Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

नेपाली युवाले कास्मिरमा गुमाए ज्यान

[caption id=\"attachment_117251\" align=\"alignleft\" width=\"750\"]\"\" ज्यान गुमाउनुअघि म्याग्दी कुहुँ–१ पूर्णगाउँका फुलप्रसाद अर्मजाले लिएको सेल्फी ।[/caption] काठमाडौं, २ फागुन । भारत–पाकिस्तान सीमा क्षेत्रबाट म्याग्दी कुहुँ–१ पूर्णगाउँका फुलप्रसाद अर्मजाले बेलायतमा रहेका दाजु गोविन्दलाई टेलिफोनबाट बाख्लो हिमपात भइरहेको बताएको एक महिनाजति भयो। भारतीय सेनामा कार्यरत उनी पाकिस्तानी भूभागबाट भारतीय भूमिमा हुने आक्रमण रोक्न कश्मीरको माथिल्लो भेगमा खटिएका थिए। उनले फोनमा दाजुलाई आतंकवादीसँगको लडाइँभन्दा पनि हिमपहिरो डरलाग्दो भएको बताएका थिए । हो रहेछ, उनको ज्यान हिमपहिरोले नै लियो। आजको नागरिक दैनिकमा खबर छ– अत्यधिक हिमपातसँगै झरेको हिमपहिरोमा परेर ज्यान गुमाएका अर्मजाको शुक्रबार साँझ अन्त्येष्टि गरी परिवार घर फर्किएको छ। भारत र पाकिस्तानले युद्धविराम गरेको कार्गिल आसपासको हिमाली क्षेत्रमा सुरक्षार्थ खटिएका अर्मजासहितको भारतीय सैनिकको टोली माघ १३ मा हिमपहिरोमा परेको थियो । अर्मजासहित नेपाली मूलका दार्जलिङका दुईजना गरी कम्तीमा १४ जना हिमपहिरोमा परेका थिए । घाइते अवस्थामा भेटिएका अर्मजाको माघ २५ गते उपचारका क्रममा निधन भएपछि शुक्रबार अन्त्येष्टि गरिएको छ। ‘आतंकवादीसँग लड्न सजिलो छ, हिमपहिरोमबाट बच्न मुस्किल’, मृतक अर्मजाको अन्तिम टेलिफोन संवाद दाजु गोविन्दले सम्झे। केही महिनाअगाडि पाकिस्तानी भूमिबाट भएको आक्रमण क्षेत्र आसपासमै खटिएका अर्मजाले मंसिरदेखि फागुन अन्तिमसम्म हिमपात भएका क्षेत्रमा जोगिन मुस्किल हुने परिवारलाई बताउने गरेका थिए। कश्मीरको जोखिमपूर्ण क्षेत्रमा नेपालीको उपस्थिति धेरै छ। अर्मजा कश्मीर क्षेत्रमा भारतीय सेनाले सुरु गरेको अपरेसनमा पनि सहभागी थिए। हिमपहिरोमा परेका थप तीनजना नेपालीको अवस्थासमेत चिन्ताजनक छ। हिमपहिरोमा परेकाको वास्तविक विवरण बाहिर नआएकाले घाइते र मृतकको संख्या बढ्न सक्ने त्यहाँ खटिएका म्याग्दीका युवाले बताएका छन्। कश्मीरमा खटिएका सैनिक लेक लागेर, दुर्घटनामा परेर दैनिकजसो घाइते हुने गरेको त्यहाँ कार्यरत नेपालीको भनाइ छ। खराब मौसम भएर पनि हिमाली क्षेत्रमा रहेका क्याम्प व्यवस्थापनमा चासो नदेखाउनु भारतीय पक्षको गम्भीर गल्ती भएको बताउँदै गोविन्दले भाइले जस्तै अरु नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने औंल्याए । भाइको निधनको खबर सुनेपछि गोविन्द नेपाल फर्केका हुन्। ‘हिमपातबीच आवतजावत गरेका तस्बिर देखेपछि सुरक्षित हुन पटकपटक अनुरोध गरे पनि भाइलाई दैवले लगिछाड्यो’, गोविन्दले भने। पछिल्लो समय पाकिस्तानी भूमिबाट लगातार आक्रमण हुन थालेपछि भारतीय सेनाले समेत सीमा सुरक्षामा कडाइ गर्दै कश्मीरको हिमालआसपास सैनिक संख्या बढाउँदा आफ्नो भाइ पनि परेको गोविन्दले बताए। ‘भाइको मृत्युले परिवारको सपनामा कालो बादल पोतिन पुग्यो’, उनले भने, ‘युद्धमा जितेको भाइलाई हिमपहिरोले छोडेन।’ हिमपहिरोमा परेका र प्रत्यक्षदर्शीका अनुसार समयमै उद्धार नहुँदा घाइतेको मृत्यु हुन पुगेको हो। अर्मजा १४ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए। उनले अवकाश लिन २ वर्ष ६ महिनामात्र बाँकी थियो । उनका पत्नी, एक छोरा र एक छोरी छन्। छुट्टीमा आएका बेला गाउँको विकास निर्माणमा समेत सक्रिय हुने अर्मजाको निधनले सिंगो पूर्णगाउँ शोकमा डुबेको छ। घटनाको जानकारी पाएलगत्तै मृतककी पत्नी र बाबुआमा अन्त्येष्टिका लागि भारत गएका थिए।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending