Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नेपाली लेखक संघको नेतृत्वमा सञ्जीव पौडेल

पोखरा । नेपाली लेखक संघ कास्कीको चौथो अधिवेशनले सञ्जीव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

तीन वर्षे कार्यकालका लागि भएको अधिवेशनले संघको उपाध्यक्षमा रीता अधिकारी, सचिवमा कमल पौडेल(अथक), सहसचिवमा सञ्जय न्यौपाने, कोषाध्यक्षमा मेघनाथ आचार्यलाई निर्वाचित गरेको छ । त्यस्तै अधिवेशनबाट सदस्यहरूमा भरत पोखरेल(अञ्जान), शिवराम पौडेल(जुपिटर), श्रीराम अधिकारी र नगेन सिंह पनि निर्वाचित भएका छन् ।

अधिवेशनका लागि भीमनाथ बरालको संयोजकत्वमा वासुदेव पौडेल र इशा शाह सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

अधिवेशनको उद्घाटन समारोहमा बक्ताहरूले साहित्य बर्गीय हुन नसक्नेमा जोड दिए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् नेपाली लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष डा.बिष्णुबिभु घिमिरेले सिद्धान्तको पर्खालभित्र बसेर साहित्य लेखन हुन नसक्ने बताए । उनले साहित्य लेखनका मूल्य मान्यतालाई आत्मसात गर्दै लेखन क्षेत्रमा नयाँ पुस्तालाई अभिप्रेरित गर्दै अघि बढाउन नेपाली लेखक संघको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय महासचिव रत्नमणि नेपालले बर्गीयतामा नभै सास्वत मूल्यका लागि साहित्य लेखन हुनुपर्नेमा जोड दिए । नेपाली लेखक संघले साहित्यको अपहरण गर्न दिन नहुने र अपहरित सात्यिलाई फर्काउनुपर्ने आवश्यकता उनले औंल्याए ।

कवि तीर्थ श्रेष्ठले स्वतन्त्रताका अभावमा लेखन हुन नसक्ने बताउँदै कुनै लेखक पार्टी विशेषको भरौटे बन्न नसक्ने धारणा राखे । लेखक फस्टाउनका लागि लेखकीय स्वाभिमान हुनुपर्ने उनले बताए ।

कार्यक्रमा लेखक वर्ष कृति पुरस्कार(गण्डकी)बाट दीपाञ्जली उपन्यासका लेखक सरोज अर्याललाई २५ हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट सम्मान गरिएको थियो । त्यस्तै कवि तेजनाथ घिमिरेलाई सम्ममानपत्र सहित स्रष्टा सम्मान गरिएको थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष रीतादेवी कंडेल, नवनिर्वाचित अध्यक्ष सञ्जीव पौडेल, पुरस्कृत व्यक्तित्व बलबहादुर थापा, सम्मानित व्यक्तित्व सरोज अर्याल, कवि तेजनाथ घिमिरे, निर्वाचन समितिका संयोजक भीमनाथ बराल, सदस्य वासुदेव पौडेल लगायतले बोलेका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies