Khabar Dabali Logo
  December 3, Thu

यूरोपका ८० प्रतिशत ‘प्राकृतिक बासस्थान’ अतिक्रमित : अध्ययन

कोपेनहेगन । युरोपेली संघअन्तर्गतका मुलुकहरूमा रहेका रहेका ८० प्रतिशतभन्दा बढी प्राकृतिक वासस्थानहरू खराब अवस्थामा रहेकोले उनीहरूको सुरक्षाका लागि भइरहेका काममा थप पहल गरिनुपर्ने युरोपेली वातावरण संरक्षण निकाय (ईईए) ले हालै सार्वजनिक एक अध्ययन प्रतिवेदनमा बताएको छ ।

सन् २०१३–२०१८ सम्मको अवधिको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ईईएले भनेको छ सन् २००७-२०१२ सम्ममा ७७ प्रतिशत प्राकृतिक वासस्थान प्रतिकुल अवस्थामा रहेका थिए ।
“हामीले युरोपमा ठूलो मात्रामा पुनःस्थापना गर्नु आवश्यक छ,” उक्त रिपोर्टका लेखक ईईए विज्ञ कार्लोस रोमाओले पत्रकारसँग भने ।

“यो जैविक विविधताको लागि मात्र नभई जलवायु परिवर्तन बिषयका लागि पनि आवश्यक छ,” उनले भने । साधारण खेत र ओसिलो जमिनमा बसोबास गर्ने खासगरी स्काइरलार्कजस्ता दुर्लभ पंक्षीजन्य प्रजातिहरू प्रतिकुल वासस्थानका कारण यस यूरोप महाद्वीपमा घटिरहेको प्रतिवेदनमा उल्लेख छ ।

यूरोपमा वासस्थान वा त्यहाँ बस्ने प्रजातिहरूले सघन कृषि, शहरी विकास, पर्यटन र मनोरञ्जन केन्द्र र ससंरक्षित वन गतिविधि र प्रदुषणजस्ता कैयौँ दवावहरूको सामना गरिरहेका अध्ययनले देखाएको छ ।

यसका साथै मौसम परिवर्तन, बढ्दो खडेरी र घट्दो वर्षासँगै थप चुनौतीहरू खडा भएका छन् ।

छ वर्षको अध्ययनमा ईएएले बेलायतलगायत ईयू सदस्य राष्ट्रहरूमा वातावरणलाई हानी पु¥याउने ६७ हजार प्रकारका मानवीय गतिविधिहरूलाई विवरणमा समावेश गरेको छ, जुन अघिल्लो पाँच वर्ष ९सन् २००७–२०१२० को तुलनामा पाँच प्रतिशतले कमी हो । ईयुमा चरा प्रजातिहरूको आधाभन्दा कम अर्थात् ४७ प्रतिशतले ‘राम्रो’ संरक्षण पाएका छन् ।

प्राकृतिक बासस्थान विनास बाली तथा फलफुलमा परागसेचनका महत्वपूर्ण हुने हुनाले जैविक विविधताका लागि महत्वपूर्ण मानिन्छ । उनीहरूको संरक्षण स्थिति अन्य भन्दा धेरै प्रतिकुल भएको रिपोर्टले देखाएको छ ।

सबै अवस्थामा गम्भीर भने छैन

पंक्षीजन्यभन्दा पशु प्रजातिहरूको सङ्ख्यात्मक संरक्षण स्थिति ‘राम्रो’ देखिएको छ । अघिल्लो पाँच वर्षको तुलनामा हालै सार्वजनिक रिपोर्टमा चार प्रतिशतले सुधार अर्थात् २७ प्रतिशत रहेको छ ।

संरक्षण प्रयासहरू भइरहेका छन् । ईयूको नाटुरा २००० सञ्जालले समेटेको प्राकृतिक वासस्थान संरक्षण अन्य कार्यक्रमको तुलनामा राम्रो देखिएको ईएएले जनाएको छ । परिणामतः स्वीडेनमा चपल भ्यागुता, फ्रान्सको तटीय लगगन र ईयूभरि दाह्री गिद्धजस्ता धेरै प्रजाति र तीनका आवास सुधारिएका छन् ।

डेनमार्क वातावरणीय समूह नूह, ‘फ्रेन्ड्स अफ द अर्थ’ छाता संगठनका सदस्यले भने कि यो पर्याप्त थिएन ।

“कम्तिमा घण्० प्रतिशत भूमि र ईयुमा घण्टा प्रतिशत समुद्री क्षेत्र कानूनको हिसाबले सुरक्षित हुनुपर्दछ र वातावरणीय कोरिडोरहरूलाई वास्तविक ट्रान्स९युरोपियन प्रकृति नेटवर्कको हिस्सा बनाउनुपर्दछ,“ यो अक्टोबरको शुरुमा गरिएको एक अध्ययनमा भनिएको छ ।

इयूको नाटुरा २०००मा समेटिएको ईयूको १८ प्रतिशत भूमिमा सन् २०१२ को तुलनामा सन् २०१९ मा अपरिवर्तित देखिएको छ भने १० प्रतिशत तटीय क्षेत्रमा चार प्रतिशतको सुधार देखिएको छ ।

डेनिसको वातावरण समूह, नोएह,जुन ‘फ्रेन्ड्स अफ द अर्थ’ को छाता संगठनको सदस्यले भने संरक्षण सुधार प्रर्याप्त नरहेको बताएको छ ।

समूहले अक्टोबरको सुरुमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले भनेको छ, “कम्तीमा ३० प्रतिशत भूमि तथा ३० प्रतिशत तटीय क्षेत्रलाई कानूनी, वातावरणीयरूपमा नै संरक्षित गर्न जरुरी छ । यसलाई ट्रान्स–यूरोपियन नेचर नेटवर्क बनाएर संरक्षण गर्नु जरुरी छ ।” एएफपी

कात्तिक ६ गते, २०७७ - १५:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिहिबार थप १३ सय ४३ मा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ । बिहिबार नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

बौद्धमा झ्यालढोका बन्द गरि हिटर बालेर सुतेको आमा छोरी मृत फेला

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी...   

दोहोरो अङ्कले घट्यो नेप्से, आठ अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।...   

गोरखाकाे जौबारीमा छोराको कुटपिटबाट बाबुको मृत्यु

गोरखा । सिरानचोक गाउँपालिका–८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ ।...   

कोभिड प्रयोगशालाकर्मीलाई तालीम

चितवन । वाग्मती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकका लागि दुई दिने तालीम...   

मन्त्रिपरिषद् बैठक अगाडि राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास गएका छन्...   
वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

तनहुँ । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल...   

अब भौतिक उपस्थितिमा पढाइ, रोकिएका सबै परीक्षा २८ गतेदेखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक...   

रोक्न सकिएला त क्रसरको दोहन ? उत्खननको विरोध गर्नेलाई धम्की

सर्लाही । सर्लाहीमा अधिकांश क्रसर उद्योग मापदण्डविपरित सञ्चालित छन् । घरेलु कार्यालय सर्लाहीका...   
कोरोनाले खस्कियो शिकार : एक झारल र एक नाउर मात्र शिकार

कोरोनाले खस्कियो शिकार : एक झारल र एक नाउर मात्र शिकार

बागलुङ । कोरोना कहरले बागलुङको शिकार पर्यटन खस्किएको छ । कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top