काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सहरी स्वास्थ्य प्रवर्र्धन केन्द्रको फोहोर व्यवस्थापन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले हानिकारक अस्पतालजन्य फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न दुई करोड रुपियाँ अनुदान प्रदान गरेपछि महानगरको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको फोहोर व्यवस्थापन हुने छ ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले महानगरपालिकामा रहेका सहरी स्वास्थ्य प्रवर्धन केन्द्र र अस्पतालबिच भएको सहमति अनुसार अस्पतालमा अत्याधुनिक प्लान्ट स्थापना गरेर फोहोर व्यवस्थापन गर्ने जानकारी दिए।
उनले काठमाडौँ महानगरपालिकाको मात्र नभई प्रसूति गृह अस्पतालको समेत फोहोर व्यवस्थापन हुने जानकारी दिए । अहिले हामीसँग भएको फोहोर व्यवस्थापन गर्ने प्लान्ट पुरानो भएको थियो, निर्देशक डा. अधिकारीले भने, “काठमाडौँ महानगरपालिकाले सहयोग गरेपछि अत्याधुनिक प्लान्टमार्फत फोहोर व्यवस्थापन गर्ने छौँ ।”
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको रोहबरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी। र अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीबिच अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अस्पतालबाट उत्पादित हानिकारक फोहोरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्धन केन्द्रबाट उत्पादित हानिकारक फोहोरको पनि यही प्लान्टबाट व्यवस्थापन हुने छ ।
अनुदान रकम अस्पतालले उपकरण खरिद र फोहोर व्यवस्थापन स्थलमा ट्रस निर्माणका लागि खर्च गर्न पाउने छ । सम्झौता चालु आवको असार १५ गतेसम्म मान्य हुने छ । सम्झौतापछि कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँमा हानिकारक फोहोर व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्डबमोजिमका प्रशोधन प्लान्ट सञ्चालन गरेर समस्यामा निकास दिनुपर्ने अवस्था रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १७:५६
काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...



प्रतिकृया लेख्नुहोस्: