Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैनः मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताएकी छिन् । 

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंद्वारा आज यहाँ आयोजित ‘डिजिटल एक्स्पो’को शुभारम्भ गर्दै उनले गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशव्यापी बनाउन सरकार क्रियाशील रहेको जानकारी दिइन् । 

सरकारले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै मन्त्री शर्माले यी उद्योगमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरिन । उनले आसन्न लगानी सम्मेलनमा सूचना प्रविधिसम्बन्धी तीन वटा परियोजना ‘शो केस’मा राखिएको जानकारी दिइन् । 

सूचना प्रविधिको विकाससँगै पछिल्ला समय अनलाइन व्यापार वृद्धिहुँदै गएको दृष्टान्त दिँदै उनले सूचना प्रविधिको प्रयोगलाई विश्वव्यापी बनाइनुपर्ने बताएकी छिन् । “डिजिटल व्यापारलाई थप व्यवस्थित बनाउँदै लैजानु आजको आवश्यकता हो, यसतर्फ सरकारले सोचिरहेको छ”, मन्त्री शर्माले भनिन् । 

मन्त्री शर्माले निजी क्षेत्रले भोग्दै आएको समस्या समाधान गर्न सरकार तयार रहेको बताइन । मुलुकमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्रयाउन सरकारले प्रक्रियागत र कानूनी सुधार थालनी गरेको जानकारी दिँदै उनले निजी क्षेत्रपनि उत्साहित भएर अघि आउनुपर्ने बताइन् । 

“सरकारले नीतिगत सुधार थालनी गरेको छ, निजी क्षेत्र पनि अगाडि आउनुपर्छ, सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक छ”, मन्त्री शर्माले भनिन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले मुलुकको आर्थिक समृद्धिमा योगदान दिँदै आएका निजी क्षेत्रलाई सरकारले समन्वय र सहजीकरण गर्नुपर्नेमा जोड दिए । 

प्रविधिको विकाससँगै अनलाइन व्यापारको अभ्यास बढ्दै गएको अवस्थामा अन्तरदेशीय भुक्तानीलाई सहज बनाइनुपर्ने उनको भनाइ थियो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले लगानीमैत्री वातावरण बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए । 

उनले वर्तमान आर्थिक संरचनालाई परिवर्तन गरेर उच्च आर्थिक वृद्धिको योजना ल्याउन सरकारसँग अनुरोध गरे । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रले भोग्दै आएका समस्यालाई समाधान गर्न सरकारसँग आग्रह गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशसभामा सभामुखबाट भएको कार्यप्रति कांग्रेसद्वारा असहमति

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा गतिबिधिप्रति असहमति जनाएको छ ।  कांग्रेसले आज...

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी । ५० केजी गाँजासहित महोत्तरी प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेट ४३ एवी ५६६  नम्बरको सेतो रङ्गको कारको पछ...

कपिलवस्तुमा घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।   जग्गा नामसारी गर्न सहजीकर...

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो: श्रम मन्त्रालय

काठमाडौं । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले आज विज्...

डोटीमा आगलागीबाट एक घरमा सात लाखको क्षति

डोटी । डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ । आदर्श गाउँपालिका–३ भकुण्डाका तुलाराम भट्टको घरमा आगलागी भएको हो ।  २ तले ४ कोठे ढ...

राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न ...

बागमती प्रदेशसभाका विषयगत समितिहरु सभापति विहीन

बागमती । बागमती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्व विहीन छन् । समितिमा सभापति चयन हुन नसक्दा महत्व मानिएको ती समितिहरुको का...

करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले अबका दिनमा करका दर निर्धारण औचित्यपूर्ण हुने बताएका छन् ।  लोकान्तर डट कमको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयो...

युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश

एजेन्सी । रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पश्चिमी...

अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ

रुपन्देही । रुपन्देहीमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहनगरपालिका-९ को कालिकानगरमा घर भाडामा लि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies