Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

सामान्य बन्दै पुनर्बास

\"\"काठमाडौं, २९ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । उनलाई ११ तोपको सलामी दिने निर्णय भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– सरकारले राष्ट्रिय सम्मान दिने भएपछि उनको अन्त्येष्टि आइतबार गर्ने स्थानीयले जनाएका छन् । उनलाई सहिद घोषणा गर्दै सरकारले ११ तोपको सलामी दिने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए । राष्ट्रिय सम्मानको विषयमा सरकारले निर्णय नगर्दा शनिबार गरिने भनिएको अन्त्येष्टि स्थानीयले स्थगित गरेका थिए । गत बिहीबार सीमानजिक बनाइएको कल्भर्ट विवादमा भारतीय फौजले गोली चलाउँदा उनको मृत्यु भएको थियो । उनको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । आइतबार बिहान ८ बजेबाट शवयात्रा गरिने स्थानीयले जनाएका छन् । बिहीबार र शुक्रबार अशान्त रहेको पुनर्बास क्षेत्र शनिबार तुलनात्मक शान्त बनेको छ । नेपाली सुरक्षाकर्मीले घटनास्थलभन्दा तीन सय मिटर वरसम्म मात्र जान दिएको छ । शनिबार तीन सय मिटर वरै प्रदर्शन भएपछि झडपको सम्भावना टरेको हो । घटनाको विरोधमा शनिबार पनि महेन्द्रनगरमा विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गरेको छ । प्रदर्शनमा ठूलो संख्यामा स्थानीयको सहभागिता थियो । गौतमका नाममा गेट बनाउन माग पुनर्बासका स्थानीय राजनीतिक दलले गोविन्द गौतमको नाममा पुनर्बासनजिकको नेपाल–भारत सीमा क्षेत्र कारगिल डाँडामा गेट बनाउन माग गरेका छन् । शनिबार पुनर्बासका सर्वदलीय राजनीतिक दलको बैठकले गेट बनाउनुपर्ने माग अघि सारेका हुन् । नेकपा पुनर्बासका नेता वीरबहादुर थापाले स्थानीय राजनीतिक दलबीच गौतमको सम्झनामा गेट निर्माण, सालिक र उनको नामबाट गाउँको नाम राख्ने सहमति भएको बताए । थापाका अनुसार बैठकले सरकारले घोषणा गरेको राहत १० लाखलाई स्विकार्दै राहत बढाउन माग गर्ने निर्णय गरेको छ । गौतमकी पत्नी गोमतीलाई पुनर्बास नगरपालिका कार्यालयमा जागिर दिनसमेत सबै दल सहमत भएका छन् । ‘मृतक गोविन्दकी श्रीमती गोमतीलाई योग्यताका आधारमा नगरपालिकामा रोजगार दिलाइन्छ,’ उनले भने, ‘मृतक परिवारको दैनिक गुजारा सञ्चालनमा सजिलोका लागि स्थानीय तहमा रोजगार उपलब्ध गराइएको हो ।’ पुनर्बासका राजनीतिक दलले सो क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा क्याम्प स्थापना गर्नसमेत माग गरेका छन् । यसअघि पनि पटक–पटक सरकारसँग सीमा सुरक्षाका लागि क्याम्पको माग गर्दै आए पनि पूरा नभएको थापाले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE