Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

पूर्वाधार विकास कार्यालय रौतहटको पुँजीगत खर्च १५ प्रतिशत मात्रै

खबरडबली संवाददाता

रौतहट चालू आर्थिक वर्षको फागुन मसान्तसम्म पूर्वाधार विकास कार्यालय रौतहटको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ। कार्यालयका प्रमुख दिपक कुमार मिश्रका अनुसार दोस्रो चौमासिक अवधिसम्म पुँजीगत खर्च केवल १५ प्रतिशत मात्रै भएको छ।

गत आर्थिक वर्षमा सोही अवधिसम्म २५ प्रतिशत खर्च भएको थियो। अस्थिर प्रदेश सरकारको कारण चालू आर्थिक वर्षको आठ महिनामा एउटा पनि योजना सञ्चालनमा आइनसकेको प्रमुख मिश्रले जानकारी दिए। चालू आर्थिक वर्षमा बहुवर्षीय योजनाको प्रगतिका आधारमा गरिएको भुक्तानी बाहेक अन्य कुनै योजना सञ्चालन भएको छैन।

चालु आर्थिक वर्षमा कार्यालयले ६० वटा बहुवर्षीय योजना, १०० वटा २५ लाखभन्दा माथिका योजना, ३४० वटा १०–२५ लाखबिचका योजना र १०० वटा १० लाखभन्दा कम मूल्यका योजना गरी कुल ६०० योजना स्वीकृत गरेको छ। कार्यालय प्रमुख मिश्रका अनुसार चालु आर्थिक वर्षका लागि २ अर्ब १३ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।

उनले बताए, “२५ लाखभन्दा माथिका सय वटा योजनामध्ये ५० वटा योजना टेन्डरमा छन्। बाँकी ५० मध्ये विद्युतीकरणसम्बन्धी योजना नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी टेन्डर हुनेछ। ६० वटा बहुबर्षीय योजना मध्ये ४० वटा सञ्चालनमा छन्, बाँकी २० मध्ये केहीको डिपिआर तयार हुँदैछ भने केहीको स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढाइएको छ।”

उपभोक्ता समिति मार्फत सञ्चालन हुने १० लाखसम्मका १०० योजना र १०–२५ लाख मूल्यका ३४० योजना कार्यान्वयनमा ढिलाइ हुँदा काम सम्पन्न गर्न कठिनाइ भएको मिश्रले बताए। उनले आगामी दिनमा प्रदेश सरकारले बजेट कटौती गर्ने योजना लागू गरेपछि योजनाहरू सहज रूपमा सञ्चालन हुने अपेक्षा व्यक्त गरे।

कार्यालयले विकास निर्माणमा पारदर्शिता र गुणस्तर कायम राख्न प्रत्येक संयन्त्र प्रयोग गर्ने जनाएको छ। प्रमुख मिश्रले भने, “प्रत्येक योजनाबारे सम्बन्धित स्थानीय तहलाई जानकारी गराइने छ, जसले स्थानीय तहलाई जवाफदेही बनाउने र योजना दोहोरो हुने सम्भावना घटाउनेछ। प्रत्येक योजनामा होर्डिङ्ग बोर्ड राख्ने, अनुगमन तीव्र पार्ने र गुणस्तर परीक्षण आवश्यक भए सडक विभागसँग समन्वय गरेर अघि बढाउने छौं।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा समूहका पाँच सर्तबारे कांग्रेस संस्थापन मौन, सहमतिका लागि संवाद जारी: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...

पुँजी बजारका समस्या समाधान गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...

बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...

पाँचथरको फालेलुङमा भिषण पहिरो, जोरपोखरी–एकतिन–मेमेङ सडक पूर्ण रूपमा अवरुद्ध

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...

पछिल्लो २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...

बुधबारदेखि वर्षा कम हुने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।  हात्तीले ग...

विराटनगर भन्सार : निर्यातमा प्रशोधित भटमास तेलको बर्चस्व, १ अर्ब ४० करोडको जुत्ता निर्यात

विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ ।  ...

सेयर बजारमा निरन्तर उछाल, नेप्से २७१९ अंकमा पुग्यो

काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending