Khabar Dabali Logo
  June 5, Fri

जूमलाई फ्लप पार्न माईक्रोसफ्टले ल्याउँदैछ ‘माइक्रोसफ्ट टिम’, २५० जनासँग कुराकानी गर्न मिल्ने

काठमाडौं । कोरोना महामारीको बीच चर्चित भएको जूम एपको अब नयाँ बिकल्प आउने भएको छ । धेरै जनासँग एकैपटक भिडियो कन्फ्रेन्स गर्न मिल्ने जूमको विकल्पमा माइक्रोसफ्टले माइक्रोसफ्ट टिमलाई व्यवस्थित गर्ने भएको छ । माइक्रोसफ्टले माइक्रोसफ्ट टिमलाई जूमले नदिएको सुविधा दिने गरि नयाँ विकल्प बनाउन अघि बढेको छ ।

जूमबाट ५० जनासँग कुरागर्न मिल्छ

हाल जूम र गूगल मीटबाट अधिकतम ५० मानिससँग भिडियो कुराकानी गर्न सकिन्छ । जूम चिनियाँ कम्पनीबाट सञ्चालित एप हो । लकडाउनले समस्या बनाईरहेको बेला यो एप अत्यन्तै प्रभावकारी बनिरहेको छ । विभिन्न देशका सरकारले आफुँ मातहतका निकायलाई जुमबाट कामकारबाही गर्न निर्देश गरेको छ । तथापि केहि यूरोपेली तथा अमेरिकी देशहरुले सुरक्षाको प्रश्न उठाईरहेका छन् ।

जसको बीच माइक्रोसफ्टले माइक्रोसफ्ट टीमलाई नयाँ सुविधासहित ल्याउने भएको छ । जनाइएअनुसारको जूमको विकल्पमा माइक्रोसफ्टले २५० जनासँग कुराकानी गर्न मिल्ने गरि आफ्नो एपलाई विकास गर्दैछ । साथै जूममा नभएका सुविधाहरु पनि थप गर्दैछ ।

माइक्रोसफ्टको विश्वभर ७.५ करोड प्रयोगकर्ता

माइक्रोसफ्ट कम्पनीको दाबीअनुसार विश्वभर ७.५ करोड प्रयोगकर्ता छन् । माइक्रोसफ्टले बताएअनुसार कुनै नयाँ प्रोजेक्टमा काम गर्न वा स्टाफबीच सहज रुपमा छलफल गर्न माइक्रोसफ्ट टिमले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

अहिले माइक्रोसफ्ट टीमबाट २० जनासँग एकैपटक कुराकानी गर्न मिल्छ । साथै मिटिङ्गको भिडियो रेकर्डसमेत गर्न मिल्छ । यसको साथै अडियो कन्फ्रेन्सको रुपमा पनि काम गर्न मिल्छ । माइक्रोसफ्टले प्रयोगकर्तालाई एक टीबी स्टोरेज सुविधा पनि दिएको छ । एजेन्सीबाट

बैशाख २६ गते, २०७७ - १६:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top