमेत ख्याल नगरी पैसा बुझाउने गरेका छन् । केही विदेशी विश्वास दिलाएर ठग्न नेपाल नै आउने गरेका छन् । गत फागुनमा प्रहरीले भारतीय मूलका क्यानेडियन नागरिक भेलेनटचेरी जेम्सकुटीलाई पक्राउ गरेको थियो । पुरानो बसपार्कस्थित भिसा एन्ड इमिग्रेसन सर्भिसमार्फत उनले ठगी गरेका थिए । मुख्य नाइकेहरू विदेशमै बस्ने र उनीहरूका एजेन्टले पनि योजनाबद्ध रूपमा ठग्ने भएकाले ठगीमा संलग्न धेरै फरार छन् । मुम्बई र दिल्लीमा गिरोह प्रहरीका अनुसार क्यानाडा पठाउने नाममा ठगी गर्ने गिरोहका नाइकेहरू भारतको दिल्ली र मुम्बईमा छन् । उनीहरूले नेपालमा आफ्ना एजेन्टहरू फैलाएर ठगी गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् । रवि लुथ्रा नामक भारतीय नागरिकको गिरोहले तीन सयभन्दा धेरैलाई ठगी गरिसकेको छ । सो गिरोहका राज भन्ने विजेन्द्रसिंह यादवलाई पक्राउ गरी अनुसन्धान भइरहेको, तर मुख्य नाइकेहरू फरार रहेको काठमाडौं परिसरका डिएसपी सिद्धिविक्रम शाहले बताए । सो गिरोहले नेपालीको सात करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । त्रिपुरेश्वरमा वे टु क्यानाडा इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक प्रकाश बज्राचार्यलाई मात्र सो गिरोहले करिब तीन करोड रुपैयाँ ठगी गरेको छ । गिरोहमा संलग्न गोपाल नेपाल, सुलभ क्षेत्री, नरेन्द्र पण्डित, प्रेरणा नायकलगायत पनि फरार छन् । पक्राउ परेका सिंहमाथि ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको डिएसपी शाहले बताए । क्यनाडापछि जापान र युरोप क्यानाडापछि जापानमा पठाइदिने भनेर ठगीका घटना धेरै रहेको एसपी श्याम ज्ञवालीले बताए । जापान जान लाखौँ बुझाएका बैंकक तथा भियतनाम पुगेर फर्कने गरेका छन् । त्यस्तै, युरोपियन मुलुक पठाइदिने भनेरसमेत ठगी हुने गरेको छ । आफूहरूको उच्च व्यक्तिहरूस“ग चिनजान रहेको र कार्यक्रममा सहभागी हुन भिसा लगाउने भनेर विश्वासमा पारी ठगी हुने गरेको प्रहरीले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending