Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

यी रहेछन्–माओवादी प्रवक्ता पम्फा भुसाललाई मनपर्ने नेता र कलाकार

\"\"वर्षमान पुन अनन्त मलाई आफ्नै पार्टीका वर्षमान पुन अनन्त मन पर्छ । उहाँमा नेतृत्व क्षमता र राजनीतिक कला छ । छोटो समयमा नै परिपक्व ढंगले विषयवस्तुको गम्भीरता अध्ययन गरेर रायसुझाब दिने तथा निर्णय दिन सक्ने हुनुहुन्छ । युद्धकालमा सैन्यक्षेत्रमा पनि उहाँ असाध्यै राम्रो हुनुहुन्थ्यो । छोटो समयमा पार्टी राजनीतिको सबै पाटो र पक्षलाई बुझ्नुभएको छ । व्यावहारिक हिसाबले समायोजन गर्न सक्ने खुबी उहाँमा छ । पार्टी लाइन र लिडरसिपले खोजेको कुरालाई नै जस्टिफाइ गर्ने उहाँको अर्को विशेषता छ । हितमान शाक्य हितमानजी कुनै पनि विषयवस्तुको गहिराइमा पुग्न मन पराउनुहुन्छ । हरेक विषयको सांगोपांगो, पक्षपाटामा लामो बहस गरेर निष्कर्षमा पुग्न उहाँकोे बानी छ । कतिपय मानिसको बानी पहिले निष्कर्ष दिने र लजिक प्रस्तुत गर्ने हुन्छ, तर हितमानजीमा पहिले लजिक प्रस्तुत गर्ने अनि मात्र निष्कर्ष दिने बानी छ । योगेश भट्टराई विद्यार्थीकालमा योगेशजी मभन्दा जुनियर हुनुहुन्थ्यो । युनिभर्सिटीमा हामी सँगसँगै भए पनि राजनीति, उमेरका हिसाबले पनि उहाँ जुनियर हो । अर्कै पार्टीको भए पनि उहाँको विषयवस्तुको तिखोपना, कडा प्रस्तुति मलाई मन पर्छ । सबैलाई मिलाउन सक्ने, आदर–सम्मान गर्ने बानी छ उहाँको । साथै आफ्नो कुरामा उहाँ दृढ रहनुहुन्छजस्तो लाग्छ । गगन थापा गगन थापा कांग्रेसभित्र पनि नयाँ विचार बोकेका युवा नेता हुन् । राजनीतिक अजेन्डामा उनले आफ्नो पार्टीभन्दा अग्रगामी सोच प्रस्तुत गर्छन् । संवैधानिक राजामै अडिएको नेपाली कांग्रेसको लाइनभन्दा बाहिर रहेर उनी गणतन्त्रको पक्षमा उभिए । पछिल्लो समय राजनीति कति गर्ने रु कति समय गर्ने भन्ने ब्रोडकास्ट गरेका छन् । उनले लिडरसिपबारे बाँचुन्जेल नेतृत्वपंक्तिमै रहनुपर्छ भन्ने परम्परावादी सोचलाई नकारेका छन् । मुलुकको निम्ति केही गरौँ भन्ने नयाँ सोच उनमा रहेकाले मलाई मन पर्ने व्यक्तिमा उनी पनि पर्छन् । शक्ति गौचन क्रिकेटर शक्ति गौचन मलाई मन पर्छ । क्रिकेट नेपालको लागि नयाँ खेल हो । तर, पनि उनले नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । म त्यतिधेरै क्रिकेटप्रेमी त होइन । तर, पनि उनले यस्तो गरे, यति विकेट लिए भन्ने सुन्दा, पढ्दा आनन्द आउँछ । नेपाली क्रिकेटमा उनी पनि एक उत्कृष्ट क्रिकेटर हुन् भन्ने मेरो बुझाइ छ । दीपाश्री निरौला हास्यकलाकार दीपाश्री निरौला मलाई मन पर्ने एक कलाकार हुन् । ‘तितोसत्य’ अहिले त बन्द भएको छ, तर पहिले म त्यो टेलिसिरियल असाध्यै हेर्ने गर्थें । तितो सत्यमा दीपाको प्रस्तुति मन पथ्र्यो । अहिले त उनी कलाकार हुँदै निर्देशकसमेत भइन् । उनको अभिनय कला पनि गज्जबको छ । उनको अभिनयकलामा कुनै कृत्रिमता देख्दिनँ म । गौरी मल्ल गौरी मल्लको कलात्मक प्रस्तुति मलाई मन पर्ने पाटो हो । आउन त कलाकारितामा धेरै मानिस आएका छन् । तर, गौरी मल्लले नेपाली चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा छुट्टै स्थान बनाएकी छिन् । आजभोलि त उनी टिभीमा ‘आमा’ कार्यक्रममार्फत पनि देखिन्छिन् । उनको ‘सिंहदरबार’ टेलिशृंखला पनि आएको थियो क्यारे, केही समयअघि । गौरीजीले पनि अभिनयमार्फत धेरै दर्शक–श्रोताको जस्तै मेरो पनि मन जितेकी छन् । उनका सिनेमाले अनि अभिनयले पनि समाज परिवर्तन तथा महिला हकहित तथा सशक्तीकरणमा महत्वपूर्ण सहयोग पुर्‍याएको मैले महसुस गरेको छु । मणि थापा राजनीतिक हिसाबले पनि उहाँ प्रखर मान्छे । त्यसमाथि उहाँ गीतकार । उहाँको गीतमा सामाजिक यथार्थ पाइन्छ । साथै, परिवर्तनको सन्देश दिने उहाँका गीतहरू छन् । सामाजिक यथार्थता त धेरैले प्रस्तुत गर्लान् रोई–कराई गरेर । तर, उहाँका गीतहरू कालजयी लाग्छ । आहुति आहुतिले सामाजिक यथार्थपरक समस्यालाई राख्नुहुन्छ । परिवर्तनको सन्देश दिनुहुन्छ । दलित मुभमेन्ट हुँदै उहाँले आफूलाई कुशल साहित्यकार र राजनीतिज्ञका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँका लेखरचना पनि मलाई मन पर्छ । जीवन शर्मा जनकलाकार जीवन शर्माको कुशल व्यक्तित्वसँगै उहाँका कालजयी र जनप्रिय गीत उत्तिकै मन लोभ्याउने खालका छन् । परिवर्तनका लागि आममानिसलाई प्रेरित गर्ने, अन्याय, उत्पीडनमा परेका जनतालाई अधिकार खोज्न जागरुक गराउने सन्देश उहाँका गीतहरूमा पाइन्छ । उहाँको स्वरमा मिठासता त छँदै छ । उहाँको बोलीचाली र व्यक्तित्व पनि सादा जीवन उच्च विचारको छ । उहाँले गीतमार्फत मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । नयाँ पत्रिका दैनिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending