Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

जनयुद्धका कलाकार अहिलेका ‘ज्यामी’

\"\" काठमाडौं, २५ मंसिर । रोल्पाका काशिराम बुढामगर अर्थात झङ्कार एक समय माओवादीमा निकै हाइहाइ थिए । रोल्पाको मगर केटो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनताको गीत गाउँदै सारंगी बजाउँदै हिड्थे । परिवर्तनका खातिर हर्मोनियम र सारंगी रेट्दै गाउँ गाउँ ब्यूँझाउने कलाकार झंकारको जीवन सहारा भने अहिले गिट्टी र बेल्चा बन्न पुगेको छ । उनी दश बर्षे जनयुद्धको एउटा हस्ति हुन्, कलाकारिताकै क्षेत्रबाट युद्धताका भरपुर सहयोग गरे । उनीहरुले गीत मात्र गाएनन् आक्रमणकाबेला बम, गोली र बारुद पनि कयौं पटक ओसारे । दश वर्षे माओवादी युद्ध सफल बनाउन लागेका हजारौं सहिद भए । हजारौं अंगभंग भए । अझैंपनि हजारौं माओवादी कार्यकर्ताहरु शरीरमा गोलीका छर्राहरु बोकेर हिँड्न बाध्य छन् । जनवादी कलाकारको पहिचान बोकेर जनयुद्धमा होमिएका झन्कार, जसले हार्मोनियम र सारंगी रेटेर रोल्पा, रुकुम, प्युठान, सल्यानलगायत गाउँ गुन्जाउँथे । उनी मात्रै होइन, उनीसँग थुप्रै कलाकार थिए युद्धताका । तर ती कलाकार अहिले गुमनाम जस्तै छन् । उनी आफू मात्र होइन, आफूसँगैका साथीहरुको हिजोआजको दैनिकी देख्दा भावुक हुन्छन् । भन्छन्–‘कोही काठमाडौंका डान्स रेष्टुरेन्टमा गीत गाउँदैछन, कोही खाडीमा फलाम बोक्दैछन् ।’ आफूसँगै परिवर्तनका लागि गीत गाउँदै हिडेका कालाकारको मात्र होइन, झंकारको दैनिकी पनि फेरिएको छ । तर उनी हर्मोनियम र सारंगीको साथ चटक्क विर्सिएका छैनन् । दिनभर गिटी बालुवा र सिमेन्टसँग खेल्ने हातहरु हरेक साँझ दोहोरी रेष्टुरेन्टमा सारंगी रेट्न र हर्मोनियम बजाउन पुग्छ । हर्मोनियम र सारंगी बजाउने झंकारले गीत पनि गाउँछन् । रोल्पामा जन्मिएका बुढा भारतको उत्तरकाशीमा हुर्किए । जसरी उनी जीवन चलाउँदैछन्, त्यो भन्दा पीडादायी बन्यो उनको बाल्यकाल पनि । उनी निकै भावुक हुँदै बाल्यकालदेखिको आफ्नो जीवनको कथा यसरी सुनाए । [caption id=\"attachment_88426\" align=\"alignleft\" width=\"508\"] झङ्कार[/caption] रोल्पामा जन्मिए, भारतको उत्तरकाशीमा हुर्किए मेरा पुख्र्यौली कामका लागि भारत जान्थे । गाउँमा रोजगारी नपाएपछि मेरो बुबा पनि भारतमा काम गर्न जानु हुन्थ्यो । म आमाको पेटमा हुँदा बुबा भारत जानु भएको हो । भारत जानु भएको बुबा लामो समय उतै हराउनु भयो । हजुरबुबाले आमालाई पनि उतै लगे । तर बुवालाई भेट्नु भएन, दुई वर्षसम्म बुबा सम्पर्कबिहिन भएपछि मावलीको हजुरबुबाले आमालाई अर्कैसँग बिवाह गरिदिनु भएछ । सायद म त्यतिबेला ६ महिनाको मात्र थिए । मेरो जन्म दिने बाबु एउटा कर्मदिने बाबु अर्को । आफू बुझ्नै भएपछि मात्रै थाहा पाएँ आफूलाई कर्मदिने बाबुको बारेमा । तरपनि मलाई केही ‘ग्लानी’ भएन्, आफनै बुबा जस्तो लाग्थ्यो । म रोल्पामा जन्मिएँ, तर भारतको उत्तरकाशी भन्ने ठाउँमा हुर्किएँ । त्यहाँ धेरै नेपालीहरु बस्थे । उत्तरकासीमा करिब आधा जसो नेपालीहरु बस्थे । अन्य नेपालीहरु स्कूल गएको देखेर मलाई पनि पढ्ने रहर चल्यो । हामी बस्ने ठाउँबाट स्कूल अलि टाढा थियो । हामी त्यतिबेला भारतको सिलाङ भन्ने ठाउँमा बस्थ्यौं । नौ वर्षमा स्कुलाको मुख देख्न पाएँ तर तीन कक्षा भन्दा धेरै पढ्न सकिन । हामी त्यहाँ आलु रोप्थ्यौ, गोलभेडाँ रोप्थ्यौं । अनि ज्यामि काम गथ्र्यौ । यसरी १६ बर्षसम्म आफ्नै बाबुकोजस्तै मायाँ पाएँ । कान्छो बुबाको पनि ३ जना श्रीमती रहेछन् । जति बिवाह गरेपनि मृत्यु हुने भएपछि शोकले उहाँ अर्थात कान्छो बुबा भारततिर बसेका रहेछन् । उतापट्टि दुई छोरा रहेछन्, पछि हामीले थाहा पायौं । यता मेरो आमा पट्टि एक भाइ र दुई बहिनी छन् । जब म १६ वर्षको भएँ अनि मामासँग नेपाल फर्किएँ । गाउँमै प्रेमपछि मागी विवाह आफ्नो जन्मथलो थाहा नपाएका उनी रोल्पामै फर्किएर विवाह गरे, त्यो पनि प्रेम गरेर । गाउँकै एक बर्ष चिनजान र भेटघाट भएपछि पल्लो गाउँकी अमृतासँग उनको माया बस्यो । अमृता बुढासँग नै उनले मागी बिवाह गरे । बिवाह गर्दा अफू १८ वर्ष उनले बताए । विवाह त गरे तर विवाहपछि परिवार पाल्न उनलाई परिवार पाल्न धौ धौ भयो । गाउँमा केहि काम नपाउने भएपछि फेरि उनी मुग्लान पसे । विवाहपछिको झण्डै भारतमै ज्यामी काम गरेर उनले पाँच वर्ष विताए । जब जनयुद्धमा होमिएँ त्यतिबेला सायम म २४ वर्षको थिएँ । २०५४ सालतिरको कुरा हो । मैले भारतबाटै माओवादीलाई सहयोग गरे । त्यहाँ नेपाल भारत एकता समाज थियो, त्यसको सदस्य थिएँ म पनि । अलबहादुर घर्तीमगर त्यसको अध्यक्ष थिए । २०५५ को अन्त्यतिर माओवादीको होलटाइमर भएँ । हामी जनयुद्धमा गयौं तर युद्ध लड्नु परेन् । माओवादीमा जोडिएर होलटाइमर भएपछि कलाकारकै जिम्मेवारी पाएँ । बन्दुक समाएर नै लड्नु त परेन तर पनि लडाईँमा धेरै सहयोग ग¥यौं । म्याग्दीको बेनी आक्रमण, डुम्ला, अर्घाखाँची, खारा आक्रमण गर्दा हामी फिल्डमा उत्रियौं । ०६० सालमा बेनी आक्रमणमा हामी कलाकार तेस्रो घेरामा थियौं । तत्कालिन शाही नेपाली सेनाको ब्यारेकमा आक्रमण थियो । हाम्रो काम गोली अघि सार्ने, घाइते ओसार्ने थियो । हामी कलाकार क्षेत्रतिर भएकाले सेनाको जस्तो तालिम हुने थिएन । सेनालाई छुट्टै र हामीलाई चाहीँ आफु बाँच्ने खालको मात्रै तालिम दिइएको थियो । त्यसैले लडाईमा सहयोगी भूमिका मात्र निर्वाह ग¥यौं । हामी त्यतिबेला ओपेरा देखाउँथ्यौ । कार्यक्रममा जनवादी गीतसँगै ओपेरा अनिवार्य थियो । किन मान्छे मरेका छन् भन्ने कुरा ओपेरामार्फत जनतालाई जानकारी दिन्थ्यौं । त्यतिबेला पश्चिममा प्रतिरोध साँस्कृतिक परिवार थियो । खुशिराम पाख्रिनको नेतृत्वमा कुलमान बुढामगर, सागर पुन, सानसेन, प्रज्वल खड्का, लेकाली खड्का, महेश आरोही, पूर्ण घर्ती, सीता आचार्यले ओपेरा लेख्थे । अनि कहिलेकाँही म पनि ओपेरा लेख्थें । कुलमान र मैले जम्मा तीन चार वटा मात्र ओपेरा लेख्यौं । रेडियो नेपालमा सुनेर सारंगी सिके रेडियो नेपाल भारतमा पनि सुनिन्थे । त्यहि सुनेर सानैमा मैले भारतमा सारङ्गी सिके । त्यो सिक्दा सिक्दै गीत जाने । गाइनेहरुले बजाउँदा खुब मज्जा लाग्थ्यो । यता युद्धमा त्यो थाहा पाएपछि कला क्षेत्र पनि पार्टीले लिएको रहेछ । अनि त्यतातिर लागेँ । टोल, गाउँ, गाविस, जिल्ला, क्षेत्र हुँदै कलाकारमै केन्द्रमा आएँ । गन्धर्वहरुबाट सारङ्गी बजाउन सिकें । पछि रुख काटेर आफैले बनाउँन थालें । जब प्रचण्ड, बाबुराम र पासाङहरु रोए माओवादीको चुनवाङ बैठक ऐतिहासिक छ, पार्टीका लागि पनि हाम्रा लागि पनि । उनले सुनाए – त्यही बैठकमा मैले सारंगी बजाएको थिएँ । हाम्रो टीममा एक जना बहिनी थिइन् दिपा । करिब १ महिना अघि रुकुमको खारा आक्रमण भएको थियो । त्यो आक्रमणमा दिपाको श्रीमान चिरनको मृत्यु भएको थियो । त्यहि बिषयलाई समेटेर खुशीराम पाख्रिनले ओपेरा लेखेका थिए । त्यो ओपेरामा दिपा र उनको छोराको भूमिकाको थियो । एक महिनाअघि श्रीमान गुमाएकी दिपाले पीडालाई थाति राखेर ओपेरा निकै रामो रोल खेलेको देखेर हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’, नेत्रबिक्रम चन्द ‘बिप्लब’, देब गुरुङ, हालका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, वर्षमान पुन ‘अनन्त’लगायत अन्य नेताहरु सहभागी थिए । उनीहरु सबै त्यो ओपेरा हेरेर रोए । उनीहरु रोएको मुख्य कारण पति गुमाएकी महिला र पिता गुमाएको छोराको रोलले प्रभावित भएर जस्तो लाग्छ । मैले पहिलो पटक नेताहरु रोएको देखें । अहिले सब छरपष्ट त्यतिबेला उनीसँगै रहेका करिब ३१ जनाको टीम अहिले छरपष्ट छ । त्यो टिम माओवादी शान्ति प्रक्रियामा आएको केहि बर्षपछिसम्म रहेको थियो । ‘कोही खाडी मुलुक भासिएका छन् । कोही गाउँतिर खेती किसानी गरेर बसेका छन्’, एकाएक भावुक हुँदै उनले भने, ‘कोही राजधानीमै ज्यामी काम गर्छन्, कोही दोहोरीसाँझतिर काम गर्छन् ।’ पार्टी फुटका कारण कलाकार टिम सबै छरपष्ट भएको उनले कारण खुलाए । अहिले माओवादी छिन्न भिन्न भएकोमा उनले निराशा ब्यक्त गरे । को कता छन् माओवादी कलाकार ? अहिले माओवादी केन्द्रमा आफूसहित खुशीराम, बिद्रोही परियार, दीपा र एलिना थापामात्रै रहेको बुढाले बताए । एलिना समानुपातिक सभासद छिन् अरु साथीहरु आफनै ढंगले चलेका छन् । ‘युद्धताका हाम्रो टीमको लिडर खुशिराम त चितवनस्थित आफ्नै घरमा गएर बस्नु परेको छ भने अरुको हालत के होला ?’, उनले प्रश्न गरे, ‘सबैले बुझेकै छन्, हामी जनताको मुक्तिका लागि लड्यौं, अहिले हाम्रा लागि कसले लडिदिन्छ ?’ अन्य कलाकार कहाँ छन पत्तो छैन् । सल्यानका बेल बुढा ‘रक्तिम’, जाजरकोटका भाबुक सलामी मगर रोजगारीको सिलशिलामा मलेसिया भासिएका छन । पार्टीले ब्यवस्थापन नगरेपछि उनीहरुलाई विदेशिएको उनी गुनासो गर्छन् । कोपिला मगर रुकुमको सानीभेरी रेडियोमा काम गर्छिन् । रोल्पाका सागर बुढा सेनामा गएका थिए पछि गाउँ फर्किए । कुलमान यतै हल्लिएर हिडेका छन् । प्रज्वल खड्का दाङको बोर्डिङमा पढाउँछन् भने सूर्य बिक दाङको घरतिरै छन् । अन्य कता छन् पत्तो नभएको उनी बताउँछन् । जब पार्टी फुट्यो त्यसपछि कलाकार नै छिन्नभिन्न भए । पार्टीले साँस्कृतिक आन्दोलन जसरी १० बर्षे जनयुद्धमा सञ्चालन गरेको थियो तर शान्ति प्रक्रियामा आएपछि त्यसरी परिचालन गर्न सकेन । सेना समायोजनतिर गयो तर कलाकारलाई अलपत्र छाडियो । तेस्रो पुस्ताका जनवादी कलाकार छैनन् जनवादी कलाकारको इतिहास हेर्ने हो भने पहिलो पुस्ताका जीवन शर्मा, जेबी टुहुरे, रामेश रायन, खुशिराम, रामकृष्ण दुलाल थिए । झंकार आफूलाई दोस्रो पुस्ताका ठान्छन् । तर अब तेस्रो पुस्तामा जनवादी र प्रगतिशिल कलाकार नै नभएको उनको बुझाइ छ । ‘पार्टीले काम मात्र दिने होइन दाम पनि दिनुपर्छ । काम चाँही पार्टीको अनि दाम चाँही आफैले कमाउनु पर्यो भने कलाकार टिक्न गाह्रो छ,’–उनले भने । युद्धमा संगीत भर्ने हात अहिले ज्यावेल चल्छ माओवादी विभाजनपछि झंकार वैद्यतिर लागे । वैद्यबाट विप्लव छुट्टिएर माइला लामा लगायतका कलकार गए पनि झंकार बैद्यतिरै बसे । उनलाई घर ब्यवहार चलाउन गाह्रो थियो, त्यहिबेला उनी विरामी परे । जतिबेला सोनामका कारण अनि कृष्णबहादुर महराबाट आर्थिक सहयोग पाए । अहिले उनी ज्यामी काम गरेर आर्थिक जोहो गरिरहेका छन् । दिउँसो घर बनाउने काममा जाने उनी साँझ दोहोरी साँझमा काम गर्छन् । झन्कारको पाँच जनाको परिवार छ । श्रीमती अमृता बुढा गाउँ रोल्पामै बस्छिन् । २३ बर्षकी जेठी छोरी बिना १२ कक्षामा पढ्दैछिन् । दुई छोरा मध्ये जेठो १५ वर्षका तुलबहादुर कक्षा ७ र कान्छो छोरा ११ वर्षीय माहिर ३ कक्षामा पढ्दैछन् ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies