Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कुन दल कति जिल्लामा दर्ता भए ?

\"\"काठमाडौं, १० फागुन । आगामी स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्र दुई दलले मात्र ७ सय ४४ वटै गाउँपालिका र नगरपालिकामा उम्मेदवारी दिन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ती दुई दलले मात्रै स्थानीय निर्वाचन प्रयोजनका लागि ७५ वटै जिल्लामा दल दर्ता गराएका हुन् । आजको कान्तिपुरमा खबर छ– संसदको सबभन्दा ठूलो दल कांग्रेस भने त्यसबाट वञ्चित भएको छ । आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि जिल्लागत रूपमा दल दर्ताका लागि दिएको समयभित्र कांग्रेसले ७४ जिल्लामा मात्रै दल दर्ता गराएको छ । आयोगको राजनीतिक दलसम्बन्ध शाखाका अनुसार कांग्रेसले डोल्पा जिल्लामा दल दर्ता गरेको छैन । चौथो ठूलो दल राप्रपाले ६४ जिल्लामा मात्र चुनावमा उम्मेदवारी दिन पाउने भएको छ । उसले ९ जिल्लामा चुनावका लागि दल दर्ता गर्न छुटाएको छ । आयोगले स्थानीय निर्वाचनका लागि जिल्लास्तरीय समितिमार्फत क्षेत्रीय वा जिल्ला निर्वाचन कार्यालयमा दल दर्ताका लागि पुस २५ देखि माघ १७ सम्मको समय दिएको थियो । आयोग स्रोतका अनुसार कांग्रेसको डोल्पा जिल्ला कार्यसमिति माघ २१ मा मात्रै निर्वाचन कार्यालयमा दल दर्ताका लागि पुगेपछि अस्वीकार गरिएको हो । निर्वाचन आयोगमा दर्ता रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि पुनस् दल दर्ता गराउनुपर्ने संवैधानिक प्रावधान छ । आयोगमा १ सय १३ राजनीतिक दल दर्ता रहेकोमा संविधानको धारा २७१ अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दलले मात्र दल दर्ता गराएका छन् । अदालतको आदेशअनुसार आयोगले प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीलाई स्थानीय तह निर्वाचनमा समावेश गराउने निर्णय गरेको छ । तीन वर्षको आयव्यय लेखा प्रतिवेदन नबुझाएपछि आयोगले सिंह नेतृत्वको दललाई खारेज गरेको थियो । तर, सर्वोच्चले गत शुक्रबार आयोगको उक्त निर्णयलाई कार्यान्वयन नगर्न आदेश दिएको हो । आयोगको कानुन तथा राजनीतिक दलसम्बन्ध महाशाखा प्रमुख सहसचिव सुशील कोइरालाले सर्वोच्चको आदेशअनुसार समाजवादी जनता पार्टीलाई आगामी स्थानीय तह निर्वाचनमा भाग लिने गरी निर्णय भएको बताए । ‘अब स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने दलहरूको संख्या ८० पुगेको छ,’ उनले भने, ‘निर्धारित समयभित्र दलहरूले जुन–जुन जिल्लामा आफ्नो विवरण बुझाएर दर्ता भएका छन्, ती दलहरू तत्तत् जिल्लामा निर्वाचनमा भाग लिन पाउने छन् ।’ सर्वोच्चको आदेशपछि समाजवादी पार्टीले २५ जिल्लामा निर्वाचन लड्ने गरी दिएको निवेदनलाई आयोगले स्वीकृत गरेको छ । छुट भएका जिल्लामा दल दर्ताका लागि नेपाली कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनमोर्चासहितका केही दलले निवेदन दिएकोमा आयोगले समयभित्र दर्ता नभएका दललाई समावेश नगर्ने निर्णय गरेको छ । ६६ जिल्लामा दर्ता गराएको राप्रपाले मोरङ, सिरहा, महोत्तरी, धनुषा, बारा, लमजुङ, गोरखा, डोल्पा र रसुवामा छुटाएको छ । त्यस्तै, संघीय फोरमले ६२ जिल्लामा दल दर्ता गराएको छ । उसले १३ जिल्ला सिन्धुली, धादिङ, चितवन, गुल्मी, मुस्ताङ, सुर्खेत, दैलेख, बझाङ, बाजुरा, दार्चुला, बैतडी, डडेलधुरा र मनाङमा दर्ताका लागि आयोगमा निवेदन दिएको छ । त्यस्तै, ५५ जिल्लामा दर्ता रहेको राष्ट्रिय जनमोर्चाले ललितपुर, रसुवा, काभ्रेपलाञ्चोक र नुवाकोटमा छुटेको भन्दै आयोगमा निवेदन दिएको छ । नयाँ शक्ति पार्टी नेपालले पनि ७४ जिल्लामा दल दर्ता गराएको छ । उसले छुटाएको जिल्ला पाल्पा हो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ४८ जिल्लामा दल दर्ता गराएको छ । मधेसी दलहरूमध्ये लोकतान्त्रिकले मात्रै तराईका २० वटै जिल्लामा दल दर्ता गराएको छ । मधेसी मोर्चामा आबद्ध ७ दलले पहाडी र हिमाली जिल्लामा दल दर्ता गराएका छन् भने तराईकै जिल्ला छुटाएका छन् । संघीय समाजवादी फोरमले चितवन छुटाएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीले सप्तरी, दाङ र बाँकेमा दल दर्ता छुटाएको छ । जबकि उसले कुल २२ स्थानमा दल दर्ता गराएको छ । त्यस्तै, सद्भावना पार्टीले पनि धनुषा छुटाएको छ । आयोगका अनुसार सद्भावनाले २३ जिल्लामा दल दर्ता गराएको छ । कालिकोटसहित १५ जिल्लामा दल दर्ता गराएको तराई मधेस सद्भावना पार्टीले आफ्नो अध्यक्ष महेन्द्र रायको गृहजिल्ला सर्लाहीमा दल दर्ता गराएको छैन । राष्ट्रिय मधेस सद्भावना पार्टीले तराईको बाँके, बर्दिया, नेपाल सद्भावना पार्टीले सुनसरी, चितवन र दाङ छुटाएको छ । मधेसी जनअधिकार फोरम गणतान्त्रिक तराईको १० जिल्लामा मात्र दर्ता छ । चर्चामा नरहेको पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी नेपालले ७० र जनसमाजवादी पार्टी नेपालले ५३ जिल्लामा दल दर्ता गराएका छन् । आयोगको राजनीतिक दलसम्बन्ध शाखाका अनुसार मजदुर किसान पार्टी ३० जिल्लामा दर्ता छ । कुन दल कति जिल्लामा दर्ता –एमाले ७५ जिल्ला –माओवादी केन्द्र ७५ जिल्ला –नेपाली कांग्रेस ७४ जिल्ला –नयाँ शक्ति ७४ जिल्ला –राप्रपा ६४ जिल्ला –संघीय फोरमले ६२ जिल्ला –राष्ट्रिय जनमोर्चा ५५ जिल्ला –मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ४८ जिल्ला –तराई मधेस लोकतान्त्रिक पार्टी २२ जिल्ला –सद्भावना २३ जिल्ला –लोकतान्त्रिक पार्टी नेपाल ७० जिल्ला –जनसमाजवादी पार्टी नेपाल ५३ जिल्ला –मजदुर किसान पार्टी ३० जिल्ला
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE