Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

संशोधन अघि बढाए सत्ता त्याग्छु : थापा

\"\"काठमाडौं, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफू उपप्रधानमन्त्री बन्दैमा संविधान संशोधनको पक्षमा मतदान नगर्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूलाई संशोधन विधेयक जस्ताको तस्तै पारित गराउने गरी थापालाई उपप्रधानमन्त्री नियुक्त गरेको बताएलगत्तै उनले संशोधनमा सहयोग नगर्ने घोषणा गरेका हुन् । आजको राजधानी दैनिकमा खबर छ– बिहीबार मात्रै उपप्रधान तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालेका राप्रपा अध्यक्ष थापाले यथास्थितिमा संशोधन विधेयकलाई समर्थन गर्नै नसक्ने र सदनमा निर्णयार्थ पेस गरे सरकारबाट बाहिरिएर विपक्षमा मतदान गर्ने घोषणा गरे । उपप्रधानमन्त्री थापाले संविधान संशोधनको विषयमा आफ्नो पार्टीको कुनै दुविधा र अस्पष्टता नरहेको प्रस्ट पारे । थापाका अनुसार राप्रपाले संविधान संशोधनबारेको निर्णयमा कुनै फेरबदल भएको छैन । ‘म सरकारमा सहभागी हुँदैमा पार्टीको नीतिमा कुनै पनि परिवर्तन भएको छैन, हिजो जे निर्णय गरेका छौं, आज पनि त्यो यथावत् छ,’ उपप्रधानमन्त्री थापाले भने, ‘यथास्थितिमा संशोधन विधेयकलाई संसद्मा निर्णयार्थ पेस गरे सरकारबाट बाहिरिएर विपक्षमा मतदान गर्छौं ।’ राप्रपाले प्रदेश–५ टुक्र्याउने संशोधन प्रस्ताव मुलुक र जनताको हितअनुकूल नरहेको भन्दै पक्षमा उभिन नसक्ने निर्णय गरेको थियो । उपप्रधानमन्त्री थापाले संसद्मा प्रस्तुत संशोधन विधेयकमा आफ्नो पार्टीको समर्थन नरहेका कारण सरकारमा रहे पनि विपक्षमा मतदान गर्ने उद्घोष गरे । थापाले पदका लागि देशलाई दाउमा राख्न नसकिने उद्घोष पनि गरे । ‘हाम्रो पार्टी यो संशोधन प्रस्तावको विपक्षमा छ, यसको विपक्षमा मतदान गर्छ, तपाईंहरू ढुक्क हुनुहोस्, अझ यो प्रस्तावलाई पारित गराउन सरकारले सदनमा निर्णयार्थ पेस ग¥यो भने हामी त्यतिखेर सरकारबाटै बाहिरिन्छौं, सबै मन्त्रीले राजीनामा दिएर प्रस्तावको विपक्षमा मतदान गर्छौं,’ रिपोटर्स क्लबको साक्षात्काकारमा उपप्रधानमन्त्री थापाले भने । उनले संसद्मा रहेको संविधान संशोधन विधेयक पारित हुनुहुँदैन भन्ने पक्षमा राप्रपा प्रस्ट रहेको पनि जनाए । उनले संविधान संशोधन विधेयक अगाडि बढाउँदा सरकारमै रहे पनि राप्रपासँग कुनै छलफल नभएको भन्दै विधेयकको पक्षमा आफ्नो पार्टी सुरुदेखि नै नरहेको जनाए । थापाले मधेसकेन्द्रित दलहरूको माग पूरा गरेर निर्वाचनलाई सुनिश्चत गर्नुपर्नेमा भने जोड दिए । ‘म चुनावको सुनिश्चितताका लागि सरकारमा सहभागी भएको हो, यस्तो संशोधन विधेयक पारित गराउन होइन,’ थापाले भने । आफू मन्त्री भएको दिनदेखि नै निर्वाचनका लागि वार्ता थालनी गरिसकेको थापाले दाबी गरे । ‘मैले मन्त्री भएकै दिनबाट मधेसकेन्द्रित दलका नेताहरूसँग संवाद सुरु गरिसकेको छु, हल्ला गरेर होइन, गोप्य रूपमा सबै कुरालाई अघि बढाउन सक्नुपर्छ, कुराकानी सकारात्मक हुँदै छ, म ढुक्क छु,’ थापाले भने । उनले संघीयताबाट मुलुक अब पछाडि फर्कन नसक्ने पनि प्रस्ट पारे । ‘मुलुकमा संघीयता अघि बढिसकेको छ, यसलाई फर्काउन सकिँदैन, तर संघीताका कारण मुलुकको राष्ट्रियता, अक्षुण्णता र भौगोलिक अखण्डतामा कमभन्दा कम क्षति होस् भन्ने पक्षमा छौं,’ उपप्रधानमन्त्री थापाले भने । उनले पार्टीका वरिष्ठ नेता डा। प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेको खबरले आफू दुःखी भएको बताए । तर, लोहनीले आफूमाथि लगाएका सबै आरोप कपोलकल्पित, असत्य र निराधार भएको थापाको दाबी छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending