Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

निर्वाचनमा सहभागी हुन राजपा तयार

\"\"काठमाडौं, १८ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनलगत्तै संविधान संशोधनमा प्रतिबद्धता जनाए १४ असारको निर्वाचनमा सहभागी हुने जनाएको छ । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन गर्ने सहमति जनाइसकेको भन्दै उसले निर्वाचनमा जानुअघि प्रतिपक्षी दल एमालेको प्रतिबद्धता खोजेको हो । अाजको राजधानी दैनिकमा खबर छ– ‘सत्तारूढ दल संविधान संशोधनमा प्रतिबद्ध छन् । अब एमालेले पनि प्रतिबद्धता जनाए संशोधनलाई थाती राख्दै निर्वाचनमा सहभागी हुन सकिन्छ,’ आन्दोलनरत संघीय गठबन्धनमा आबद्ध राजपा नेपालका एक शीर्ष नेताले भने । यद्यपि राजपाले निर्वाचनअघि जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गर्नुपर्ने, दल दर्ता, चुनाव चिह्न, आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग भने यथावत् नै रहने जनाएको छ । एमालेले भने राजपाबाट संविधान संशोधनमा त्यस्तो लिखित प्रतिबद्धताको प्रस्ताव नआएको जनाएको छ । एमाले नेता सुवास नेम्वाङले राजपासहित अन्य दलका बीचमा छलफल हुँदा निर्वाचनपछि संशोधनमा छलफल गर्न सकिने बताउँदै आएको जनाएका छन् । ‘विभिन्न दलका बीचमा छलफल हुँदा हामीले निर्वाचनपछि संशोधनको विषयमा छलफल गर्न सक्ने बताउँदै आएका छौं,’ नेम्वाङले भने, ‘लिखित नै प्रतिबद्धता गर्नुपर्ने प्रस्ताव अहिलेसम्म आएको छैन ।’ निर्वाचन अघि संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने विषयमा एमालेले सहमति जनाउन नसक्ने उनको भनाइ छ । उनका अनुसार निर्वाचन घोषणा भई एक चरण सम्पन्नसमेत भएको अवस्थामा तत्काल राजपा लगायतका मधेसकेन्द्रित दलले उठाएका संविधान संशोधन र तह थपका मागमा सहमति जनाउन नसकिए पनि निर्वाचनपछि भने छलफल गरी निष्कर्ष दिन एमाले तयार रहेको उनको भनाइ छ । तर राजपा नेताहरू भने निर्वाचनअघि नै जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण हुनुपर्ने अडानमा छ । निर्वाचनविरोधी नभए पनि माग पूरा नभएसम्म निर्वाचनमा सहभागी हुनुको औचित्य नहुने बताउँदै आएको राजपाले निर्वाचनलगत्तै संविधान संशोधन हुने प्रतिबद्धता ठूला दलबाट आए १४ असारको निर्वाचनमा सहभागी हुने जनाएको हो । संघीय गठबन्धन र मधेसी मोर्चामा रहेर सँगै आन्दोलन गर्दै आएको संघीय समाजवादी फोरम नेपाल संशोधनलाई थाती राख्दै निर्वाचनमा सहभागी भएपछि जनस्तरबाट बढेको दबाबका कारण राजपाले पनि संशोधनलाई थाती राख्दै निर्वाचनमा सहभागी हुने निष्कर्षमा पुग्नुपरेको राजपाका अर्का एक नेता बताउँछन् । ‘हामीले निर्णय नै त गरेका छैनौं, तर प्रतिबद्धता आए निर्वाचनमा सहभागी नहुने भन्ने कुरा हुँदैन,’ ती नेता भन्छन् । संविधान संशोधनमा एमालेको लिखित प्रतिबद्धता र अन्य माग पूरा गराउन राजपा नेपाल आफ्नो पूर्वघोषित १८ र १९ जेठमा मधेस, थारुहट, लिम्बुवान बन्द कार्यक्रम फिर्ता लिँदै ‘नरम’ खालको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राजपा नेपालको बिजुलीबजारस्थित कार्यालयमा बुधबार बसेको बैठकले पूर्वघोषित बन्द कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो । यद्यपि, आन्दोलनका अन्य कार्यक्रम जारी नै रहने राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बताएका छन् । राजपा नेपाल सहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय तहको निर्वाचन १४ असारमा गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । साथै उनीहरूले यसबीचमा सरकारले आफ्ना माग सम्बोधन गरेर निर्वाचनको वातावरण बनाए निर्वाचनमा सहभागी हुने जनाएका छन् । राजपासहितको गठबन्धनले माग पूरा गराउन दबाबस्वरूप आन्दोलनका कार्यक्रम भने जारी राख्ने भएका छन् । जसअन्र्तगत १८ देखि २१ जेठसम्म प्रत्येक गाउँ, टोल, वडा, गाउँपालिका, नगरपालिका स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने र गठित समितिबारे जिल्ला अध्यक्ष मण्डलको संयोजकलाई जानकारी पठाउनुपर्ने कार्यक्रम तय भएको छ । २२ जेठमा सबै गाउँ, टोल, वडामा आन्दोलन परिचालन समितिको बैठक र अन्तक्र्रिया गरी आन्दोलन सफल बनाउन रणनीति बनाउने निर्णय गठबन्धनले सार्वजनिक गरेको छ । २३ जेठमा सबै गाउँपालिका र नगरपालिकाको आन्दोलन परिचालन समितिको बैठक तथा अन्तक्र्रिया गर्ने र गाउँ, टोल र वडाबाट बनाइएको कार्यक्रम समेतलाई दृष्टिगत गरी अर्को चरणको आन्दोलनको सशक्त र ठोस कार्यक्रम बनाउने आन्दोलनका नयाँ कार्यक्रममा उल्लेख छ । २४ गते सबै गाउँपालिका एवं नगरपालिकाको कुनै एक स्थानमा विरोध सभाको आयोजना गर्ने, २५ गते मधेस, थरुहट, लिम्बुवानमा दुई घण्टा चक्काजाम गर्ने गठबन्धनले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE