विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्।
जनकपुरमा सभा सम्पन्न गरेपछि उनले मधेस प्रदेशमा केही भेटघाट कार्यक्रम गरे र त्यसपछि आफ्नो ध्यान कोशी प्रदेशमा केन्द्रित गरे। माघ ५ गते साँझ उनी कोशी प्रदेश प्रवेश गरी उर्लाबारी नगरपालिका–७ स्थित आफ्नो ससुरालीमा बसे।
भोलिपल्ट बिहान केही भेटघाटपछि उनी झापा–५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्न पुगे। त्यही दिन उनले समर्थकहरूसँग दमकमा भेटघाट गरे। त्यसपछि उनी झापा, सुनसरी र मोरङका तीन हजारभन्दा बढी समर्थक र शुभचिन्तकसँग दमक–५ स्थित लक्की सिटौलाको घरमा भेटघाट गरे।.jpg)
साँझ इलाम पुगेका बालेनले इलाम सदरमुकाममा बस्दै समर्थकहरूसँग भेटघाट गरे। माघ ८ गते ताप्लेजुङको सदरमुकाम पुगेका उनले पाथीभरा मन्दिरको दर्शनको लागि त्यहाँबाट प्रस्थान गरे। भोलिपल्ट ९ गते उनी पाँचथर हुँदै तेह्रथुम पुगे। तेह्रथुम र संखुवासभामा पनि उनले स्थानीय उम्मेदवारसँग भेटघाट गरी सामान्य कार्यक्रम सञ्चालन गरे।
शनिबार बिहान संखुवासभाको कार्यक्रम सम्पन्न गरी उनी धनकुटा आए। धनकुटा सदरमुकाममा निर्धारित पैदल यात्रा र मतदाता भेटघाटको कार्यक्रम सवारीबाट परिक्रमा गरी सम्पन्न भयो। त्यसपछि उनले सुनसरीको इटहरीमा गाडीबाट समर्थकहरूसँग अभिवादन गरे। साँझ विराटनगर पुगेर समर्थक र उम्मेदवारसँग भेटघाट गरेपछि उनी विमानस्थल हुँदै काठमाडौँ फर्किएका थिए।
विराटनगरबाट काठमाडौँ उड्ने टिकट ५ बजेको भए पनि विमान १ घण्टा ढिला भएको थियो। विमानस्थल जानुअघि उनी एयरपोर्ट रोडस्थित होटल पर्पल हेजमा बसे, जहाँ समर्थकहरूको ठूलो भिड जम्मा भएको थियो।
कोशी प्रदेश भ्रमणले बालेनको समर्थक संख्या बढाएको उक्त पार्टीका नेताहरू बताउँछन्। ताप्लेजुङका रास्वपाका उम्मेदवार वीरेन्द्र श्रेष्ठले भने, “हाम्रो पक्षमा माहोल बनेको छ, बालेन साहको आगमनले रास्वपाका समर्थक बढेका छन्।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - २०:२६
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...
माघ ११ गते, २०८२ - २०:१५
विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...
माघ ११ गते, २०८२ - २०:१३
मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...
माघ ११ गते, २०८२ - २०:०७
काठमाडौँ । सरकारी विज्ञापन कारोबारका विषयमा सञ्चार माध्यममा प्रकाशित समाचार र जारी विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन) ले गम्भीर ध्यानाकर्षण भएको ज...
माघ ११ गते, २०८२ - २०:०५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभा–काठमाडौं सम्पर्क मञ्चले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार समिति गठन गरे...
माघ ११ गते, २०८२ - १९:५७
राजनीतिमा अनुहार धेरै देखिन्छन्, तर उनीहरूको इतिहास, संघर्ष र नेतृत्वको धरातल फरक हुन्छ। केही नेताहरू केवल अवसरवादमा सीमित रहन्छन्, पद र सत्ताका लागि ...
माघ ११ गते, २०८२ - १९:३३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए आफ्नो नेतृत्वको पा...
माघ ११ गते, २०८२ - १९:२८
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार धनकुटा सदरमुकाम आए पनि सवारीबाट नओर्ली बजार परिक्रमा गरेर फर...
माघ ११ गते, २०८२ - १९:०१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिलाई लिएर मधेश अपमान गरिएको भन्दै ...
माघ ११ गते, २०८२ - १८:५२
काठमाडाैं । हरेक निर्वाचनमा काभ्रेली मतदाताले देख्दै आएका परिचित अनुहारहरू यसपटक मैदानबाहिर छन्। उनीहरूको अनुपस्थितिमा यस निर्वाचनमा काभ्रेमा प्रायः ...




प्रतिकृया लेख्नुहोस्: