Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

संविधान संशोधनका लागि यस्तो छ दुई तिहाई अंकगणित

\"sambidhan-samsodhan-750\" काठमाडौं, १२ मंसिर । संविधान संशोधनका लागि दुई तिहाई मत पु¥याउन सरकारलाई सहज भएपनि केहि जटिलता रहेको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी सहित केहि साना दललाई हात लिए दुई तिहाई पुर्याउन कुनै समस्या छैन् । राप्रपा सरकारमा आउने निश्चित प्राय छ । भर्खर एको एकिकरणसंगै राप्रपाको ३७ सिट रहेको छ । संसदको हाल कायम संख्या ५ सय ९५ छ । ५ सय ९५ मध्ये सरकार पक्ष नेपाली कांग्रेस–२०७, नेकपा माओवादी केन्द्र–८२, राप्रपा–३७, संघीय समाजवादी फोरम नेपाल–१५, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक–१४, तमलोपा–११, सद्भावना–५, तमसपा–३, रामसपा–३, मधेशी जनाधिकार फोरम गणतान्त्रिक–१, संघीय सद्भावना–१, थरुहट तराई पार्टी–२, नेपा पार्टी–१, नेकपा संयुक्त–३, अखण्ड नेपाल–१, खम्बुवान नेपाल–१, जनजागरण पार्टी–१, समाजवादी जनता दल–१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–१, दलित जनजाति पार्टी(लोकतान्त्रिक)–१ र एक स्वतन्त्र–१ गरी ३ सय ९२ मत प्रचण्ड नेतृत्व सरकारसंग रहेको छ । त्यस्तै  प्रतिपक्षमा रहेका नेकपा एमाले–१८२, नेकपा माले–५, नेमकिपा–४, राष्ट्रिय जनमोर्चा–३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक–२, नेपाल परिवार दल–२ र मधेश समाता पार्टी नेपाल–१गरी १ सय ९९ मत प्रतिपक्षासंग रहेको छ । यसरी हेर्दा दुई तिहाई पुर्याउनका लागि जम्मा ६ मत मात्र अपुग छ । संविधान संशोधनका लागि निकै कसरत गरिरहेको सरकारले ६ मतको लागि थोरै मेहनत गरे पनि दुइ तिहाइको मत पुग्नेछ । तर सबैको सहमतिबाटै संविधान संशोधन प्रस्ताव अघि बढाउने मनस्थितिमा सरकार रहेको स्रोतको दावी छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको सहमति बिनै पनि संविधान संशोधन गर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब छ । मधेसी मोर्चासंग भएको तीन बुँदे सहमति पालना गर्नकै लागि भएपनि संशोधन प्रस्ताव अघि बढाउनुपर्ने अर्कोतिर दबाब छ । यदि सरकारले मधेसी मोर्चासंग भएको सहमति कार्यन्यन नगर्ने हो प्रचण्ड नेतृत्वको सरकारलाई ठूलै धक्का लाग्ने निश्चित छ ।  

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies