Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

चुनावमा प्रहरीसँगै सेना परिचालन

\"\"काठमाडौं, ६ चैत । सरकारले स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि नेपाली सेनासँग सहयोग लिने भएको छ । केन्द्रीय सुरक्षा समितिले निर्वाचनसम्वन्धी विशेष प्रस्ताव पास गर्दै नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा म्यादी प्रहरी गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । अाजको राजधानी दैनिकमा खबर छ– समितिले मुलुकको सुरक्षा अवस्थालाई ध्यान दिएर सुरक्षाकर्मीलाई तोकिएको भन्दा पनि बढी खटाउने निर्णय पनि गरेको छ । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले आफ्नै सुरक्षा संयन्त्र परिचालन गरी सुरक्षा योजना बनाइरहेका छन् । ती निकायले राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको सूचनालाई समेत विश्लेषण गरेर सुरक्षा योजना बनाउने भएका छन् । यतिबेला चार वटै सुरक्षा निकाय पूर्वी पहाड र तराईाका जिल्लामा हुन सक्ने संभावित सुरक्षा खतरा र त्यसको समाधानमा केन्द्रित रही सुचना संकलन गरिरहेका छन् । केही दिनअघि गृहमन्त्रलायमा बसेको सुरक्षा समितिले घोषित मिति मै स्थानीय तहको निर्वाचन हुने भएकाले सोहीअनुसार कार्ययोजना बनाएर कार्यक्षेत्रमा लाग्न सुरक्षा निकायले आफ्नो काम अघि बढाएको छ । आगामी ३१ बैशाख २०७४ मा घोषित स्थानीय तहको निर्वाचनमा सबै सुरक्षा निकाय गरी २लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा जानुअघि बसेको सो बैठकले निर्वाचनको आवश्यक तयारी पुरा गरेर योजनाअनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending