महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजवी खातुन सहित ६ जना विरुद्ध शुक्रबार विशेष अदालत काठमाण्डौमा आरोप-पत्र दायर गरेको छ ।
पालिकाको वडा न.१ अन्तर्गतका शाखा सडकहरु ढलानको लागि विनियोजन गरेको रकम हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुने माग दावी गर्दै आरोप-पत्र दायर गरेको हो ।
आर्थिक बर्ष २०७९/०८० को उक्त योजनामा उपाध्यक्ष सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडललाई दोषी ठहर गर्दै अख्तियारले ८ लाख ६५ हजार १ सय ४५ विगो जरिवाना समेत माग गरेको छ ।
सडक ढलान योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार नभएको, गुणस्तर नै चेकजाँच नगरी सम्झौता बमोजिमको कार्य सम्पन्न भएको भनी गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता नरहरी घिमिरेले वताए ।
त्यसैगरी अख्तियारले पालिकासगँ सम्झौता गरेर गुणस्तरिय काम नगर्ने मनरासिस्वाको निर्माण कम्पनी जानकी कन्स्ट्रक्सनका संचालक राकेश कुमार रायलाई पनि दोषी ठहर गरेको छ ।
पालिकासगँ सम्झौता गरेर गुणस्तरहिन काम गर्दा पनि फर्जी प्रतिवेदन वनाई भुक्तानी लिएको ठहर गर्दै उन्लाई भ्रष्टाचार निवारण ऐन २०५९ वम्मोजिम सजाय र विगो समेत जफतको माग गर्दै राय विरुद्ध आरोप-पत्र दायर गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: