Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

यसकारण ‘एनी हाउ, चुनाव गराउ’को पक्षमा देउवा

\"\"कुनैबेला चुनावी शब्द उच्चारण नै नगर्ने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको तीन दलको बैठकमा जसरी हुन्छ चुनाव चाँडै गर्नुपर्छ भन्दै बम्किए । तोकेको समयमै स्थानीय निकायको चुनाव गर्नुपर्ने बताउँदै मिति चाँडै घोषणा गर्नुपर्ने जोड देउवाले बैठकमा बारम्बार दिए। अन्य बैठक भन्दा निकै जोस्सिएका देउवाको अचानक यस्तो प्रस्तुती देख्दा उनकै छेउमा बसेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ मुस्कुराए पनि । देउवाको प्रस्तुतीले जो कोहिलाई पनि भान हुन्थ्यो कि प्रधानमन्त्री बन्न हतारिन थालेछन् । उनी शुरुदेखि अन्त्यसम्मै एउटै लयमा प्रस्तुत भइरहेका थिए । देउवाको हरेक कुरालाई उनकै लाईनको पाँच औं लाइनमा बसेको कृष्णप्रसाद सिटौलाले साथ दिइरहेका थिए । सिटौलाले देउवाको बोली हो मा हो मिलाउँदा सबै भन्दा हाँसेका थिए । अझ एमालेका माधबकुमार नेपालले झन् हाँसोका फोहोरा नै छुटाए । तीन दलको बैठकमा निर्वाचन सम्बन्धि विधेयक र संशोधन प्रस्ताव संसदमै टेबुल गर्न प्रतिपक्ष दललाई सुझाए पनि । बैठकमा सहभागी एक नेताका अनुसार तिनै तहको चुनाव गर्न लिखित प्रतिबद्धता गर्न देउवा तयार भएका थिए । मधेसी मोर्चालाई स्थानीय चुनावको मिति घोषणा गर्नसमेत आग्रह गरेका थिए । देउवाले अहिले स्थानीय निर्वाचनको मिति घोषणा गर्न सहयोग गरे प्रदेश र संसदको चुनाव संविधान संशोधनपछि गर्ने गरी आफु लिखित सहमति गर्न तयार रहेको बताएका थिए । भदौ २० गते गणतन्त्र नेपालको दोहोर्याएर प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापतिबीच आलोपालो सरकार चलाउने सहमति छ । कांग्रेस र माओवादीको सहमतिमा शुरुमा प्रचण्डले ९ महिना सरकारको नेतृत्व गर्ने स्थानीय तहको निर्वाचन गराउने भद्र सहमति भएको थियो । उक्त सहमतिमा ९ महिना मात्र वितेर एउटा पनि चुनाव नभएमा प्रचण्डले सहजै सत्ता हस्तान्तरण नगर्ने संकेत पाएपछि देउवा स्थानीय निकायको चुनाव जसरी पनि गर्नुपर्ने जोड दिईरहेका छन् । तत्काल नै चुनावको मिति घोषणा भए चैतमा स्थानीय चुनाव हुने पक्का छ । चैतमा स्थानीय चुनाव गरेर सहजै सत्ता आफनो हातमा लिने दाउमा रहेका देउवालाई सहज भने छैन् । संविधान संशोधनमा एमालेले गरिरहेको अबरोध एकातिर छँदैछ भने संशोधन विना मधेसी मोर्चा चुनावमा जाने छाँट छैन् ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending