Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

सानो लालचले पनि हामीलाई धेरै ठुलो दुःखमा धकेल्दा

औषधि पसलः लाेभकाे लाभ, लाभकाे विलाप

खबरडबली

काठमाडाैं । रामप्रसादको मेडिकल हल जिल्ला अस्पताल अगाडी हुनुको कारण राम्रोसँग चलेको थियो। तर भन्ने गरिन्छ नि धनले मान्छेको दिमाग लाई भ्रष्ट गर्दिन्छ भनेर,  रामप्रसाद सँग पनि यही कुरा घट्न गयो। 
रामप्रसाद ले भन्छन् कि मेरो मेडिकल स्टोर धेरै राम्रोसँग चलिरहेको थियो र मेरो आर्थिक स्थिति पनि धेरै राम्रो थियो आफ्नो कमाइले मैले केही घडेरीहरू किने र आफ्नो मेडिकल स्टोरको साथ एउटा क्लिनिक पनि खोले। तर मैले झुटो बोल्दिन म एउटा लालची किसिमको मान्छे थिए किनकि मेडिकल फिल्डमा दुई गुणा होइन कयौंगुणा कमाई हुन्छ। सायद धेरैजसो मान्छेहरूले यसबारेमा थाहा पाउदैनन......मेडिकल प्रोफेशनमा १० रुपैयाँमा आउने औषधि आरामले ७०र८० रुपैयाँमा बिक्छ। तर यदि कसैले मलाई दुई रुपैयाँ पनि कम गर्नको लागि भन्यो भने मैले ग्राहकलाई हुँदैन भनेर भन्ने गर्छु। खैर, मैले अरूको बारेमा कुरा गरेको होइन।।मैले मेरो आफ्नै बारेमा कुरा गरिरहेको छु। 
२०७४ साल असारको महिनामा एक जना वृद्ध व्यक्ति मेरो मेडिकल हलमा आए र उसले मलाई डाक्टरको पर्चा हातमा थमाइ दिए। मैले औषधिको नाउँ पढे र त्यस औषधि लाई निकाले। त्यस औषधिको मूल्य ५६० बिलमा लेखेको थिए।  वृद्धले बिल हेरेर सोचिरहेका थिए, उसले आफ्नो गोजी सबै खानतलासी गरे तर ऊसँग जम्मा १५० रुपैयाँ मात्रै थियो। म त्यस बेला धेरै रिसाएको थिए किनकि मलाई त्यस औषधि खोज्नलाई धेरै समय लागेको थियो, त्यसमाथि त्यस बद्धसँग पुग्ने पैसा पनि थिएन। वृद्धले औषधि नलिईकन जाने पनि मन गरिरहेका थिएनन्।। सायद उसलाई औषधिको धेरै महत्त्व हुनुपर्छ। त्यसपछि त्यस वृद्ध व्यक्तिले भने- मलाई मद्दत गर्नुहोस् सर, बिलमा भएजती पैसा मसँग पुग्दैन।। घरमा मेरो वृद्ध श्रीमती बिरामी छे। हाम्रो छोराछोरीले हामीलाई केही सोधपुछ गर्दैनन्,  म आफ्नो श्रीमतीलाई यसरी वृद्ध अवस्थामा मर्दै गरेको देख्न सक्दिन।
त्यस बेला मैले उस वृद्ध बुढाको कुरा सुनिन र उसलाई औषधि नलिईकन जान भने। यहाँ म एउटा कुरा भन्न चाहन्छु कि वास्तवमा उस वृद्ध व्यक्तिको औषधिको कुल मूल्य १२० रुपैयाँ हुन्थ्यो। तर मैले उसबाट १५० रुपैयाँ लिएको हुन्थे भने पनि मलाई ३० रुपैयाँ नाफा हुन्थ्यो। तर मेरो लालच ले उस लाचार वृद्ध व्यक्ति लाई पनि छोडेन। 
मेरो औषधि पसलमा उभिएको एक अर्को ग्राहकले आफ्नो गोजीबाट पैसा निकालेर उस वृद्ध व्यक्तिको औषधिको पैसा भुक्तान गरिदियो। तर यसो गर्दा पनि मलाई केही असर परेन। मैले पैसा लिए र वृद्ध लाई औषधि दिएँ। 
समय बित्दै गयो २०७७ साल आयो। मेरो एउटा मात्रै छोरा प्रमोद लाई ब्रेन ट्युमर भयो। पहिला त हामीलाई थाहै भएन,तर जब हामीले थाहा पायौँ छोरा मृत्युको नजिक थियो। पैसा पानी जसरी बगिरह्यो छोराको बिरामी अवस्था बिग्रँदै गयो। बजारको घर बेच्यौ, घडेरी बेच्यौँ र अन्ततः मेडिकल स्टोर पनि बेच्नुपर्‍यो तर मेरो छोराको स्वास्थ्य अवस्था सुध्रिएन। उसको अप्रेसन पनि भयो र जब सबै पैसा सकिँदै गयो तब अन्तिममा डाक्टरहरूले मलाई आफ्नो छोरालाई घर लगेर जान र उसलाई सेवा गर्नु भनेर भने।
त्यसपछि २०७८ साल मङ्सिरमा मेरो छोराको निधन भयो। मैले जीवनभर कमाएर पनि उसलाई बचाउन सकिन र यही २०८० साल भदौमा मलाई प्रेसर ले हानेर मेरो देब्रे पाटो हात खुट्टा नै चल्दैन। 
आजभोलि जब मैले प्रेसरको औषधि किनेर खान्छु त्यस औषधिमा खर्च गरेको पैसाले मलाई सताउने गर्छ। किनकि मलाई त्यस औषधिको वास्तविक मूल्य थाहा छ। एक दिन म केही औषधि लिनको लागि दाहाल मेडिकल स्टोर गएँ र १०० रुपैयाँको इन्जेक्सन मलाई ७०० रुपैयाँमा दिए। तर त्यस बेला मेरो गोजीमा ५०० रुपैयाँ मात्रै थियो पैसा नपुगेको कारण म इन्जेक्सन बिना नै मेडिकल स्टोर देखि घर आउनु पर्‍यो। त्यस बेला मलाई त्यस वृद्ध व्यक्तिको धेरै याद आइरहेको थियो.......।
 म जस्तै मेडिकल खोलेर बसेकाहरूलाई भन्न चाहन्छु कि हामी सबै कमाउनको लागि बस्छौँ किनकि हामी जोकोहीसँग एउटा पेट हुन्छ। तर वैध तरिकाले कमाउनुहोस्, गरिब लाचारहरूसँग लुटेर कमाउनु राम्रो कुरा होइन किनकि नर्क र स्वर्ग यही धर्तीमा छ।। अन्त कतै छैन। र आज मैले नर्क भोगिरहेको छु। पैसाले जहिल्यै पनि मद्दत गर्दैन।। भगवान्को पदमार्गमा हिँड्नुहोस्।। उसको नियम अटल छ किनकि एउटा सानो लालचले पनि हामीलाई धेरै ठुलो दुःखमा धकेल्न सक्छ। 

समाजिक सञ्जालबाट साभार

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...

सार्वजनिक यातायात अपाङ्गमैत्री छैन, सुविधा कागजमै सीमित

काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...

समानुपातिक निर्वाचनमा भाग लिन दललाई आयोगको निवेदन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...

प्रधानमन्त्रीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...

एमालेको दलित प्रतिनिधि व्यवस्था: समानता कि अलगाव ?

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीबारे आयोगले ब्रिफिङ दिने

काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...

राजविराजमा एक करोडको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र, पानी आपूर्ति हुन सकेन

राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...

हेटौँडामा सडक विस्तारका क्रममा अतिक्रमित ५३१ घरटहरा भत्काइने, २० मंसिरदेखि मैदानमा डिभिजन

 मकवानपुर ।  मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending