Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

सानो लालचले पनि हामीलाई धेरै ठुलो दुःखमा धकेल्दा

औषधि पसलः लाेभकाे लाभ, लाभकाे विलाप

खबरडबली

काठमाडाैं । रामप्रसादको मेडिकल हल जिल्ला अस्पताल अगाडी हुनुको कारण राम्रोसँग चलेको थियो। तर भन्ने गरिन्छ नि धनले मान्छेको दिमाग लाई भ्रष्ट गर्दिन्छ भनेर,  रामप्रसाद सँग पनि यही कुरा घट्न गयो। 
रामप्रसाद ले भन्छन् कि मेरो मेडिकल स्टोर धेरै राम्रोसँग चलिरहेको थियो र मेरो आर्थिक स्थिति पनि धेरै राम्रो थियो आफ्नो कमाइले मैले केही घडेरीहरू किने र आफ्नो मेडिकल स्टोरको साथ एउटा क्लिनिक पनि खोले। तर मैले झुटो बोल्दिन म एउटा लालची किसिमको मान्छे थिए किनकि मेडिकल फिल्डमा दुई गुणा होइन कयौंगुणा कमाई हुन्छ। सायद धेरैजसो मान्छेहरूले यसबारेमा थाहा पाउदैनन......मेडिकल प्रोफेशनमा १० रुपैयाँमा आउने औषधि आरामले ७०र८० रुपैयाँमा बिक्छ। तर यदि कसैले मलाई दुई रुपैयाँ पनि कम गर्नको लागि भन्यो भने मैले ग्राहकलाई हुँदैन भनेर भन्ने गर्छु। खैर, मैले अरूको बारेमा कुरा गरेको होइन।।मैले मेरो आफ्नै बारेमा कुरा गरिरहेको छु। 
२०७४ साल असारको महिनामा एक जना वृद्ध व्यक्ति मेरो मेडिकल हलमा आए र उसले मलाई डाक्टरको पर्चा हातमा थमाइ दिए। मैले औषधिको नाउँ पढे र त्यस औषधि लाई निकाले। त्यस औषधिको मूल्य ५६० बिलमा लेखेको थिए।  वृद्धले बिल हेरेर सोचिरहेका थिए, उसले आफ्नो गोजी सबै खानतलासी गरे तर ऊसँग जम्मा १५० रुपैयाँ मात्रै थियो। म त्यस बेला धेरै रिसाएको थिए किनकि मलाई त्यस औषधि खोज्नलाई धेरै समय लागेको थियो, त्यसमाथि त्यस बद्धसँग पुग्ने पैसा पनि थिएन। वृद्धले औषधि नलिईकन जाने पनि मन गरिरहेका थिएनन्।। सायद उसलाई औषधिको धेरै महत्त्व हुनुपर्छ। त्यसपछि त्यस वृद्ध व्यक्तिले भने- मलाई मद्दत गर्नुहोस् सर, बिलमा भएजती पैसा मसँग पुग्दैन।। घरमा मेरो वृद्ध श्रीमती बिरामी छे। हाम्रो छोराछोरीले हामीलाई केही सोधपुछ गर्दैनन्,  म आफ्नो श्रीमतीलाई यसरी वृद्ध अवस्थामा मर्दै गरेको देख्न सक्दिन।
त्यस बेला मैले उस वृद्ध बुढाको कुरा सुनिन र उसलाई औषधि नलिईकन जान भने। यहाँ म एउटा कुरा भन्न चाहन्छु कि वास्तवमा उस वृद्ध व्यक्तिको औषधिको कुल मूल्य १२० रुपैयाँ हुन्थ्यो। तर मैले उसबाट १५० रुपैयाँ लिएको हुन्थे भने पनि मलाई ३० रुपैयाँ नाफा हुन्थ्यो। तर मेरो लालच ले उस लाचार वृद्ध व्यक्ति लाई पनि छोडेन। 
मेरो औषधि पसलमा उभिएको एक अर्को ग्राहकले आफ्नो गोजीबाट पैसा निकालेर उस वृद्ध व्यक्तिको औषधिको पैसा भुक्तान गरिदियो। तर यसो गर्दा पनि मलाई केही असर परेन। मैले पैसा लिए र वृद्ध लाई औषधि दिएँ। 
समय बित्दै गयो २०७७ साल आयो। मेरो एउटा मात्रै छोरा प्रमोद लाई ब्रेन ट्युमर भयो। पहिला त हामीलाई थाहै भएन,तर जब हामीले थाहा पायौँ छोरा मृत्युको नजिक थियो। पैसा पानी जसरी बगिरह्यो छोराको बिरामी अवस्था बिग्रँदै गयो। बजारको घर बेच्यौ, घडेरी बेच्यौँ र अन्ततः मेडिकल स्टोर पनि बेच्नुपर्‍यो तर मेरो छोराको स्वास्थ्य अवस्था सुध्रिएन। उसको अप्रेसन पनि भयो र जब सबै पैसा सकिँदै गयो तब अन्तिममा डाक्टरहरूले मलाई आफ्नो छोरालाई घर लगेर जान र उसलाई सेवा गर्नु भनेर भने।
त्यसपछि २०७८ साल मङ्सिरमा मेरो छोराको निधन भयो। मैले जीवनभर कमाएर पनि उसलाई बचाउन सकिन र यही २०८० साल भदौमा मलाई प्रेसर ले हानेर मेरो देब्रे पाटो हात खुट्टा नै चल्दैन। 
आजभोलि जब मैले प्रेसरको औषधि किनेर खान्छु त्यस औषधिमा खर्च गरेको पैसाले मलाई सताउने गर्छ। किनकि मलाई त्यस औषधिको वास्तविक मूल्य थाहा छ। एक दिन म केही औषधि लिनको लागि दाहाल मेडिकल स्टोर गएँ र १०० रुपैयाँको इन्जेक्सन मलाई ७०० रुपैयाँमा दिए। तर त्यस बेला मेरो गोजीमा ५०० रुपैयाँ मात्रै थियो पैसा नपुगेको कारण म इन्जेक्सन बिना नै मेडिकल स्टोर देखि घर आउनु पर्‍यो। त्यस बेला मलाई त्यस वृद्ध व्यक्तिको धेरै याद आइरहेको थियो.......।
 म जस्तै मेडिकल खोलेर बसेकाहरूलाई भन्न चाहन्छु कि हामी सबै कमाउनको लागि बस्छौँ किनकि हामी जोकोहीसँग एउटा पेट हुन्छ। तर वैध तरिकाले कमाउनुहोस्, गरिब लाचारहरूसँग लुटेर कमाउनु राम्रो कुरा होइन किनकि नर्क र स्वर्ग यही धर्तीमा छ।। अन्त कतै छैन। र आज मैले नर्क भोगिरहेको छु। पैसाले जहिल्यै पनि मद्दत गर्दैन।। भगवान्को पदमार्गमा हिँड्नुहोस्।। उसको नियम अटल छ किनकि एउटा सानो लालचले पनि हामीलाई धेरै ठुलो दुःखमा धकेल्न सक्छ। 

समाजिक सञ्जालबाट साभार

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरियो, एक जना बेपत्ता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घ...

नाङ्गा डाँडाबाट हरियो वनसम्म : अब सामुदायिक वनलाई समृद्धिको पुँजी बनाउने बेला

काठमाडौं । कुनै समय नेपालका धेरै पहाडी बस्तीका डाँडाकाँडा उजाड थिए । वन फँडानी बढ्दै जाँदा बस्तीमाथिका पाखा नाङ्गिँदै गए । वर्षायाम सुरु हुनासाथ पहिरो...

प्रतिनिधिसभाको बैठक आज बस्दै, खानी तथा खनिज पदार्थ विधेयकमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ। आजको बैठकमा खानी तथा खनि...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्...

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending