Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कोरोनाभाइरसको महामारीकै बीच पर्यटकका लागि दुबई खुल्यो

दुबई । कोरोनाभाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको छ ।

पर्यटक आवागमनको अनिश्चितता र कोरोनाभाइरससँग अझै धेरै मुलुकहरु जुधिरहेको अवस्थामा यहाँका ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुला गरिएका छन् । पछिल्लो समय दुबईको मुख्य आम्दानीको स्रोत पर्यटन पनि हो ।

दुबई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न यहाँको सरकारले प्रयास थालिसकेको छ । नजिकिँदै गएको हिउँदे महिनामा पर्यटकलाई यहाँ आमन्त्रण गर्न दुबईले तयारी थालेको छ ।

तर यसका लागि कोरोनाभाइरसको नियन्त्रण गर्नु संयुक्त अरब इमिरेट्स (युएई) का लागि फलामको च्यूरा चपाए सरह हुनेछ । युएईमा पनि कोरोनाभाइरसबाट संक्रमितहरु रहेका छन् र उनीहरुको उपचार जारी छ ।

मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको दुबईमा थर्मोमिटरबाट प्रत्येक आगन्तुकको शरीरको तापक्रम नाप्ने व्यवस्था गरिएको छ ।

“मेरो विचारमा यस्ता कार्यले मानिसमा दुबई घुम्न आत्मविश्वास बढाउँछ,” दुबईस्थित रोभ होटल्सका कर्पोरेट निर्देशक पल ब्रिजरले भन्नुभयो । “तैपनि मानिसमा विश्वास जागृत गराउन केही समय लाग्नेछ ।”

पर्यटकीय गन्तव्यका लागि दुबई पछिल्ला वर्षमा निकै प्रख्यात छ । यहाँका शासक शेख मोहम्मद बिन रसिद अल मख्तुमले दुबईलाई विश्वस्तरको आकर्षक शहर बनाउन कुनै कसर बाँकी राख्नु भएको छैन ।

विश्वकै अग्लो भवन बुर्ज खलिफा र बुर्ज अल–अबर लक्जरी होटल जस्ता संरचना निर्माण गरिएको दुबईमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि रहेको छ ।

सन् २०१९ मा मात्र दुबईमा एक करोड ६७ लाख मानिसले भ्रमण गरेका थिए । अघिल्लो वर्ष यहाँ १ करोड ५९ लाख मानिसले भ्रमण गरेका थिए । यहाँ सबैभन्दा बढी पर्यटक भारत, साउदी अरेबिया, बेलायत, ओमान, चीन, रसिया र अमेरिकाबाट आएका थिए ।

दुबई घुम्न आउने पर्यटकहरुको औसत बसाई साढे तीन दिन रहेपनि पर्यटकका कारण यहाँका रेस्टुराँ, बार र रात्रिजीवन निकै खचाखच हुने गर्दथे । शारजाह सहित छिमेकी मुलुकहरु इरान, कुवेत र साउदी अरेबियामा मदिरा सेवनमा प्रतिबन्ध भए पनि दुबईको अर्थतन्त्रको मुख्य आकर्षणमा मदिराको खुला बिक्री वितरण पनि हो ।

तर दुबईमा जोखिम भने यथावत् छ । दुबईको राष्ट्रिय ध्वजाबाहक इमिरेट्सले कोरोनाभाइरसको जोखिम देखाउँदै हवाई उडान स्थगित गरेको छ ।

करिब ९० लाख जनसंख्या रहेको युएईमा ५० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तर यीमध्ये करिब ४० हजार निको भइसकेका छन् भने ३२१ जनाको मृत्यु भएको छ ।

दुबई घुम्न चाहनेहरुका लागि प्रत्येक पर्यटकले गन्तव्यबाट उड्नु ९६ घण्टाअघि कोविड–१९ को परीक्षण गरेको हुनु पर्नेछ । अन्यथा, परीक्षण नगरेको अवस्थामा आगमनमै उनीहरुको परीक्षण गरिने तथा स्वास्थ्य प्रतिवेदन प्राप्त नहुँदासम्म आइसोलेसनमा बस्नु पर्नेछ । स्वास्थ्य प्रतिवेदन प्राप्त गर्न केही घण्टामै सम्भव हुने अधिकारीहरुले बताएका छन् ।

साथै, दुबई भ्रमण गर्न चाहनेहरुले कोविड–१९ समेटिएको स्वास्थ्य बिमा अनिवार्य रुपमा गरेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ । एपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies