Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

जब प्रचण्डले चित्त दुखाए...

\"prachanda-750\"काठमाण्डौं, २४ कात्तिक । हँसिलो अनुहार लिएर कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जब बोल्न थाले अनि केहि बेर अड्किए । केहि समययता अनलाईन मिडिया र सामाजिक सञ्जालमा प्रचण्डप्रति भइरहेको आक्रमणलाई उनले खुलेरै बिरोध गरे । अहिले फेसबुक र ट्वीटरमा गोली चलिरहेको छ, हामी पेस्तोल मात्रै चलाउँछौं प्रतिक्रियाबादीहरु मेसिनगन नैं चलाइरहेका छन् प्रचण्डले घुमाउरो शैलीमा भने । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री ‘प्रचण्ड’ले भने ‘अहिले प्रतिपक्ष दलहरुले भन्दा पनि केहि मिडिया र सामाजिक सञ्जालमा आफुलाई सिद्ध्याउने लागेको बताए । ‘२०५२ सालमा जनयुद्ध शुरु गर्दा पनि मिडियाले माओवादीप्रति सधै नकारात्मक लेख्ने ग¥र्थे’ प्रचण्डले पूराना दिन ती दिनहरु सम्झँदै भने ‘उतिबेलादेखिको धङधङी अहिले पनि ती सामन्तवादी सोच भएकाहरुसंग बाँकी नै छ ।’ तर उनले विगत र वर्तमानलाई दाँज्दै भने उतिबेला हाम्रो टाउकोको मूल्य तोकिन्थ्यो धन्न अहिले सामाजिक सञ्जालमा गाली मात्र गर्छन्’ प्रचण्डले ठट्यौली पारामा भने । नेकपा एमालेलाई संकेत गर्दै उनले थपे ‘२५ औं वर्ष विदेशीहरुको चाकडी गरेर रातारात फेसबुकमा राष्ट्रवादी घोषणा गरेको देख्दा अचम्मित परेको उनी बताउँछन् । सामाजिक सञ्जालमा माओवादीमाथि भएको हमला रोक्न पनि एकजुट हुनुपर्ने प्रचण्डको धारणा छ । संविधान संशोधन अन्तिम तयारी अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै प्रचण्डले संविधान संशोधन अन्तिम तयारीमा पुगेको बताए । \"prachanda1-750\"‘हामी सकभर राष्ट्रिय सहमति खोज्न लागिरहेका छौं’ प्रचण्डले भने यदि राष्ट्रिय सहमति नभएमा दुई तिहाइ बहुमतले भएपनि चाँडै नै संविधान संशोधन हुन्छ ।’ उनले थपे सत्तामा रहेको नेपाली कांग्रेससंग एक तिहाइ भन्दा बढी मत छ त्यस कारण पनि संशोधन चाँडै हुन्छ । त्यस्तै प्रचण्डले स्थानीय चुनावलाई मध्यनजर गर्दै गाउँ–गाउँमा कार्यक्रम लिएर जान विद्यार्थीलाई निर्देशन दिएका छन् । नजिकिदै गरेको क्रान्तिकारी विद्यार्थीको अधिवेशनको प्रचार गर्दा स्थानीय चुनावमा पार्टीलाई फाईदा हुने गरी कार्यक्रम लिएर जान निर्देशन दिएका हुन् । ‘विद्यार्थीहरुको चुनावी अभियानलाई स्थानीय चुनावमा पार्टीलाई पनि फाइदा होस’ प्रचण्डले भने ‘जग बलियो भयो भने मात्र घर बलियो हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ ।’ त्यस्तै बैशाख १२ गतेको भूकम्पले ध्वस्त बनाएको जनताको संरचनाको पूननिर्माणमा अबको केहि दिनमा नयाँ कार्यक्रम लिएर आउने उनले बताए । मानिस बुढो नहुने भन्दै उनले अझैं एउटा क्रान्ति गर्ने इच्छा रहेको बताए ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy