काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ।
आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ सिटका लागि मतदान हुनेछ। एक हजार दुई सय १० उम्मेदवार प्रतिस्पर्धामा छन्। यी ८९ सिटमध्ये अघिल्लो निर्वाचनमा बीजेपीले ५५ र कंग्रेसले १८ सिट जितेका थिए।
कंग्रेस नेता राहुल गान्धी लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुन प्रतिस्पर्धा गरिरहेको केरलको वायनाड निर्वाचन क्षेत्रमा पनि आजै मतदान हुनेछ। केरलका सबै २० सिटका लागि आज मतदान हुनेछ।
यसैगरी कर्नाटकका २८ मध्ये १४ सिट, राजस्थानका १३, महाराष्ट्र र उत्तर प्रदेशका आठ/आठ, मध्यप्रदेशका सात, असम र बिहारका पाँच९पाँच, छत्तिसगढ र पश्चिम बंगालका तीन(तीन सिटका लागि मतदान हुनेछ।
यस्तै मणिपुर, त्रिपुरा र जम्मु(कश्मीरका एक)एक सिटका लागि पनि भोलि नै मतदान हुनेछ । नेपालीभाषीहरुको बाहुल्य रहेको दार्जिलिङमा पनि मतदान हुनेछ।
आज हुने मतदानले राहुल गान्धीका अतिरिक्त कंग्रेस नेता शशि थरुर, लोकसभाका सभामुख ओम बिडला, अभिनयबाट राजनीतिमा प्रवेश गरेका चर्चित टीभी सिरियल रामायणका ‘राम’, अरुण गोबिलका साथै लगातार तेस्रो कार्यकाल जितेर ह्याट्रिक गर्ने प्रयासमा रहेकी चर्चित अभिनेत्री हेमा मालिनी लगायतको भाग्य निर्धारण गर्नेछ। अरुण गोबिल र हेमामालिनी दुवै भाजपाका उम्मेदवार हुन्।
पहिलो चरणअन्तर्गत अघिल्लो शुक्रबार २१ राज्य र केन्द्रशासित प्रदेशका एक सय दुई सिटका लागि मतदान भएको थियो। सात चरणमा हुने निर्वाचन जुन एकमा सकिनेछ। जुन चारमा सबै क्षेत्रको एकसाथ मतगणना गरिनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८१ - ०९:५२
बालकोटमा पार्टीका नेताहरुलाई बोलाएर भने- विश्वासको मत दिन हतार नगर्नू
बैशाख २३ गते, २०८१ - ०८:५८
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । यसअघि गत आइतबार अदालतले आज पहिलो प...
बैशाख २३ गते, २०८१ - ०८:५२
बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको जुकुमा स...
बैशाख २३ गते, २०८१ - ०८:४९
काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहर...
बैशाख २३ गते, २०८१ - ०८:०५
जनकपुरधाम । भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावल...
बैशाख २३ गते, २०८१ - ०७:५३
बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली। डालीभरि भुटेको सिरिम्ले मकै। मकै पनि जिल्लाको ताराखोलाका। शनिबार एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्...
बैशाख २३ गते, २०८१ - ०७:४५
डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सड...
बैशाख २३ गते, २०८१ - ०७:४०
महेन्द्रनगर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका ...
बैशाख २३ गते, २०८१ - ०७:३६
काठमाडौं । कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्तांक कम्प्युटरमा प...
बैशाख २३ गते, २०८१ - ०७:३१
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदेछन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने का...
प्रतिकृया लेख्नुहोस्: