Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

लोकमानले क–कसको वस्त्र खोल्दैछन् ? ओलीदेखि पौडेलसम्मको अडियोमा के छ ?

\"\"काठमाडौं, ११ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध उजुरी हाल्ने एमाले सांसदहरु पार्वत गुरुङ, रेवतीरमण भण्डारी, सुशील नेपाल र माओवादी सांसदहरु रामनारायण बिडारी र अमनलाल मोदीलाई समेत महाअभियोग सिफारिस समितिमा राखिएको संसदको निष्पक्षतामाथि प्रश्न उठिरहेको बेला एमालेले संसद अवरुद्ध गर्नुको रहस्य खुल्न थालेको छ । आजको तरुण साप्ताहिकमा खबर छ –एक महिनाअघि दर्ता भएको महाअभियोग सिफारिस समितिले संसद अवरुद्ध नभएको भए प्रवेश पाउने भएकाले पनि एमालेले अदालतको मुख ताकेको बुझिएको छ । संसदको सिफारिस समितिमा महाभियोगको एजेन्डाले प्रवेश पाए एमाले नेताहरुले आफ्नै पार्टीका नेताहरु क–कसलाई कारबाही गर्ने, कसलाई छुट दिनुपर्ने भनी गरेको सिफारिस रेकर्डसहित सार्वजनिक हुने भएका कारण संसद अवरुद्ध गरेको रहस्य केही दिनमै सार्वजनिक हुने बुझिएको छ । ‘जुनदिन मैले मुख खोल्नुपर्ला, त्यसदिन नेताहरुको वस्त कति बाँकी रहला रु’ भनिएको प्रमुख आयुक्त कार्कीको विज्ञप्तिले पनि यो कुरालाई पुष्टि गरेको छ । निकट स्रोतका अनुसार फलानो नेतालार्य अनुसन्धान गरिदिनुपर्‍यो भन्दै नेताहरु नै अख्तियार पुग्ने गरेका थिए । जसका कारण उनले आवश्यक परे ती नेताहरुको पोल खोलिदिने चेतावनी दिएका हुन् । तरुण साप्ताहिकले लेखेको छ, तरुणको जिज्ञासामा स्रोतले भन्यो, ‘प्रायः सबैजसो एमाले नेतासँगको संवाद सुरक्षित छ, त्यसमध्ये अधिकांशले फलानोलाई मुद्दा चलाउनु भएन, उन्मुक्ति दिनुपर्यो भनेका छन्, केही भने, फलानो नेतालाई कारबाही गरिदिनुपर्‍यो ।’ यसमध्ये एउटा उदाहरण दिँदै उनले भने, ‘एमाले नेता विष्णु पौडेलले सुवास नेम्वाङ र अग्नि खरेलमाथि छानबिन गरिदिनुपर्‍यो भन्दै आग्रह गरेको सुनेको छु । एमाले अध्यक्ष खड्गप्रसाद ओलीले माओवादी र कांग्रेसका केही नेताहरुमाथि छानबिन गरिदिनुपर्यो भनेको रेकर्ड पनि छ भन्ने मैले सुनेको छु ।’ स्रोतका अनुसार नेताहरुसँगको संवादको रेकर्ड सार्वजनिक भयो भने एमालेभित्र यति ठूलो भुईंचालो आउने छ कि त्यसले पार्टी एक रहने सम्भावनासमेत टुट्ने बुझिएको छ । देशले सबैभन्दा सुरक्षित ठानेको सर्वोच्च अदालतमा हाजिर हुन गएका प्रमुख आयुक्त कार्कीलाई गत विहीबार विप्लव माओवादी समूहका दुईजना कार्यकर्ताले कालोमोसो दलेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending