


मार्च महिनापछि अष्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे


-
-
मंसिर १५ गते, २०७७ - १५:५१

सिड्नी । कोरोना भाइरसको प्रकोप शुरु भएपछि मार्च महिनापछि अष्ट्रेलियामा विदेशी नागरिकलाई प्रवेश गर्न निषेध गरिएकोमा सोमबार यहाँ एकजना विदेशी विद्यार्थी आएका छन् ।
कोरोना भाइरसका कारण विदेशी नागरिकलाई प्रवेश निषेध गरिएपछि अष्ट्रेलियामा अध्ययनका लागि विदेशी विद्यार्थी जाने गरेकोमा सो क्रम पनि रोकिएको थियो ।
अष्ट्रेलियाको राजधानी सिड्नीबाट प्राप्त भएको समाचारमा सोमबार यहाँ मार्च महिनापछि पहिलो पटक एकजना विदेशी विद्यार्थी पुगेका बताइएको छ ।
अष्ट्रेलियामा यसरी विदेशी विद्यार्थीहरु अध्ययनका लागि पनि जान नपाएपछि यहाँको अरबौँ डलर बराबरको ठूलो धनराशी आय पनि रोकिएको बताइएको छ ।
अष्ट्रेलियाको उत्तरी शहर डार्विनमा त्यहाँको विश्वविद्यालयले आफ्ना विदेशी विद्यार्थीलाई जहाज चार्टर गरेर लगेको थियो । यस कार्यक्रमलाई सो विश्वविद्यालयले परीक्षणको रुपमा अथवा आफ्ना विदेशी विद्यार्थीलाई ल्याउने शुरुको आयोजनाको रुपमा कार्यक्रमको शुरुआत गरेको बताइएको छ ।
सो विश्वविद्यालयले गरेको चार्टर जहाजमा आफ्ना ६३ जना विद्यार्थी ल्याएको बताइएको छ । चीन, जापान, भियतनाम, इन्डोनेसिया र हङकङबाट ती विद्यार्थी लगिएको थियो ।
ती देशका विद्यार्थीहरु सो चार्टर विमान चढ्नका लागि सिंगापुर पुगेका थिए । सिंगापुरबाट सो विश्वविद्यालयले जहाज चार्टर गरेको थियो । ती विद्यार्थीलाई अब अष्ट्रेलियामा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ ।
अष्ट्रेलियाले विदेशी उडानहरुलाई अहिले पनि अनुमति दिएको छैन । त्यसैले सो विश्वविद्यालयले विमान चार्टर गरेर आफ्ना विद्यार्थी लगेको बताएको छ ।
यहाँका विश्वविद्यालयहरुले देशमा उडान प्रतिबन्ध लगाइएकोले विदेशी विद्यार्थी आउन नपाएको भन्दै यसले समस्या बनाएको बताएका छन् । अष्ट्रेलियामा कोरोनाको प्रकोपका डरले गर्दा उडानहरु पनि रोकिएको छ ।एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि
सियोल । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२०...स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा...देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द हुँदा अर्बौं रकम गुम्यो
काठमाडौं । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर...आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...सरकारले ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने, यस्ता छन् अन्य मन्त्रिपरिषदकाे निर्णयहरु
काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं...इन्फ्रास्ट्रक्चरको आइपिओ शुक्रबार बाँडफाँड हुने, ७५ हजार आवेदन रद्द, कति पर्ला तपाईंलाई ?
काठमाडौं । इन्फ्रास्ट्रक्टर बैंकको आइपिओ आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ। बिक्री प्रवन्धक...माइतीघरमा नेकपा प्रचण्ड-माधव पक्षको धर्ना
काठमाडौँ । नेकपा पुष्पकमल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा...भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
काठमाडौं । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर...

प्रतिकृया लेख्नुहोस्:
- भ्रमपूर्ण समाचारको खण्डन गर्दै कांग्रेसले भन्यो – संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो
- प्रदेश नं २ मा पनि खोप अभियान सुरु, ढुक्क भएर खोप लगाउन आग्रह
- जुम्लामा आगलागीबाट ३२ घर जलेर पूर्णरुपमा नष्ट, करीब ३ करोड भन्दा बढीको क्षति
- रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
- प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ: तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क