Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

सगरमाथाको अवलोकन अब राजधानीबाटै

\"\"काठमाडौं, ७ पुस । विश्वको सर्वोच्च शिखर सगरमाथा नाङ्गो आँखाले हेर्न हजारौँ विदेशी पर्यटक लाखौँ खर्च गरेर नेपाल आउँछन् र कोही सगरमाथाको चुचुरोमै पुग्छन् त कोही फेदीमा पुगेर सगरमाथालाई नाङ्गो आँखामा कैद गर्छन्। आजको गोरखापत्र मा खबर छ– हामी सगरमाथाकै देशका कतिपय नागरिकले सगरमाथा हेर्न पाएका छैनौँ तर अब यो स्थितिमा परिवर्तन आएको छ, सगरमाथा हेर्न इच्छुक नागरिकले अब काठमाडौँबाटै देख्न सकिने छ। काठमाडौँ उपत्यकाको सबैभन्दा अग्लो डाँडो चन्द्रागिरि ९दुई हजार ५४० मिटर०मा बनाइएको भ्युटावरबाट उत्तरी दिशामा पूर्वदेखि पश्चिम भएर फैलिएको मनोरम हिमश्रृङ्खला मनै लोभिने गरी हेर्न सकिन्छ। त्यही हिमश्रृङ्खलामा भ्युटावरबाट सगरमाथा हेर्न सकिने भएको हो। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। चन्द्रागिरि हिल्स लिमिटेडले साउन अन्तिम साताबाट सञ्चालनमा ल्याएको केबुलकारको आरामदायी यात्रा वा थानकोटबाट चित्लाङ जाने कच्चीबाटो भएर चन्द्रागिरि डाँडोमा पुग्दा पूर्वमा सगरमाथा र पश्चिममा माछापुच्छेसम्म एकैचोटी आँखाभरि राख्न सकिन्छ। चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक अम्बिकाप्रसाद पौडेलले पूर्वमा सगरमाथादेखि पश्चिममा काञ्जिरोवा हिमाल मज्जैले देख्न सकिने जानकारी दिए।अन्य हिमश्रृङ्खला खुला आँखाले देखिने भए पनि सगरमाथा भने चन्द्रागिरि डाँडोमा निर्मित भ्युटावरमा रहेको दुरबिनको मद्दतले सजिलै देख्न सकिने पौडेलले बताए। पश्चिमा रहेको आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमश्रृङ्खला, आठ हजार १५६ मिटरको मनास्लु हिमश्रृङ्खला, सात हजार ४२२ मिटरको गणेश हिमाललगायत हिमाल भने आँखा अगाडि नै टल्किरहेको देख्न सकिन्छ। नौ वर्ष लगाएर नेपालका हिमालसम्बन्धी प्रोफाइल तयार पारेका शुक्रसागर श्रेष्ठले १९० एरोनोटिकल किलोमिटरको दूरीमा रहेको सगरमाथालाई चन्द्रागिरि डाँडामा पुगेर अध्ययन अनुसन्धान गरेपछि मात्र देखिने वा नदेखिनेबारे आधिकारिक धारणा दिनसक्ने जानकारी गराए। हिम श्रृङ्खला मात्र होइन, चन्द्रागिरिबाट काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी जिल्लासमेत देख्न सकिन्छ भने चन्द्रागिरि डाँडाको दक्षिणी भेगका टिस्टुङ, फाकेल, चित्लाङका रमणीय गाउँहरू स्पष्ट रूपमा नियाल्न सकिन्छ। बाक्लो वनजङ्गलले ढाकिएको उक्त डाँडामा पृथ्वीनाराण शाहले पाइला टेकेको, सतीदेवीको भाल (निधार) खसेको सुन्दर शक्तिपीठ रहेको छ। उक्त शक्तिपीठमा फागु पूर्णिमा र वैशाख १ गते चखेल, फाकेल, चित्लाङ, थानकोटका भक्त मेला भर्न आउने गरेको निर्माण व्यवसायी मधुसूदन घिमिरेले जानकारी दिए। पुरानो शक्तिपीठलाई यथावत राख्दै चन्द्रागिरि हिल्स लिमिटेडले आधुनिक प्यागोडा शैलीको भालेश्वर महादेवको मन्दिर स्थापित गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending