Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

जसले एक भोटले चुनाव हारे

\"\"काठमाडौं, ५ फागुन । हामी सक्छौँ– ठूला–ठूला निर्वाचनमा एक भोटको खासै महत्व हुँदैन । कतिले त हाम्रै निर्वाचनमा पनि ‘म एकजनाले भोट नदिएर के हुन्छ र’ भन्ने गरेका पनि छन् । तर, विश्व इतिहासमा यस्ता कैयौँ प्रसंग छन् जहाँ एक भोटका कारण शक्तिशाली मानिएका उम्मेदवारले हारेका छन् । एक भोटले हार्ने नेता हुन् भारतीय कंग्रेसका नेता सिपी जोशी । जोशीले भारतमा २००८ मा भएको विधानसभामा निर्वाचनमा पराजय भोग्नुप¥यो । यो निर्वाचनमा उनले ६२ हजार दुई सय १५ भोट ल्याएका थिए । उनका विपक्षी कल्याण सिंह चौहानले चाहिँ ६२ हजार दुई सय १६ भोट ल्याएर विजयी भए । पछि, जोशीले भनेका थिए– उनकी आमा, पत्नी र सवारी चालकले मतदान गरेका थिएनन् । भारतमै सन् २००४ मा कर्नाटक विधानसभा निर्वाचनमा एआर कृष्णमूर्तिले जनता दल (सेक्युलर)बाट निर्वाचनमा उम्मेदवारी दिएका थिए । उनले त्यो निर्वाचनमा ४० हजार सात सय ५१ भोट पाए । उता, भारतीय कंग्रेसका आर ध्रुवनारायणले त्योभन्दा एक मात्र भोट बढी ल्याए र जित आफ्नो नाममा दर्ज गरे । एआरले पनि आफ्ना सवारी चालकलाई मतदान गर्न छुट्टी दिएका थिएनन् त्यसैले उनको एक भोट कम आएको थियो । निर्वाचनमा दुई उम्मेदवारले बराबर मत ल्याएको रमाइलो घटनाचाहिँ अमेरिकाको हो । सन् १९९४ मा अमेरिकाको वायमिङमा हाउस अफ रिप्रिजेन्टेटिभको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार र्‍यान्डल लुथी र निर्दलीय उम्मेदवार ल्यारी कल दुवैले बराबर एक हजार नौ सय ४१ मत पाएका थिए । यी दुईको मत बराबर भएपछि टेबल टेनिस बल प्रयोग गरेर ‘टस’ गरियो अनि विजयी उम्मेदवार छानियो । यति मात्र होइन, देशकै राष्ट्रपतीय निर्वाचनमा पनि यस्तै एउटा अनौठो संयोग मिलेको छ । यो पनि अमेरिकाको कुरा नै हो । सन् १८७६ मा अमेरिकामा भएको १८औँ राष्ट्रपतीय निर्वाचनमा रदरफोर्ड बी हायस र स्यामुएल जे टिलडेनको प्रतिस्पर्धा थियो । यीमध्ये रदरफोर्डले एक सय ८५ इलेक्टोरल भोट हासिल गरे भने टिलडेनले १ सय ८४ इलेक्टोरल भोट मात्र । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: