Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

को हुन् ‘मिस्टर एन्ड मिस नेशनल’मा बिजेताको दावेदारी प्रतिष्पर्धी रजिता ?

खबरडबली संवाददाता

सुनसरी । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा समेत रुची राख्दै गएकी कोशी प्रदेशको इटहरी निवासी रजिता पराजुली अहिले ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२४’ नामक सौन्दर्य प्रतियोगितामा ताज पहिरिन लागिपरेकी छन् । हालै सम्पन्न ट्यालेन्ट राउन्ड तथा स्विम वेयर राउन्ड पनि उनले पार गर्दै प्रतियोगिताको फाईनल चरणमा प्रवेश गरेकी छन् । मंगलबार पर्वतको कुश्मास्थित हार्नेस जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा आयोजना भएको ट्यालेन्ट राउन्ड र स्विम वेयर राउन्डमा २९ प्रतिष्पर्धी सहभागी थिए ।

यी २९ सहभागीहरु यसअघि अन्य विभिन्न चरणहरु पार गर्दै अगाडि बढिरहेका छन् । प्रतियोगिताको सहभागी फिमेल तर्फबाट उत्कृष्ट ५ र मेल तर्फबाट उत्कृष्ट ३ प्रतियोगी छनौट भएका छन् । जसमा फिमेलमा रजिता सहित प्रिया उपाध्याय, श्रृयंका थापा, अदिती श्रेष्ठ, प्रियशा देवकोटा रहेका छन् भने मेल तर्फ सन्देश सिटौला, विप्लवराज नागनहर र मनिश श्रेष्ठ उत्कृष्ट तीनमा पर्न सफल भएका छन् । यो प्रतियोगिताको फिनाले यहि बैशाखको १९ गते काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ ।

‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२४’ को बिजेताले ५ लाख बराबरको गिफ्ट ह्याम्परका साथमा पोल्यान्डमा आयोजना हुने ‘मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४’, थाइल्यान्डमा आयोजना हुने ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’, अल्बानियामा आयोजना हुने ‘मिस ग्लोब नेपाल २०२४’ र इजिप्टमा आयोजना हुने ‘मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने मौका पाउनेछन् । ताज पहिरिन सम्भावना बोकेकी रजितालाई भोटको पनि आवस्यकता छ । उनलाई भोट गर्न खल्ती एपमा गई इन्टरटेनमेन्ट सेक्सनमा रहेको भोटिङ भन्ने अप्सनमा क्लिक गरेपछी त्यहाँ मिस्टर नेशनल नेपाल २०२४ र मिस नेशनल नेपाल २०२४ छुट्टाछुट्टै भोटिङ गर्ने अप्सन देखिने छ । त्यसमध्ये मिस नेशनल नेपाल २०२४ संग देखिने ‘भोटिङ नाउ’ भन्ने ठाउँमा क्लिक गरेपछी सहभागी प्रतिष्पर्धीहरुको तस्वीर सहित भोट गर्ने ठाउँ देखिनेछ, जसको अन्तिममा रजिता पराजुलीको तस्वीर सहित भोट गर्ने ठाउँ रहेको छ । जसको भोट गर्ने अप्सनमा क्लिक गरेपछि आफुले चाहे अनुसार रजितालाई स:शुल्क भोट गर्न सकिनेछ ।

को हुन् रजिता पराजुली ?
रजिताले यसअघि पनि केही सौन्दर्य प्रतियोगितामा भाग लिएकी छन् । ताज नै पहिरिन नसकेपनी उनको सौन्दर्यताको चर्चा भने चलिरहन्छ । संस्कृतको विद्यार्थी रहेकी उनी इमेज मेघा मोडलको फाईनलिष्ट हुन भने यो प्रतियोगितामा भाग लिएपछि उनको क्षमतालाई कदर गर्दै केही सौन्दर्य प्रतियोगितामा निर्णायकिय जिम्मेवारी पनि सम्हालेकी छन् । प्रतियोगितामा सहभागीता संगै आयोजक टिममा रहेर पनि उनले सौन्दर्य प्रतियोगिताको मर्म, उपलब्धि, दु:ख र सुख बुझेकी छन् । अभिनयमा पनि रुची राख्ने रजिताले अग्रज कलाकारहरुको अभिनय हेरेर सिकेको साथै उनले अभिनयको केही वर्कसप पनि लिएकी छन् ।

रजिताले माइकल चेकव पद्धतिमा प्रशिक्षक तथा स्टन्ट वुमन लिजा डाल्टनबाट अभिनय सिकेकी छन् भने हालै छायांकन सुरु भएको पुजा शर्मा र पल शाह प्रमुख भुमिकामा रहने फिल्म ‘रावायण’मा अनुबन्ध भएकी छन् । आफुले न्याय दिनसक्ने भुमिकामा नै फिल्म निर्माण युनिटले छनौट गरेको उनको भनाई छ । रजिताले रेडियो प्रस्तोताको रुपमा सुनसरी एफएममा समेत कर्यरत रहिन् ।

२३ वर्षअघि आमा राधादेवी पराजुली र बुबा सम्भुनाथ पराजुलीको कोखबाट सुनसरीको चक्रघट्टिमा जन्मिएकी उनको बोलिबचन पनि राम्रो छ भने सबैसंग मिजासिलो स्वभावकि छन् । सहयोगी भाव भएकी उनी अरुमाथी अन्याय भएको देख्न सक्दिनन् । कोहि अलपत्र छन् र अभावमा भेटिन्छन् भने उनले कसैसंग सहयोगको हात फैल्याउदैनन्, आफुसंग जे जस्तो छ, खुल्ला हृदयले सहयोग गर्छिन् । आफुले पनि मध्यम परिवारमा जन्म लिएको हुनाले सबैको दुखलाई महसुस गर्नसक्ने उनको भनाई छ । अझ सानै उमेरमा जन्मदाता बुवाको साथ गुमाएकी र एकल आमाको काखमा हुर्किएकोले पनि उनले जिवनलाई सानैदेखी गहन रुपले बुझेकी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending