Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अफगानिस्तानका पाँच स्थानबाट अमेरिकाले आफ्ना सेना फिर्ता गर्याे !

वासिङ्टन । अमेरिकाले अफगानिस्तानबाट त्यहाँका करिब पाँच वटा सैनिक क्याम्पबाट सेना फिर्ता गरेको जनाएको छ । यही सन् २०२० को फेब्रुअरीमा अमेरिका र तालिबानबीच वार्ता गर्ने सहमति भएको थियो । सो सहमतिबमोजिम अमेरिकाले हजारौँं सैनिक फिर्ता गर्ने भनिएको थियो ।

तालिबानको उक्त प्रस्तावमा सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौता गरेको अमेरिकाले अफगानिस्तानका विभिन्न पाँच वटा सैनिक क्याम्पबाट सेना फिर्ता गरेको जनाएको हो ।
उक्त सम्झौतासँगै १८ वर्ष लामो द्वन्द्व अन्त्य हुने र अफगानिस्तान शान्तितर्फ उन्मुख हुने अपेक्षा गरिएको थियो ।

सो सम्झौतामा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने र तालिबानहरुका थुनुवाहरु पनि अफगानिस्तानको सरकारले रिहा गर्नुपर्ने भनिएको थियो । सम्झौताअनुसार तालिबानले आफ्नो प्रतिवद्धताहरु पालना गर्नुपर्ने र अमेरिका र नेटोका साझेदारहरुले १४ महिनाभित्र आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता गर्नुपर्ने बताइएको थियो ।

अमेरिकाले यहाँ रहेका सेनालाई आठ हजारको हाराहारीमा ल्याउनुपर्ने शर्त सो शान्ति सम्झौताका क्रममा राखिएको थियो । त्यसैबमोजिम अफगानिस्तानबाट सेना फिर्ता गराइएको अमेरिकी रक्षा मन्त्रालयले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

तालिबानले पनि आफ्नो नियन्त्रणमा रहेको भूभागमा अलकायदा र अरु अतिवादी समूहलाई सक्रिय हुन नदिने सो सम्झौतामा उल्लेख गरिएको थियो । अफगानिस्तानको सरकारसँग औपचारिक वार्ता गर्न अस्वीकार गर्दै आएको तालिबानका नेताहरुले गत फेब्रुअरीमा कतारमा अमेरिकासँग यस्तो सम्झौता गरेका थिए ।

अमेरिका र तालिबानबीच कतारमा गत फेब्रुअरी २९ मा सहमति भएको थियो । सो सहमतिको १३५ दिनपछि मंगलबार अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरेको जानकारी दिएको हो ।एएनआई

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies