Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

किन हुन सकेन माओवादी एकता जिल्ला अधिबेशन ?

\"\"काठमाण्डौं, २६ मंसिर । दश घटक माओवादीसंग एकता गरेर बनेको माओवादी केन्द्रको जिल्ला एकता अधिबेशन अझै हुन सकेको छैन । जिल्ला एकता अधिबेशन नहुनुको मूख्य कारण नेतृत्व कसले लिने भन्ने बिषयमा बिवाद रहेकाले हो । नेतृत्व लिनका लागी एकतामा आएका रामबहादुर थापा ‘बादल’ पक्ष र माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधरका नेताहरु तछाडमछाड गरिरहेको स्थिति छ ।
माओवादी केन्द्रकी प्रबक्ता पम्फा भूसाललाई नै अहिलेसम्म कति जिल्लामा एकता अधिबेशन भयो पत्तो छैन । भूसालले भनिन् ‘आयोजक समितिको संख्या टुंगो नलागेकाले जिल्ला एकता अधिबेशन नभएको बताउँछिन् ।’
जेठ ६ गते बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एकता पश्चात बनेकाे माओवादी केन्द्रले सात महिना वितिसक्दा पनि जिल्ला एकता अधिबेशन गर्न सकिरहेकाे छैन । मंसिर २१ गते केन्द्रिय महाधिवेशनका लागि भन्दै ३ हजार ९ सय ९९ जनाको जम्बो केन्द्रिय समिति बनाएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार एकतामा आएका नेताहरुलाई भाग पु¥याउनका निम्ति जम्बो केन्द्रिय समिति बनाइएकाे थियाे । केहि दिनअघि बसेको पोलिटब्यूरो बैठकले माघ महिनाभित्र वडा, गाउँ र नगरपालीकाको अधिबेशन गरि सक्ने निर्णय गरेको थियो । त्यस्तै फागुन मसान्तभित्र सबै जिल्ला अबिधेशन गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रकी प्रबक्ता पम्फा भूसाललाई नै अहिलेसम्म कति जिल्लामा एकता अधिबेशन भयो थाहा छैन । उनले रकर्ड लिन पार्टी कार्यालयमा जान सुझाइन् । खबरडबलीसँगको कुराकानीमा भूसालले भनिन् -‘आयोजक समितिको संख्या टुंगो नलागेकाले जिल्ला एकता अधिबेशन नभएको बताउँछिन् ।’ माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा अहिलेसम्म कति जिल्लामा अधिबेशन सम्पन्न भयो त्यसको कुनै रेकर्ड छैन् । पार्टी कार्यालयका सचिब प्रल्हाद बुढाथोकी प्रदेश नं २ को कुनै जिल्लामा एकता अधिबेशन नभएको बताए । अरु जिल्लाको तथ्याङ्क नआएको बुढाथोकी बताउँछन् । उनले भने ‘हामीसँग भएको रेकर्ड त्यति मात्र हो अरु छैन।’ तर माओावादी केन्द्रका एक नेताका अनुसार अहिलेसम्म ६० भन्दा बढी जिल्लामा एकता अबिधेशन हुन बाँकि रहेको छ । एकता अधिबेशन हुन नसक्नुका कारण - एकता गरेका दश घटक माओवादीमध्य नेतृत्व कसले लिने भन्ने बिषयमा हानाथाप छ । - बाहिर बादल र प्रचण्ड पक्ष देखिएपनि माओवादीभित्र थुप्रै गुट उपगुटहरु मौलाएका छन । उनीहरुबीच नेतृत्व कसरी लिने भन्ने अस्वस्थ्थ प्रतिष्पर्धा छ । - माओवादी केन्द्रले सरकारको नेतृत्व गरेकाले प्राय सबै जिल्ला नेताहरु बढी सिंहदरबार धाउन थालेका छन् । सिंहदरबार मात्र अाएर जिल्लाका पार्टी काम भने अलपत्र जस्तै  छ । - सिंमाकनको बिषयमा अहिले माओवादीभित्रै बिवाद छ । यसैलाई आधार बनाएर प्रदेश नं ४ र ५ का जिल्लाहरुमा अधिबेशन हुन सकेको छैन ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies