Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

१८ वर्षीया युवतीमा कोरोना देखिएसँगै बूढानीलकण्ठको तेञ्जिङ चोक सिल

काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्र बन्द गरिएको छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ १२ स्थित तेञ्जिङ चोक बसोबास गदैँ आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि २५० मिटर वरपर सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले बताए ।

पिसिआर परीक्षण पोजिटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको पनि पिसिआर परीक्षण गर्ने बताइएको छ ।

युवतीको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गरिएको नगर प्रमुख खरेलले जानकारी दिए । उक्त क्षेत्रमा आगामी तीन दिन एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोकिने बताइएको छ । आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको थाहा भएको छ ।

तारकेश्वरमा प्रवेश निषेध

तारकेश्वर नगरपालिकाले अनुमतिविना अपरिचित व्यक्ति र सवारी साधनलाई प्रवेश निषेध गर्ने भएको छ । कोभिड –१९ को संक्रमण मुलुकमा बढ्दै गएकाले नगरपालिकाभित्र अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्र प्रवेशमा कडाइका साथ रोक लगाइने नगर प्रमुख रामेश्वर बोहराले जानकारी दिए।

नगरपालिकाले लकडाउन अवधिमा काठमाडौँ उपत्यका बाहिरबाट कुनै व्यक्ति आफ्नो घर, टोल वा क्षेत्रमा प्रवेश गरेको जानकारी पाएमा तत्काल प्रहरीचौकी, स्वास्थ्यचौकी, वडा कार्यालय र नगरपालिकालाई खबर गर्न आग्रह गरेको छ ।

नगरपालिकाभित्र सञ्चालित खाद्य सामग्री, तरकारी, ग्यास र दुग्धजन्य पसल दिनको एक पटक बिहान ५ देखि ९ बजेसम्म खोल्न दिइने बताइएको छ । नगरपालिकाभित्र सञ्चालित व्यवसाय एवं उद्योगमा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षाको जिम्मा सम्बन्धित उद्योगधनी तथा व्यवसायीले पूर्ण रुपमा लिई सञ्चालन गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

यस्तै कुनै पनि वडामा राहत वितरण र खाना खुवाउने कार्य अबउप्रान्त नगरपालिकाको पूर्वस्वीकृति लिएर मात्र गर्नुपर्ने बताइएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies