Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पर्यटकीय स्थल स्याङ्बोचेमा टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात गरेको हो ।

विश्वकै सबभन्दा अग्लो शिखर सगरमाथा आरोहणका लागि जाने आरोहीहरु लगायत हिमालको दृश्यावलोकनका लागि विश्वभरबाट आउने पर्यटकहरुले यसबाट प्रत्यक्ष लाभ उठाउन सक्नेछन् । पर्यटकीय मौसममा स्याङ्बोचे हुँदै खुम्जुङ, खुण्डे तथा चर्चित गोक्यो ताल जाने पदयात्रीहरुको आवतजावत बाक्लो हुने गर्दछ ।

स्याङ्बोचे नजिकै रहेको एभरेष्ट भ्यु होटलबाट सगरमाथाको दृश्यावलोकन गर्ने विदेशीहरुको संख्या पर्यटकीय मौसममा दैनिक ५ सयभन्दा बढी पुग्ने गरेको छ । यसका साथै यहाँ नेपालकै सबैभन्दा अग्लो स्थानमा अवस्थित स्याङ्बोचे विमानस्थल समेत रहेको छ ।

पर्यटकीय दृष्टिबाट अत्यन्त महत्वपूर्ण सो स्थान आसपास पर्यटकीय मौसममा दैनिक ७ सयभन्दा बढी विदेशी पर्यटकहरु आउने गरेका इलाका प्रहरी कार्यालय नाम्चेका इन्सपेक्टर केशबकुमार कटुवालले बताए ।

स्याङ्बोचेमा स्थापित मोबाइल बीटीएसबाट त्यहाँ पुग्ने विदेशी तथा स्वदेशी यात्रुहरुले पनि उच्च गतिको डाटा र गुणस्तरीय भ्वाइस सुविधा सहितको फोरजी मोबाइल सेवा उपभोग गर्न सक्नेछन् । सगरमाथा आरोहणका लागि वेस क्याम्प जाने मार्ग समेत स्याङ्बोचे हुँदै अघि बढ्ने भएकाले आरोहीहरुले यो सेवाको प्रयोग गर्न सक्नेछन् ।

यही मार्ग हुँदै पर्यटकीय मौसममा दैनिक आउने र जाने गरी एक हजारभन्दा बढी पर्यटकले फोरजी सेवा प्रयोग गर्न सहज हुनेछ । फागुन १५ देखि जेठ १५ सम्म र असोज, कात्तिक र मंसिरलाई त्यस क्षेत्रको भ्रमणका लागि उपयुक्त समय मानिन्छ । ती दिनमा नाम्चे, स्याङ्बोचे, खुम्जुङ, खुण्डे, चर्चित गोक्यो ताल लगायत स्थानहरु भ्रमण गर्ने तथा सगरमाथा आरोहण गर्ने पर्यटकको आवतजावत अत्यधिक हुने गरेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies