Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

त्रिविको फारम अब अनलाइनबाट

\"\"काठमाडौं, ७ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ । त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ– त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ । त्यसमा पहिलो चरणमा त्रिविले उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो । उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झञ्झट हटाउन अनलाइनबाट फाराम भर्ने तयारी थालिएको त्यस कार्यालयले जनाएको छ । विगत ६ महिनादेखि अनलाइनबाट नै फाराम भर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको त्यस कार्यालयको कार्य तालिकाअनुसार यो अनलाइन प्रणाली अहिलेसम्म सुरु भइसक्नु पथ्र्यो तर प्राविधिक काम अझै बाँकी रहेकाले एक महिना थप गरिएको बताइएको छ । ‘उपत्यका बाहिरका विद्यार्र्थीलाई वार्षिक परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फारम भर्न काठमाडौँ आउनुपर्ने झञ्झटबाट मुक्ति दिन यो अनलाइन प्रणालीको विकास गर्न थालिएको हो, तर प्राविधिक काम समयमै नसिकिएकाले एक महिनाको समय थप गरेका हौँ, अब छिट्टै अनलाइन प्रक्रिया सञ्चालन गर्छौँ,’ परीक्षा नियन्त्रक केशवराज बास्तोलाले भने । कार्यालयले सञ्चालनमा ल्याउने अनलाइन वेबसाइटमा आधारित (वेब बेस्ड) सफ्टवेयर त्रिविले आफ्नै जनशक्तिबाट तयार गर्न लागेको हो । ‘हामी अहिले यो प्रणालीको परीक्षण चार विकास क्षेत्रका पाँचवटा आङ्गिक क्याम्पसबाट गर्दैछौँ । यसका लागि चाहिने इन्टरनेट र भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) नेपाल टेलिकमसँगको सहकार्यमा जोड्ने प्रक्रिया अगाडि बढेको छ’, उनले भने । परीक्षा नियन्त्रक बास्तोलाका अनुसार २०५४ सालअघिको विद्यार्थीका सबै तथ्याङ्क पुरानो सफ्टवेयरमा रहेकाले नयाँ सफ्टवेयरमा ती विद्यार्र्थीको तथ्याङ्क सार्ने कार्य भइरहेको छ । अनलाइन फाराम भरेको एक हप्ताभित्र केन्द्रीय कार्यालयबाट विद्यार्थीले ट्रान्सक्रिप्ट पाउनेछन् । पहिलो चरणमा इलाम, सिराहा, भरतपुर, बुटवल, धनगढीमा रहेका त्रिविका पाँचवटा आङ्गिक क्याम्पसमा परीक्षणको रूपमा अनलाइन फाराम भर्ने प्रविधि सञ्चालन गर्ने तयारीमा परीक्षा नियन्त्रक कार्यत्रलय जुटेको छ । ‘हामीले उपत्यकाबाहिरका विद्यार्र्थीलाई सजिलो होस् भनेर अनलाइन फाराम सञ्चालनमा ल्याउन लागेका हौँ, अनलाइनबाट फाराम भर्ने प्रणााली सुरु भएपछि विद्यार्थीले आफ्नो ठाँउबाट अनलाइनमा फाराम भरेर सिधै केन्द्रीय कार्यालयमा आएर ट्रान्सक्रिप्ट लिन पाउँछन्’, नियन्त्रक बास्तोलाले भने । त्यसो त केही वर्षयता त्रिविले निजी अनलाइनबाट सबै नतिजा प्रकाशन गदैँ आएकोमा अनलाइन फाराम सञ्चालनसँगै सबै नतिजा त्रिविकै वेब साइटमार्फत प्रकाशन गर्ने जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending