Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

यी नेता जसले जीवन जोखिममा हाले तर राज्यबाट उपचार खर्च लिएनन्

\"neta_upachar\"काठमाण्डौं, ३ मंसिर । यतिबेला नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालालाई उपचार गर्न ५० लाख रुपैयाँ सरकारले दिने निर्णय गरेसंगै सर्वत्र बिरोधका स्वरहरु गुन्जन थालेको छ । झण्डै अर्ब सम्पत्तिकी मालिक कोइराला आफै उपचार गर्न सक्षम हुँदाहुँदै पनि जनताले तिरेको करबाट ५० लाख रुपैयाँ लिन सरकारलाई दवावै दिन तयार भइन् । कांग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगन थापाले राज्यबाट बिशिष्ठ ब्यक्तिलाई उपचार खर्च १५ लाख रुपैयाँ मात्र दिने कार्यविधि बनाएका थिए । उक्त कार्यविधी लागु हुन नपाउँदै मन्त्री थापाले कोइरालालाई ५० लाख दिने निर्णयमा असहमती राखेपनि रोक्न लागिपरेको देखिएन । हुनत राज्यबाट आफनो उपचारको नाममा लाखौं रुपैयाँ लिने कोइराला मात्रै होईनन् पूर्व राष्ट्रपति रामवरण यादवदेखि पूर्व प्रधानमन्त्री केपी ओलीसम्म छन् । यी नेताहरु जो उपचार गर्न आफै सक्षम र सबल हुँदाहुँदै जनताले बुझाएका करबाट उपचार गरेर स्वस्थ बनेका छन् । हाम्रो देशमा राज्यकोषबाट अनावश्यक रुपमा खर्च लिने मात्रै नेता छैनन् । नलिने र आफ्नो जीवनलाई जोखिममा हाल्ने नेताहरु पनि छन् । अझ आफ्ना दुबै मृगौला फेल हुँदा समेत विदेश उपचारमा नजाने र आफ्नै देशको अस्पताल र डाक्टरहरुलाई विश्वास गर्ने नेताहरुपनि यहि छन् । ती नेताहरु, जो मृत्युसंग लड्न तयार भए अनि मृत्युसंगै पैठेजोरी खेले तर राज्यबाट उपचारको नाममा कुनै सुविधा लिएनन् । नकारात्मक मात्रै चर्चा हुने हाम्रो परिपाटीमा ऋण काटेर उपचार गर्ने ती नेताहरुबारे आज चर्चा गरौं ।

८० प्रतिशत मृगौला फेल हुँदा उपचारकालागी विदेश जान समेत मानेनन्

  [caption id=\"attachment_102522\" align=\"alignleft\" width=\"540\"]\"उपराष्ट्रपति उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’[/caption] उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को २०६९ जेठमा दुबै मृगौलामा खराबी देखियो । त्यतिबेला उनी एनेकपा माओवादी (हालको माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य थिए । तत्कालिन एनेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष (हाल नयाँ शक्ति नेपालका संयोजक) डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री थिए । दुबै मृगौला करिब ८० प्रतिशत ड्यामेज भएका पासाङले एक बिज्ञप्ति जारी गरी उनले अफ्नाे उपचार स्वदेशमै गर्ने र राज्यबाट उपचार खर्च नलिने बताए । २०६९ जेठ ११ देखि स्वास्थ्यमा थप समस्या देखिएपछि जेठ १६ गते राती चावहिलस्थित ओम अस्पतालमा आकस्मिक स्वास्थ्य परिक्षण गराउन जाँदा पहिले सामान्य झैं देखिए उनी । तर पनि जेठ १७ गते बिहान डा. भुवन कोईरालासँग पुनः परिक्षण गराउँदा दुवै मृगौलामा समस्या देखिएको जानकारी दिए । त्यसपछि उनलाई तत्काल थप उपचारका लागि नेपाल मेडिकल कलेज, शिक्षण अस्पताल जोरपाटीमा रिफर गरियो । त्यहाँ मृगौला विशेषज्ञ डा. प्रमोदकुमार क्षेत्रीले परिक्षण गर्दा दुवै मृगौलामा गम्भीर समस्या भएको रिपोर्ट आएको थियो । पार्टीका नेताहरुले विदेश गएर उपचार गर्न दबाब दिएपनि त्यसलाई अटेर गर्दै पासाङले नेपालमै उपचार गराए । उनको उपचार सफल पनि भयो र उनी पूर्ण रुपमा निको भए । खासगरी उतिबेला के चर्चामा थियो भने उनले भारतमा उपचार गर्न सिधै अस्विकार गरिदिएका थिए । ‘नेपालकै डाक्टरहरुले उपचार गर्दा बाँचे बाच्छु नत्र नेपालमै मर्छु’ भन्ने उनको अडान थियो । उनी नेपालका त्यस्ता उच्चतहका नेता हुन् जसले आफनै पार्टीका नेता भट्टराई प्र्रधानमन्त्री हुँदासमेत राज्यबाट खर्च लिन तयार भएनन् । उनका आफन्तहरु भन्छन्–हामीले केही ऋण सापटी दिएका छौ, आजसम्म फिर्ता भने भएको छैन । जनताले तिरेको करको दुरुपयोग गर्न हुँदैन भन्ने मान्यता रहेको उनी पूर्वजनमुक्तिसेनाका कमाण्डर समेत हुन् । जनमुक्ति सेना समायोजनमा समेत उनले सकारात्मक भुमिका खेलेकोमा उनीमाथि सबै राजनीतिक दलका नेताहरुले सम्मान भाव राख्छन् ।

यी नेता जसले बरु ऋण गरे तर राज्यलाई मागेनन्

  [caption id=\"attachment_102523\" align=\"alignleft\" width=\"750\"]\"बर्षमान बर्षमान पुन अनन्त[/caption] पूर्वअर्थमन्त्री तथा हाल माओवादी केन्द्रका नेता बर्षमान पुन अनन्त जण्डिस पीडित हुन् । वंशानुगत जण्डिसले ग्रसित भएपछि अनन्त २०७२ मंसिरदेखि थलिए । शुरुमा ग्राण्डी, नर्भिक जस्ता अस्पतालमा उपचार गरेका उनको स्वास्थ्यमा सुधार नआएपछि बिदेश गएर उपचार गर्न डाक्टरहरुले सुझाए । डाक्टरको सुझाव अनुसार अनन्त बैंककस्थित समितिवेज अस्पतालमा उपचार गर्न थाइल्याण्ड गए । नेता अनन्तकी जिवन संगिनी ओनसरी घर्ती संसदकी सभामुख समेत हुन् । एक त उनी पूर्वअर्थमन्त्री थिए भने अर्को त बहालवाला सभामुखकी श्रीमानको उपचारको लागि खर्च थिएन् भन्दा अपत्यारिलो लाग्ला । तर यो कुरा सत्य हो । उपचारको लागि खर्च नभएर उनको परिवारले गाउँ (रोल्पा) गएर ऋण गरे । अनि जीवनसंगिनी ओनसरीले पेश्की झिकिन् र उपचार खर्च जुटाएका थिए । पूरै उपचार खर्च अनन्तको परिवारले धान्न नसक्ने भएपछि तत्कालिन एनेकपा माओवादी (हाल माओवादी केन्द्र)ले पनि उपचार खर्चमा केहि सहयोग गरेको थियो । थाइल्याण्डमा उपचार सकेर निको भएपछि अनन्त २०७२ माघ २६ गते नेपाल फर्किएका हुन् । उनले पनि राज्यकोषबाट उपचार खर्च लिन चाहेनन् । हाल उनी स्वस्थ्य छन् तर बेलाबेलामा फलाेअपका लागि थाइल्याण्ड जानुपर्छ ।

मृत्युसंग लडे राज्यबाट लिएनन्

  [caption id=\"attachment_102525\" align=\"alignleft\" width=\"366\"]\"उर्जामन्त्री उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’[/caption] २०६८ चैतको अन्तिम सातातिर हालका उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ जापानिज इन्सेफ्लाइटिस रोगले ग्रसित भए । त्यतिबेला उनी तत्कालिन एनेकपा माओवादी (हाल माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य थिए । शर्माको परिवारले नेपालको विभिन्न अस्पतालमा डुलाए, तै पनि रोग निको हुने कुनै छाँट देखिएन । धेरै ज्वरो आउने, टाउको दुख्ने भएकाले उनलाई मस्तिष्क ज्वरो आएको हो । नेपालमा उनको उपचार सम्भव नभएपछि आफनै तथा पार्टी खर्चमा भारतको मेदान्त अस्पतालमा उपचारको लगियो । बरु मेदान्त अस्पतालमा उपचार गर्न जाँदा उनका आफन्तहरुलाई केहि रकम उनले मागे तरपनि राज्यसँग उपचारको नाममा एक रुपैयाँ पनि लिएनन् । पार्टी र आफन्तहरुको सहयोगबाट उपचार गरेर उनी करिब एक महिनापछि निको भएर नेपाल फर्किएका थिए । अहिले प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री बनेको प्रभाकर तिहारयता काठमाडौंमा लोडसेडिङ मुक्त गरेर जनताको वाही वाही बटुलिरहेका मात्रै छैनन् अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्तावमा हस्ताक्षर तथा नेतृत्व गरेर समेत चर्चामा छन् ।

जसले उपचार गरेर बँचेको २ लाख फिर्ता गरिन्

  [caption id=\"attachment_102526\" align=\"alignleft\" width=\"749\"]\" शान्ता चौधरी[/caption] नेकपा एमालेकी पूर्व सभासद हुन् शान्ता चौधरी । उनी पहिलो संविधानसभामा एमालेको कोटाबाट समानुपातिक सभाषद बनेकी थिइन् । ८ बर्षको कलिलो उमेरदेखि २५ बर्षको उमेरसम्म जमिन्दारको घरमा कमलरी बसेकी चौधरी २०७० सालमा थला परिन् । उनी ब्रेष्ट र पाठेघरमा क्यान्सरको समस्याले ग्रसित भइन् । नेपालको विभिन्न अस्पातालमा उपचार गराउँदा उपचार सम्भव नभएपछि उनले भारतको राजिव गान्धि अस्पतालमा गएर उपचार गराएकी हुन् । भारतमा गएर उपचार खर्च गर्नसक्ने चौधरीको हैसियत न थियो न नातागोता र आफन्त नै ऋण दिन सक्ने थिए । चौधरीले राज्यबाट लिएको ५ लाख रुपैयाँमा उपचार गरेर बाँकि रहेको २ लाख २ हजार रुपैयाँ राज्यलाई नै फिर्ता गरिन् । जनताले पसिना काढेर कमाएर तिरेको करको दुरुपयोग नगर्ने भन्दै उनले बाँकि पैसा फिर्ता गरेको बताएकी छिन् । राज्यको पैसा आफनो उपचार गर्न नलिने भन्दै बसेकी उनले पार्टीका केहि नेताहरुको दबाबमा उपचार खर्च लिएकी थिइन् ।

यो पनि पढ्नुहोस् 

https://www.khabardabali.com/2016/11/101770/

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies