Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

राष्ट्रपति ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोरोना महामारी बन्यो तगारो

\"\"

वासिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोभिड–१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीलाई व्यवस्थापन गर्ने क्रममा चुकेको अमेरिकी नागरिकहरूले सर्वेक्षणका क्रममा बताएका उल्लेख सर्वेक्षण रिपार्टमा उल्लेख छ । कोरोना भाइरसलाई समयमा नै नियन्त्रण गर्न नसक्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्र तथा नागरिकको दैनिकीमा पनि देखिन थालेकोले ट्रम्पको ख्याति कोरोना भाइरसको महामारीपूर्वभन्दा घटेको निष्कर्ष वासिङ्टन पोष्ट–एबीसी न्यूज सर्वेक्षण प्रतिवेदनको छ ।

समग्रमा अमेरिकीहरूले ट्रम्प र जो वाइडेनप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार चयन हुने विश्वास गरिएका वाइडेनको उम्मेदवारीलाई पनि समग्रमा पहिलेको तुलनामा कम समर्थन मिलेको बताइएको छ ।

अमेरिकामा व्यक्तिगत गुणहरूमा वाइडेनलाई राष्ट्रपति ट्रम्पको तुलनामा बढी सम्पन्न मानिन्छ । साथै राष्ट्रपति ट्रम्पका समर्थकहरू ट्रम्पको पक्षमा धेरै बढी उत्साही रहने गरेका छन् र ट्रम्पलाई नै मतदान गर्ने कडा प्रतिवद्धता व्यक्त गर्दछन् । जबकि डेमोक्र्याटिक नेता वाइडेनको पक्षमा उहाँकै दलका समर्थकबीच पनि पार्टीभित्र ट्रम्पजस्तो लोकप्रिय देखिनुहुन्न ।

यसका लागि भर्खरै सम्पन्न निर्वाचनहरूमा बाइडेनले पार्टीभित्रका आफ्ना प्रतिस्पर्धी नेताहरूको आलोचना गर्दै निर्वाचनलाई आफ्नो पकडमा ल्याउने काम गरेकाले पनि डेमोक्र्याटिक नेता तथा कार्यकर्ता रिपब्लिक नेता तथा कार्यकर्ताजस्तो पार्टीभित्र लोकप्रिय बन्न नसकेको ठहर पोष्ट–एबीसी सर्वेक्षणले देखाएको छ ।

गत मे २५ देखि २८ तारिकबीचमा फोनमार्फत आकस्मिक ९¥यान्डम० आधारमा राष्ट्रियस्तरमा सूचिकृत एक हजार एक वयस्क अमेरिकी मतदातासँग गरिएको सर्वेक्षणमा बाइडेनले ट्रम्पमाथि ५३ प्रतिशतका विरूद्ध ४३ प्रतिशतले अग्रता लिएका बताइएको छ ।

दश प्रतिशत अङ्कको फरकले दुई महिना पहिले यिनै दुई प्रतिस्पधीबीचको सर्वेक्षण रिपोर्टमा निकै तलमाथि पारेको देखिन्छ । दुई महिना पहिले लिइएको सर्वेक्षणमा नेताबीचको प्रतिस्पर्धामा बाइडेनले ४९ प्रतिशत मत पाउनुभएको थियो भने ट्रम्पलाई ४७ प्रतिशत मत आएको थियो ।

पछिल्लो सर्वेक्षणले सबै बालिगबीच बाइडेन १३ प्रतिशत अङ्कले अगाडी देखिनुभएको छ अर्थात् ट्रम्पलाई ४० प्रतिशत मत आउँदा बाइडेनलाई ५३ प्रतिशत मत प्राप्त भएको छ ।

छोटो समयमा आएको ठूलो गिरावटलाई लामो समयसम्म पनि कोरोनाभाइरस सङ्क्रमणको महामारीलाई नियन्त्रणमा लिन नसक्दा अमेरिकी अर्थतन्त्रमा चट्टानी प्रभाव परेको र फरक प्रसङ्गमा नै भएपनि राष्ट्रका विभिन्न शहरहरूमा हिंसात्मक गतिविधिले स्थान पाउँदा सर्वेक्षणमा यो अवस्था देखिएको अनुमानहरू विश्लेषकहरूले गरेका छन् । तर यसलाई नोभेम्बरमा हुने निर्वाचनको राजनीतिक नतिजा वा यसको असरको बारेमा पूर्वानुमानित गर्नुभने हतार हुनेछ किनकि अझै धेरै समय छ जसमा सन् २०१६ मा जस्तै लोकप्रिय मतको सम्भावित असमानता प्रकट हुन सक्छन् । दुई प्रतिस्पर्धीबीच नतिजालाई आफ्नो पकडमा पार्ने खेलहरू हुन सक्छन् ।

दुई महिना पहिलको मूल्याङ्कनमा ट्रम्पलाई उच्च अनुमोदन मिलेको थियो तर पहिलो पटक उहाँलाई स्वीकार गर्ने वा अस्वीकार गर्नेबीच साँघुरो तर सकारात्मक नतिजा मिलेको छ । पछिल्लो सर्वेक्षणमा ट्रम्पको समर्थनमा ४८ प्रतिशत र विरोधमा ४६ प्रतिशत अङ्क मिलेको छ ।यो पटक समर्थनमा ह्रास आउनु कोरोना भाइरस नियन्त्रणका लागि ट्रम्प सरकारले लिएको व्यवस्थापकीय भूमिका जिम्मेवार मानिएको छ ।

दुई महिना पहिले सरकारले सङ्क्रमण नियन्त्रण प्रयासका सुरूवाती कामहरू गरिरहेको थियो र यसका कारण राष्ट्रपति सकारात्मक क्षेत्रमा रहनुभएको थियो । त्यतिवेलाको सर्वेक्षणमा ट्रम्पको समर्थनमा ५१ प्रतिशत र विरोधमा ४५ प्रतिशत अङ्क मिलेको छ । आजका दिनसम्म आइपुग्दा नतिजा उल्टिएको छ अर्थात् अनुमोदनको पक्षमा ४६ र विपक्षमा ५३ प्रतिशत अङ्क देखिएको सर्वेक्षण रिपोर्टले देखाएको छ ।

विगतका राष्ट्रपतिहरूले राष्ट्रिय सङ्कटकालमा अनुभव गरेजस्तै केही प्रजातान्त्रिक झुकाव समूह, केही अस्थिर मतदाता र महिलाहरूमाझ सुधारको स्थितिले मार्चमा ट्रम्पलाई उच्च समर्थन मिलेको थियोे ।

त्यो समर्थन अब कम भएको छ । महामारीको व्यवस्थापन र समग्र मूल्याङ्कनमा कमी आएको छ । उदाहरणका लागि महिलाहरुबीच ट्रम्पले भाइरसको नियन्त्रण गर्नसक्ने पक्षमा र विपक्षमा समान ४८ प्रतिशत अङ्क रहेको थियो । अहिले उक्त विश्वासमा कमी देखिएको छ अर्थात् ३९ प्रतिशतको विश्वास सकारात्मक नै रहेको वा ट्रम्पले नै नियन्त्रण गर्नसक्ने पक्षमा रहेको छ भने ५९ प्रतिशत अङ्क नकारात्मक वा विपक्षमा रहेको छ ।

त्यसैगरी अर्थतन्त्रमा ट्रम्पको पक्षमा मुल्याङ्कन सकारात्मक क्षेत्र अर्थात् ५२ प्रतिशत अमेरिकीले सकारात्मक छन् वा समर्थन दिएका छन् भने ४४ प्रतिशत विपक्षमा वा नकारात्मक देखिन्छन् तर मार्चपछिको १९ प्रतिशत अङ्कको गिरावटले ट्रम्पको ख्यातिमा कमी पुष्टि गर्छ । वेरोजगार विमाका लागि चार करोडभन्दा बढी नागरिकले निवेदन दिएका समयमा अप्रिलमा वेरोजगार दर १४।७ प्रतिशत थियो र केही साना व्यवसायहरू स्थायीरूपमा बन्द भएका छन् । यसबाट प्रस्ट हुन्छ कि अर्थतन्त्रको नतिजा सकारात्मक पक्कै छैन ।

सर्वेक्षणमा ३४ प्रतिशत अमेरिकीले वर्तमान् अर्थतन्त्रलाई सकारात्मक मुल्याङ्कन गरेका छन् भने ६५ प्रतिशतले नकारात्मक मुल्याङ्कन गरेका छन् । त्यस्तै २४ प्रतिशत सहभागीले वर्तमान आर्थिक अवस्थालाई ‘कमजोर’ भन्दै वर्तमान् प्रशासनविरूद्ध निकै कडा निर्णय दिएका छन् ।
ट्रम्पको अभियानले बाइडेनमाथि विशाल आर्थिक लाभ पाएको छ र यसलाई थप स्पष्टरूपमा नयाँ परिवेश सिर्जना गदै अघि बढ्ने रिपब्लिकन पार्टीको दाउ रहेको छ । सन् २०१६ मा ट्रम्पलाई राष्ट्रिवादी ‘अमेरिका पहिला’ भन्ने नारा ट्रम्पले आगामी निर्वाचनमा पनि प्रयोग गर्ने देखिन्छ ।

डेमोक्र्याटहरू नोभेम्बरमा हुने निर्वाचनमा विजयको लागि सहयोग पु¥याउन उपनगरीय मतदाता र विशेष गरी महिलाहरूको कडा समर्थनमा भर परिरहेका छन् । हालैका उपनगरीय निर्वाचन बाइडेनको पक्षमा बढी अनुकूल देखिएका छन् । सन् २०१६ को निर्वाचनमा क्लिन्टनलाई आएको समर्थनभन्दा बाइडेनलाई उपनगरीय क्षेत्रबाट राम्रो समर्थन आउने देखिन्छ । उपनगरीय निर्वाचनमा बाइडेनलाई ५० प्रतिशत समर्थनप्राप्त रहेको देखिएका ती क्षेत्रमा क्लिन्टनलाई ३८ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies