वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमण गर्ने भएका छन् । अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराइएको हो ।
संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भनेका छन्– विदेशमन्त्री पोम्पेओले यही अगष्टको २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमण गर्ने भएका छन् ।
भ्रमणका क्रममा उहाँले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गर्नुहुने भएको छ । सो विज्ञप्तिमा जनाइएअनुसार विदेशमन्त्री पोम्पेओले इजराय अमेरिका सम्बन्धका साथै अरु विविध क्षेत्रीय विषयमा पनि कुराकानी गर्नुहुने छ ।
सुडानमा पनि विदेशमन्त्री पोम्पेओले त्यहाँका प्रधानमन्त्री अब्देल्लाह हामदोक तथा सार्वभौम काउन्सिलका अध्यक्ष अब्देल फताह अल बुरानसँग भेटवार्ता गर्ने भएका छन् । त्यस अवसरमा विदेशमन्त्री पोम्पेओले इजरायल र सुडानबीचको सम्बन्धका विविध पक्षहरुका साथै अमेरिकी सहयोगको वर्तमान नागरिक सरकारको समर्थन र सहयोगका पक्षमा कुरााकानी गर्नु हुने बताइएको छ ।
विदेशमन्त्री पोम्पेओले यस भ्रमणका क्रममा ती देशको शान्ति, सुरक्षा तथा स्थायित्वका बारेमा अमेरिकी सरकारको आवश्यक सहयोग र सद्भावका बारेमा कुराकानी गर्ने भएको पनि सो विज्ञिप्तिमा जनाइएको छ ।
आगामी हप्ता इजरायल र संयुक्त अरब इमिरेट्सबीच हुन लागेको द्धिपक्षीय बैठकमा ती दुई देशबीचको व्यापार, पर्यटन, आर्थिक लगानी, दुई देशबीचको प्रत्यक्ष हवाई उडान, दुरसञ्चार तथा अन्य प्राविधिक विकासका क्षेत्रमा सहमतिमा हस्ताक्षर हुन लागेको बताइएको छ ।
यो विषयमा केही दिन अघि यी दुवै देशका तर्फबाट प्रकाशन भएको संयुक्त वक्तव्यमा जनाइएको सो समाचारमा उल्लेख गरिएको छ । एएनआई
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: