Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या ह्वात्तै घट्याे

पेरिस । फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र निधन भएको छ । यहाँ गएको दुई दिन देखि लगातार रुपमा मृतकको संख्या घटेको हो ।

प्राप्त समाचारअनुसार यकाँ गत मंगलबार ३४८ जनाको ज्यान गएको थियो । तर त्यसपछि बुधकार र बिहीबार पनि यो संख्यामा कमी आएको छ । यो अवस्थालाई फ्रान्सका अधिकारीहरुले खुशीको खबर भनेका छन् । उनीहरुले पछिल्लो समयमा फ्रान्समा जारी रहेको कडा लकडाउनका कारण यहाँको अवस्थामा सुधार हुन लागेको बताएका छन् ।

साथै यस हप्ता यहाँ अस्पतालमा भर्ना हुने नागरिकको संख्यामा पनि नाटकीय रुपमा कमी आएको बताइएको छ । फ्रान्समा बुधबारसम्मको तथ्यांकअनुसार यहाँ २७ हजार ७४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । साथै यहाँ संक्रमित हुने र अस्पताल भर्ना हुनेको संख्यामा पनि यो हप्ता कमी आएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले यहाँका विरामी भएर अस्पताल आउनेहरुमध्ये मंगलबारको तुलनामा बुधबार संख्या घटेको बताएको छ । मंगलबार यहाँका अस्पतालहरुमा भर्ना हुने २१ हजार ७५ जनामात्र रहेको यहाँको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

उक्त मन्त्रालयले जनाएअनुसार यसको अघिल्लो दिन अर्थात सोमबार मात्र २१ हजार ५९५ जना विरामी अस्पताल भर्ना भएका थिए । यसरी अस्पताल भर्ना हुने संक्रमितको संख्या यो हप्ता घट्दै गएको बताइएको छ । यो समाचार तयार पार्दासम्म फ्रान्समा कोरोना संक्रमणबाट १ लाख ७८ हजार संक्रमित भएका छन् ।

साथै यहाँ यो संक्रमणबाट कुल मृतकको संख्या २७ हजार ७४जना पुगेको छ । फ्रान्समा मृतक संख्या पनि क्रमिक रुपमा घट्दो छ । उपचार पछि निको भएर फर्किएकाको संख्या ५८ हजार ६७३ रहेको छ । साथै यहाँको अस्पतालमा अहिलेसम्म ९२ हजार ३१३ जना रहेका छन् ।एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies